~भुपाल गुरागाइ~
मध्यरातमा भूत मडारिरहेको बेला
एकादेशका राजा मेरो सपनी मा आए
श्रीपेच उतारे
गहना झिके
गोजीका कागज हेरे
र नम्र हुँदै मनमनै भने
म त अब किनार जानू छ।
खोलीमा बगेको पानी
किनारमा बसेका राजा
दुवैले जवानी पोखे
खोलाको दुख छालले देखायो
राजाको दुख आशुले देखायो
आँसु बग्दै खोलामा पर्यो
खोला सन्सनी सुसायो
गाउँलेले सोचे लोदर लाग्यो
बिहान हल्ला आयो
हाम्रो राजा हराए।
भुपाल गुरागाइ(स्वामी)
देवलिङ्गे,ताप्लेजुङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )