कविता : काम दाइ

~डा. विदुर चालिसे~

जब मलाई वरिपरि परम्पराले घेरेथ्याे
हातहरू उठाउँदै चाउरिन्थेँ ज्यासलमा
घनसँग जीवनकाे कुरा गर्थेँ बाँच्नलाई !

भाेक अनि तिर्खा बारे अचानाेहरू थिए
उनीहरू मैसँग उल्टाे प्रश्न गर्थे बराबर
उस जीवन पाे जीवन याे पनि जीवन !
हामी यति मिल्थ्याैं कि अभावहरूसँग
ऊ ठाेक्थ्याे फलाम साक्षि किनारामा
म देख्थेँ पिडा हजार खुर्पाका धारमा

तर तर चुहेका उसका पसिनाहरू सँग
उडिदिन्थ्याे झानिएर फलाम झैं जिन्दगी
एकातिर उ अर्काेतिर मेराे कहाली माैसम
उस्तैउस्तै थियाैँ नजिकै खलाँतीका छेउ !

उ कर्मी उ अछूत, ती अधर्मी ती चाहिँ छुत
हामी अछूत, ज्यासलमा पाेलिएर निरन्तर
पाेलिनेहरू धुवाँ उडाइरहेथे वेदनाहरूकाे
झानिनेहरू वाफ फुराइरहेथे उदासताकाे
तर पनि मेटिएन निधारमा कर्मीकाे शरम ।

चुटिदाँ चुटिंदै फलामसँग जिन्दगीहरू त्यसै
अाफैलाई चुटिरहन्थ्याे तात्ताताे फलामसँग
खिइँदा खिइँदै जिन्दगीका हराम दिनहरू !

हथ्याैडाका चुटाइमा मरिरहेकाे जिन्दगी
हँसियाकाे रेटाइमा उब्रिएकाे याे जिन्दगी
अारनसँग तात्तिरहेथ्याे तात्तिरहेथ्याे उसै
उसका लागि जाबाे मेराे काँधकाे क्रीडा !

रून्चे स्वरका वालकका अावाजहरू थिए यतै हराएका कर्महरूकाे एकाग्रतामा
धुलाेकाे मूल्यसँग हरदिन
गाऊँका काम दाइ ।

सेकिंदा सेकिंदा अब त बानी परिसक्याे
मेराे नजरमा उज्यालाे दिन ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.