गजल : म त हराउँदैछु

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

बन्धनमा परेर हो कि, म त हराउँदैछु
आशाहरू मरेर हो कि, म त हराउदैछु

आफु आफैमा खोज्नु पर्ने भयो अचेल
प्रयत्नहरू नगरेर हो कि, म त हराउँदैछु

पौडिन म जान्दिन सागर किन खोजौँ र !
नयनमा पानी भरेर हो कि, म त हराउँदैछु

कुनै दिन थिए, वाहा वाहामा गुञ्जन्थेँ म
ओझेल छोडि नसरेर हो कि, म त हराउँदैछु

इलामेली टीकाराम दुलाल
२०७६/०४/१७ रोज ६
नक्साल, काठमाण्डौ

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.