पौराणिक कथा : अभय

~जीवनकुमार शाक्य~

बुद्धकालिन समयमा तत्कालिन जम्बुव्दिपका शक्तिशाली मगध नरेश सुन्दरीहरु साह्रै मन पराउंथे जहां सुन्दरी भयो त्यहां पुगि हाल्ने र प्राप्तीको लागि हर प्रयत्ने गर्थे । यसप्रकार थुप्रै भित्रिनी श्रीमतीहरु थिए जसमध्य सुन्दरी नगरबधुहरु जनपद कल्याणी (बेश्या)सित बिहे गरेका थिए जस मध्य आम्रपाली र पद्मावती बाट जन्मेका पुत्रहरु थिए । त्यतिबेला पनि सुन्दरी प्रतियोगिता हुन्थ्यो जस्लाई र्सबश्रेष्ठ सुन्दरीलाई सौर्न्दर्य साम्राज्ञी पद तथा जनपद कल्याणी पदले बिभुषित गरिन्थ्यो । यि थुप्रै रानीहरुबाट थुप्रै सन्तान थियो । राजा बिंबिसारलाई कुन रानीबाट कुन छोरा हो थाहा थिएन । यि सबै मध्य अजातशत्रु,कोण्डण्य,अभय,सिलवा पनि एउटै बुवा का बिभिन्न चरित्रका छोराहरु थिए । अभय नगरबधु जनपद कल्याणी पद्मावती पुत्र भएपनि राजकुमारको रुपमा चर्चित भएको थियो । बिंबिसारले जो जस्को तर्फबाट छोरा भएपनि सबैलाई समान लालन पालन गरेर समान शिक्षा प्रदान गरेका थिए ।अभयले शिक्षा पाएर राजकुमार शूरवीर छन् सैन्य संचालनमा कुशलता प्राप्त गरेकाथिए । कुनै राज्य सित सम्बन्ध ब्रि्रने बित्तिकै राजा बिंबिसारले अभयलाई पठाई दिन्थ्यो । अभय प्रति बिंबिसारलाई पूरा विश्वास थियो र त्यहि अनुसार अभयले शत्रुहरु प्रति दमन गरेर बिजय हांसिल गरेर र्फकन्थ्यो राजालाई खुसिलाग्थ्यो । अभयको शाहस रकाम देखेर राजाले पुरस्कार दिन चाहान्थ्यो के दिने ।

राजा बिंबिसारले अभयलाई बुद्धको बाणी सुनाउन नजिक गारउन चाहान्थ्यो तर जति कोशिश गरेपनि सकेका थिएनन् । आफ्नो जवानीको सम्झना गरेर अभयलाई पनि सुन्दरी मनपर्छ होला भनेर नगरको सुन्दरी उपहारदिए तर अभय यति सन्तोष भएनन् । अरु वैध रानीहरुको कोखबाट जन्मेका छोराहरु सरह निश्चित रुपमा राज्यको हिस्सेदार हुने परम्परा थिएन । तैपनि छोराप्रतिको मोह र अभयको कार्यप्रति खुसि भएर सात दिनकोलागि अभयलाई राजसिंहासनमा बसालिदिएर राज्यको शासनसत्ता पनि दिए । अभय सात दिनको लागि राजमहलको वैभवको आनन्द उपभोग गरे । अभय सुन्दरीहरुको काम भागबाट अतृप्त भएर आठौं दिन एक सुन्दरी नृत्यांगनालाई लिएर कामभोगको लागि नदी किनार तिर लागे । नदीमा नुहाई वरि मनोरन्जनमा व्यस्त भए अभय नृत्यांगना सुन्दरीको नृत्यमा मोहित भएर हेरेको हेर्‍यै गरे । अचानक नर्तकीलाई पेटमा वातशुल भएर छटपर्टाईन् । तर अभयले सोंच्योकि यो पनि नृत्यकलाको तरिका होला हेर्दा हेर्दै नर्तकीको मृत्युभयो । निश्चल नर्तकीलाई देखेर अभयलाई साह्रै पिडा भयो ।यति सुन्दरी हृष्टपुष्ट शरीर अभिनयकलामा पारंगत अचानक कसरी यस्तो भयो किन भयो अभयको मनमा पश्चाताप भयो । कत्रो कत्रो पराक्रम गरेर सैन्य कौशलले शत्रुहरुलाई परास्त गर्ने शूरवीर अभयले आफ्रनो प्यारीलाई बचाउन सकेन जति भुल्न चाहेर पनि त्यो शोकलाई भुल्न सकेन मनमा चोट पर्यो साह्रै पिडाको महसुस भयो ।

अब कस्ले अभयको पिडाबाट मुक्त गरिदिन्छ । कस्ले उस्को हृदयको घाउलाई सन्चो बनाईदिन्छ । अभयलाई अचानक भगवान बुद्धको सम्झना आयो । उनि महान कारुणिकको मैत्री चित्तले मिश्रति प्रज्ञापूर्ण बाणी पटक पटक सुनेका थिए यद्यपि त्यस मार्गको अनुशरण गरेका थिएनन् ।अभयले बुद्धको र्सर्द्धमको अद्भुत बिश्लेषण धेरै पटक सुनेको थियो उस्लाई पूरा विश्वास भयो कि भगवान बुद्धले मात्रै मेरो पिडालाई शान्त गर्नसक्छन् सबै दुःखको कारण जानेकाछन् दुःख मुक्तिको साधना सिकाउंछन् उहां र्सबज्ञ हुनुहुन्छ मलाई अवश्य दुःख मुक्त गर्न सक्नुहुन्छ । व्यथा विव्हल भएका राजकुमार अभय भगवान तथागतको शरणमा पुगे । भगवानको करुणामृत सिंचित बाणीको बर्षे उस्को हृदयको जलन शितल भयो। भगवानलेअभयलाई भन्नुभयो ( राजकुमार † कल्प मा कल्प बित्यो यि असंख्य कल्पहरुमा अनगिन्ति जन्महरुमा यस्तै अनगिन्ति प्रेमिकाहरु सित तिम्रो वियोग भयो । तिमीले प्रेमिकाको बियोगमा थुप्रै आंसु बगायौ सायद त्यो आंसुलाई संकलन गरेकोभए एउटा सागर नै बन्ने थियो ।भविष्यमा पनि यस्तै अनगिन्ती जीवनमा प्रेम वियोग हुनुपर्नेछ र यस प्रकार तिमी पिडाको आंसुबाट पन्छिन पाएका छैनौ । यो रुनु कति अज्ञानी हो आंखिरमा तिमी कस्कोलागि रोईरहेकाछौ – के तिमी रोएको तिनिलाई थाहाछ र तिमी जति रोए पनि आउंदिनन् ।चाहे तिमले रोएर आँसुको ताल नै बनाउ ।

अभयलाई ज्ञान भयो सांच्चै म केको लागि कस्को लागि रुदै छु । आठ दिन सम्म यो केटीलाई राम्रोसित चिनेको पनि थिईन मुख पनि देखेको थिएन वास्तवमा रुनु मेरो आसक्ति हो । जस्लाई प्रिय मान्यो त्यसैमा आसक्ति भयो यहि दुःख बन्यो सबै अनित्य छ ढिलो चांडो सबै मृत्यु हुन्छन् कसैले कसैलाई बचाउन सक्तैन ।

अभयले बुद्धको बाणी ग्रहण गरेर अन्धारबाट मुक्त भयो अभयको मन शान्त भयो शीतल भयो उ श्रोतापन्न भयो अब उस्को श्रद्धा केवल बुद्धिजन्य मात्रै भएन अनुभव जन्य भयो । राजकुमार अभय भगवान बुद्ध प्रति परम श्रद्धालुभए पटक पटक दर्शनार्थ गएर्रधर्मश्रवण गरेर आउंथे ।

बुद्धकालिन कथा बाट
भवतु सब्ब मङ्गलम्

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in पौराणिक कथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.