~दीपक कुमार ज्ञवाली~
न रह्यो चेतना न त मृत्यु ले लग्यो ।
कसैलाई नपरोस् यस्तो जीवन जीऊन ।
लुटीयो स्मृती हर्यो सुखद् जीवन ।
बिर्सीयो मुहार बिर्सीयो नाता ईष्टमीत्र ।
आमा आमा य आमा के भट्भट्याई रहनुभएको छ ।
केहि होईन बाबु मनमा गन्ट्याउँक्ना लागेर त्यसै एक्लै भुतभुताई रहेकी छु ।
हैन आमा यस्तो कहिलै पनि गर्नुहुन्थेन ,आज के भयो हजुरलाई , यसरी एक्लै बोलीरहने ।यस्तो मानिसलाई त बहुला पो भन्दछन् ।
फेरी कस्तो कवितात्मक लयमा बोलीरहनु भएको छ । निरक्षर मानिसले पनि यस्तो कवितात्मक शैलीमा बोलीरहनु भएको छ ।
बाबु मैले मानव जविनलाई धेरै नजीकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । यस मानवरुपि जीवनमा धेरै पात्रहरु देख्ने अवसर मिलेको छ । यो संसार नाटकमय नै रहेछ । मानिस बिभिन्न आवरणमा नाटकका पात्र बनेर नाटक मञ्चन गरेको पनि मैले देखेकी छु ।
अहिले तिमी मेरो नजीक छौ, नाताले हामी दुई आमा छोरा हौं । तर म आमा भए पनि मैले पूतना र तिमी ले दानवीय प्रबृत्तिलाई आत्मशात गर्न कत्ति समय लाग्ने छैन ।
अर्थात हामी आमा छोरा भए पनि हामीमा दुष्मनीको भावना जागृत हुँदैन भन्न सकीदैन ।
हैन आमा आज हजुरलाइृ के भएको छ , किन यस्तो बिषयको उठान गरिरहनु भएको छ । आमा ,छोरा निकट नाता राक्षसी प्रबृत्ति बेईृमानको भावना जागृत हुने आदि ईत्यादी ब्यक्त बिचार ले म त छक्क परीरहेको छु ।
मलाई भन्न मनलाग्यो आमा , हजुरलाई कुनै घटनाक्रमले दिमागमा गहीरोरुपमा नकारात्मक प्रभाब पारे जस्तो छ । लौ भन्नुस् सत्य कुरा , यसरी एक्लै भुनभुनाएर बस्न हुँदैन ।
हैन बाबु मलाई केहि पनि भएको छैन । मलाई कसैले केहि दुर्वाच्य बोलेको पनि छैन् । कुनै फरेव लगाएका पनि छैन । यस्ता राम र सिता जस्ता छोरा बुहारी छौ । आजसम्म नराम्रो ब्यबहार गरेका छैनौ यदा कदा देखिने मानबीय स्वभाब बाहेक ।
किन हो किन आजका दिनसम्म म आफुले आफैलाई भाग्यमानि ठान्दथे । कमि भनेको केवल तिम्रो बा को छ । दैबले बेलैमा चुडेर लग्यो । उफ् दैवको लिला कसले टारेर टर्न सक्दथ्यो र ?
यि नाति नातिना को के कुरा गरौं एउटा यता एयटा उता अर्थात मेरा दुईटा गोडाको एउटा एउटा सिरानी नलिइकन उनिहरुको मनले मान्ने होईन त्यसो नगर्दासम्म, तिनीहरुलाई निद्रा नै लाग्दैन । तिमीहरुको मायाले मलाई आह्लाहीत बनाएको छ । मलाई स्वर्ग समान छ बाबु मलाई अलेख छ । यो पापि मनले कता कता अनेकौं शका गर्दछ । सधैभरी हाम्रो जीबन यसैगरि हासीखुसि ले चल्न संबभ होला ? हृदयको कुनामा किन हो किन शंकाको विज रहेको आभाष भै रहेको छ ।जति निकाल्न खोजे पनि मनमस्तिष्कबाट बाहिर निस्कन मान्दै मान्दैन, निकाल्न सकिरहेकी छैन ।
अनि के को असन्तुष्टि हो त हजुरलाई आमा । बारम्वार यस्ता विरहका कुरा मात्र गरिरहनु भएको छ ।
नसोध बाबु यो स्वार्थी समाजको चलन
आजलाई हेरेर हुन्न सबैले भोलीलाई सोचौं ।
के नराम्रो थियो र सुशील शालीन ब्यबहार ।
कहाँ गयो चेतना कहाँ गयो स्मृतीमानसपटल ।
हेर्दामा लाग्दथ्यो सुशील सज्जन परिवार ।
त्यहि भित्र रहेछ छलकपट र जाल झेल ।
कुन दैवले गरायो तिनलाई यस्तो अवस्था ।
संगसंगै हिंड्थ्यौं गर्दे कुरा गाउँघरका ।
हरे नि बाबु तिनको चेतना स्मृति संझना ।
लुटीयो चेतना एक दिन रात मै ।
आमा फेरी किन अनुहार मलीन गराउँदै यस्ता विरहको भाषा बोली रहनुभएको छ ।
अञ्जली अञ्जली हे अञ्जली कहँा छौ तिमी । छिट्टै यहाँ तल आउ त आज आमालाई के भयोे ?
हजुर म आएँ आएँ , के भयो र आमालाई ।
हैन त्यस्तो नराम्रो त केही भएको छैन । तर आज आमाको अन्तकरणलाई कुन घटनाले छोयो छोयो । खुलेर भन्दा पनि भन्नुहुन्न एक्लै बर्बराईरहनुहुन्छ के के हो के के भन्दै ।
बिहानै सधैको समयमा प्रातः भ्रमणकालागि निस्कनु भएको थियो । उ त्यो पल्लो घर के त्यहि सधै संगै प्रातः भ्रमण जाने आमाको घर जानु भएको थियो किन हो कुन्नि तुरुन्तै फर्केर आउनु भयो आज प्रात भ्रमणमा पनि जानु भएन ।
आमा मलीन अनुहार लगाएर तल पिढींमा थचक्क बस्नु भएको थियो । म त हजुरलाई अफिस जान ढिला हुन्छ भनेर भान्सामा आएँ , आमालाई सोध्न पनि भुसुक्कै बिर्सीए छु ।
अहिले के गरिरहनु भएको छ ।
य अझै पनि त्यहि पिढीमा पो बसिरहनु भएको रहेछ ।
आमा आमा के भयो हजुरलाई प्रातः भ्रमणमा नगैकन छिमेकीको घरबाट फर्केर पिढीमा बसिरहनु भएको छ ।
के भयो र आमा हजुरलाई हिजो सुत्दासम्म त राम्रै थियो सञ्चै सुत्नु भएको थियो । बिसञ्चो भयो कि ? के भयो वहाँ हजुरको छोरा कति आत्तिनुभएको छ । आमालाई के भयो भनेर ?
किन हो किन बुहारी आज मेरो मन अली अधिर भएको छ । आत्तिईहाल्नु पर्ने केहि भएको छैन ।
तिमीले भनेको ठिकै हो म हिजो खाना खाएर सुत्दा जस्तो थियँ अहिले पनि मेरो शरिर उस्तै छ अर्थात मलाई केही भएको छैन । मलाई सञ्चै छ तर किन हो किन यो समाजलाई देखेर मेरो हृदय तेसै तेसै जलेर आउँछ बिरक्तीएर आउँछ । मानिस ,मानिस भएर स्वतन्त्ररुपमा आफ्नो जीवन जीउन पनि नपाऊने ?
कस्तो असती समाज र यस समाजमा रहेका मानिसहरु हिजोसम्म तन्दुरुस्त रहेकोको शरिर र स्वभाब एका एक कसरी परिवर्तन हुन सक्छ ? यत्रा वर्षसम्म स‘ंगै हिडेको डुलेको सुख दुःखका गफ गरेको मानिसले आज एकाएक तिमीलाई चिन्दिन भन्दा म त छाँगाबाट खसेजस्तो भएँ ।
सज्जन नाता–गोता थिए सहृदयी बिचार ।
आउँथे भेट्नलाई आमा सञ्चै छ भनेर ।
सधै थियो आडभरोसा आमा त छन् भनेर ।
बिमुख, बिचरा फगत चेतनाहीन अनुहार ।
अहो के भयो र तपाईको साथीलाई , के सञ्चो भएन ?
केही हैन अनुहार ले त सञ्च नभएको देखाउँदैन । बिरामीको लक्षण पनि केहि देखिदैन । तर सधै हिड्ने, सुख दुःखको कुरा गर्ने अर्ति उपदेश दिने ब्यक्तिले अनायास मलाई चिन्दिन को हौ तिमी भनेर सोद्धा मलाई त अचम्म लाग्यो ।
हिजो साँझ त हो हामी अबेरसम्म यहि पिढीमा बसेर गफ गरेको । अनायास रात को रातमै उनलाई के भयो म त अचम्म परेकी छु ।
आमा पनि कति शंकालु आज एक दिन एक छिन संगै नहिड्दैमा नबोल्दैमा नानाथरिका शंका गर्न हुन्छ ? मानिसको शरिर र मन हो । सधै एकनास भै रहन्छ र ? अनाबश्यक शका गर्नु राम्रो हैन आमा ।
जान्ने सुन्ने परिवार छन् । केही भएको भए अस्पताल लगेहोलान् । औषधीउचार गरे होलान् ।आज एकदिन हिजोकोजस्तो ब्यबहार गरिनन् भनेर अनेक थरीका शंका गरेर आफ्नो शरीरलाई पिडा दिनु राम्रो हैन आमा । जानुस् दैनिक कर्मबाट निबृत्तहुनुस् । खाना पाकिसक्यो । अब खाना खानु पर्छ छोरालाई अफिस जान ठिलो हुन्छ । केटीकेटी पनि भोकाईसके ।
उफ् गर्दै दैनिक निबृत्तादि कर्ममा लाग्छीन् मन र शरिर गह्रुगो गराउँदै ।
दिन महिना वर्ष बित्दै जानु प्रकृतिको शाश्वत नियम हो । अनेक चाड पर्व पनि आउँदै जाँदै गरे । तर ति बुढीआमैको चेतना र स्मृति आजपर्यन्त फर्कन सकेको छैन ।
अचेत भनौं भने अचेत पनि होईन सचेत भनांै भने पहिलाका सचेतनाका लक्षणहरु केहि पनि देखिदैन । दोहोरो संवाद असंभव छ । आरामै आमा भनेर सोध्यो आरामै, बस अरु शब्द सुन्ने रहर जागृत भै रहन्छ तर असंभव ।
दोहोरो वाक्य सुन्न दुर्लभ ।
म छिमेकीलाई त यस्तो पिडा भएको छ भने आमाका आफन्तलाई कस्तो भएको होला । न त सञ्च बिसञ्च, न त बोल चाल ,न त हासो खुसि न त पिडाबोधको अनुभूति । दोहोरो संवाद नभएको पनि वर्षौवर्ष भैसकेछ ।
मानिस पनि कस्ता कस्ता कति नचाहिने तर्क गरेर समय बिताउदारहेछन् अर्काको घर परिवारको वारेमा । अझै कता कता, भन्ने गर्छन् अरे बल्ल खाई बुढीले भन्दैे । तर बिडम्वना, कोखमा नौ महिनासम्म, राख्यो कष्ट सहेर यस सुन्दर धर्तिमा अवतरण गरायो ,स्याहार संभार लालनपालन भरणपोषण गर्यो शिक्षा दिक्षा दियो , काबिल बनायो समाजमा जीउन सक्ने गरि । बुढेसकालको सहाराको लागि एउटा लठ्ठी बनाएँ भन्यो आखिर के न के ?
हेर बाबु अभिभावकीय जीम्मेवारी को कुनै सिमा र मूल्य हुँदैन । तिम्रा पनि सन्तान भएकाछन् मेरो उमेरमा तिमीले थाहा पाउने छौ अभिभावकीय जिम्मेपारीको वारेमा ।
अभिभावक ले सन्तानसंग आशा गर्र्ने भनेको असल ब्यबहार मान मर्यादा शरिर अशक्त हुँदा ,माया तातो पिरो ,नाना खाना अलिकति सहारा खोज्ने न हो । बुढाबुढीकोे ईक्षा र आकांक्षा के नै हुन्छ र ?
यत्ति पनि दिन नसक्नेलाई सन्तानको दर्जामा कसरी राख्न सकिएला ?
अ हो आमा कति गन गन गरेको ,चुपलागेर बस्न सक्नुहुन्न । अर्काको घरको कुरालाई लिएर आफ्ना सन्तान प्रति बितृष्णाको विज रोक्ने कोशिष नगर्नुस् । अर्काको चिन्ता गर्नु भन्दा आफ्नै शरिरको चिन्ता गर्नु राम्रो होला ।
कति भन्दछौ म बुढी भएकीलाई ।
छिमेकी आमाको चासो पर्यो मलाई ।
सन्तानको ब्यबहारले घृणा जाग्यो मलाई ।
आफ्नो पुरा जिबन बाच्न नदिने सन्तान ,
चाहिएन सन्तान बरु कोख बाँझै रहोस्
नबोल् तँ धेरै त्यसैको संगतले हुर्केको ।
घामसंग छायाँ कहिले अलग हुन्थ्यो र ।
सन्देह छ मलाई तेरो कृयाकलाप हेरेर ।
त्यसैको संगतले मलाई पार्नेछस् बेहोस ।
अ हो आमा अरुका सन्तानको ब्यबहारलाई लिएर आफ्ना सन्तानप्रति शंकाको भरमा कटाक्ष गर्दै आफ्नो शरिर नगलाउँदा राम्रो ।
मलाई पनि आरोप लगाउन सुरु गर्ने कोशीष गर्दै हुनुहुन्छ । अर्काको घरको नकारात्मक प्रभाबको बिस्कुन आफ्नो घरमा ल्याएर नसुकाउनुस् आमा ।
अन्य घर परिवारको वारेमा बोल्न के को खाँचो हामीलाई । आफ्ना बाबुआमाको सेवा गरुन् वा नगरुन् हामीलाई के को सरोकार । फेरी यस्तो भयो मलाई सहयोग गर भनेर सहयोग माग्न आएकी पनि होईनन् ति बुढीआमा ।
तपाई चिन्ताले ग्रस्त भएर केहि हुने र गर्नेवाला पनि छैनन् तिनीहरु । समय र जमाना कति फेरीएको छ । मानबीयतामा ह्रास आएकोछ । एकले अर्कालाई कटाक्ष गर्नु सिवाय सहयोगको अपेक्षा गर्नु यो समाजमा मुर्ख बन्नु हो आमा ।
मलाई यस घटनाले सबै सन्तान उस्तै उस्तै जस्तो पो लाग्नथालेको छ बाबु । हेर त बाबु कति वर्ष भयो ति आमैको त्यस्तो अवस्था भएको ।
अमm आफ्ना बा आमालाई आफु सक्षम र जीवित हुँदा हुँदै बृद्धाश्रममा लगेर थन्क्याएको पनि नसुनीएको होईन छोरा ।
कति घृणित समाज , कति स्वार्थी सन्तान ।
कम्तिमा पनि सन्तानबाट हेपीन परे पनि तिनीहरुले चेतना त गुमाएका छैनन् ? तर आमा को त स्मृति गुम्यो चेतना नै गुम्यो, बिगत गुम्यो, बर्तमान गुम्यो भबिष्यको त के कुरा गर्ने अन्धकारै अन्धकार त हो नि ।
चिन्ता नलिनुस् आमा आफ्नो सन्ताप्रति बिश्वास गर्नुस् । हजुर ले दिएको सँस्कार र बताएको बाटोमा अहिले सम्म हिडेको छु । त्यही बाटो हिडेर यहाँसम्म आई पुगेकोछु । बिश्वास नै भरोशा हो । बिश्पास गर्नुस् ।
घर आएर पनि कति काममा घोटीई रहेको हो हजुर । कहिलै घर ब्यबहारको कुरा गर्न नपाईने समय नमिल्ने हजुर । कति दिन देखि हजुरसंग एउटा सल्लाह गरांै भनेको ,हजुर सधै हतार र अफिसको काममा ब्यस्त ।
आफ्नै श्रीमान श्रीमती कुराकानी सरसल्लाह गर्न समय मिलाउनु पर्ने । के भनेकी तिमीले
संगै त छौं नि हामी त्यस्तो के सल्लाह छ र समय नै मिलायर कुरा गर्नु पर्ने ।
हैन त्यस्तो केहि हैन , आजकाल आमा पहिला जस्ती हुनुहुन्न हजुरलाई था छ? धेरै रुखो ब्यबहार गर्न थाल्नु भएको छ । बोली पनि कति कर्कश भएको छ । त्यस्तो आमासंग लडीबडी गर्ने केटाकेटीहरु हिजो आज आमासंग जानै मान्दैनन् ।
कता हो कता आमाको अन्तकरणमा बदलाको भावना जागृत भएको जस्तो छ । तसर्थ बेलैमा होस पुर्याउन पर्छ है उनीहरुले झैं ।
हैन के होस पुर्याउने उनिहरुले झैं । उनिहरु भनेको को हो स्पष्ट भन ।
छ्या हजुर बुझेर पनि नबुझे झै गर्ने । कति नाटक गर्न जानेको । उ त्यही के त्यही पल्ला घरे ।
के भन्यौ अघि मात्र त हो मैले देखेको । छोरा छोरी दुबै जना आमाको काखमा लडीबडी गर्दै खेलेको । यस्ता नचाहीने कुरा नगर म संग ।
मेरी आमाको स्वभाब कस्तो छ भन्ने कुरा मलाई थाहा छ । हिजोमात्र यस घरमा भीत्रीएकी मानिसलाई मेरी आमाको सबै आनी बानी के थाहा ?
भो भो गुणगान गर्नु पर्दैन आफ्नी आमाको । ब्यहोर्नेलाई थाहा हुन्छ हजुरकी आमाको स्वभाब कस्तो छ भनेर ? सधैको टोकसो र करकर सहनु पर्ने ।कति आनन्द छ तिनीहरुलाई ति बुढीआमाबाट । न कचकच न हल्ला न गाली न अह्नखटन ,न अनाबश्यक कुुराकानी ,न मानिसको आवत जावत ,साँझ बिहान खान दियो बस् हाईसञ्चो ।
मैले त सल्लाह गर्न मात्र खोजेको हो निर्णय मेरो हो नि मैले निर्णय गरिसकेकी छु र्। कहाँ जानु पर्छ के गर्नु पर्छ मलाई सबै बताएकाछन् । बिचमा आएर केही बोल्न पाईन्न ।र मलाई दोष दिन पाईन्न । मैले निर्णय गरिसकें । मेरो पनि त जिन्दगी हो सधैभरी कचकच सहेर बसिरहनु पर्ने ? यो कचकच सहेर बस्नु भन्दा मुढो जस्तो बनाई दियो जता लडायो उतै लड्ने, जे भन्यो त्यही मान्ने जे गरायो त्यही गर्ने ,स्वभाब आनी बानी दुईटैको एउटै भएपछि वाहाँहरुलाई पनि सजीलो हामीलाई पनि सजीलो । कस्तो अचुक सल्लाह दिदीको ।
के थाहा सन्तानको मायामा लीप्तभएकी आमालाई बाँकी जीबन इच्छा अनुसार बाच्न पाईदैन भनेर ।
अस्तु
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )