~रश्मिशेखर~
जुनकीरीहरू
बत्ती निभाएर जङ्गल पसे
रात झनै अँध्यारो भयो
आँखाहरू धेरैबेर छटपटाए
र
कानेखुसी गर्दै
रातको गङ्गामा फाल हाने
लाटोकोसेराहरू
किनारमा जाल हान्दै
आँखाको लोभ
ढुकिरहेछन्
रातको गङ्गा नुहाएर
अदृश्य भए भ्रमहरू
आँखा
अँध्यारामा झनै सफा भए ।
-बिर्तामोड, झापा
(स्रोत : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)