गजल : सागर तराइ देऊ न दैव

~गोवर्धन पूजा~Govardhan Pooja

कस्तो हुन्छ प्रेम -सागर तराइ देऊ न दैव
मन मिल्नेसंग माया गराइ देऊ न दैव

रित्तो रित्तो खालीखाली भाछ मेरो मन
एकै पललाई भए पनि भराई देऊ न दैव

कति हेर्नु आकाशतिर उनी आउने बाटो
धरतीमै मेरी जूनलाईझराई देऊ न दैव

अति हेपे अभाव र बिछोड्ले मलाई
“पूजालाई नहेप” भनि कराइ देऊ न दैव

८ अगस्त २०१०
हाल:- बोस्टन, अमेरिका

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.