~रिजाल किरण~
बहर : हजज मुसम्मन सालिम
कसैले यो हिया छेवै कटारी पो लुकायो कि ।
नयाँ नौलो दुखी हरदम उसैले पो सतायो कि ।
जता हेर्यो उतै लाली झुले मुस्कान छाएर
मनैमा त्यो हुरी ठूलो उनैले पो चलायो कि ।
रमेका पल ती रोधी मा जसै यादले सताउँदा
मलाई झैँ उनी लाई परेली पो भिजायो कि ।
लुकाइभित्र छाती मा सधैँ तस्बिर राख्छिन् रे
यता आगो लगाउँदा उता मुटु पो जलायो कि ।
प्रभाती बासनाले यो मनै आज क्या रमाए छ
कतै उन्को इसाराले मन खुल्दुली पो बनायो कि ।
धन्यवाद ।
ठेगाना :-विराटनगर -१
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )