कविता : रातको गङ्गा

~रश्मिशेखर~

जुनकीरीहरू
बत्ती निभाएर जङ्गल पसे
रात झनै अँध्यारो भयो
आँखाहरू धेरैबेर छटपटाए
र
कानेखुसी गर्दै
रातको गङ्गामा फाल हाने

लाटोकोसेराहरू
किनारमा जाल हान्दै
आँखाको लोभ
ढुकिरहेछन्

रातको गङ्गा नुहाएर
अदृश्य भए भ्रमहरू
आँखा
अँध्यारामा झनै सफा भए ।

-बिर्तामोड, झापा

(स्रोत  : साहित्यसरिता – अङ्क २ वर्ष-२ साउन-भदौ-असोज-२०६२)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.