~रीता खत्री~
म सीता वनवास पसेको पनि तीन-चार महिना भएछ । जसोतसो दिनहरू बितिरहेछन् ।
रातहरू बितिरहेछन् । कल्पिन्छु अहिले, म तिम्रो नजरबाट टाढा छु, धेरै टाढा । तिमीले कल्पिनै गर्न नसक्ने अनकन्टार ठाउँमा छु । अग्निपरीक्षामा छु र रामका लागि वनवासमा छु । यहाँ जन्म दिने मेरा आफन्तहरू, भावनात्मक साइनो लाग्ने मेरा आफन्तहरू, साथीसङ्गी कोही छैनन् । एक्लैएक्लै छु । मेरो अघिल्तिर एउटा चौतारी छ । माथितिर सल्लाहरू आफ्नै गतिमा सुसाउँछन् । मयूर, डाँफेचरी, रानीचरी सल्लाका टुप्पा, हाँगाबिङ्गा, पात सम्पर्ूण्ा भागतिर बसेर नाच्छन्, उप|mन्छन् । एक रूखबाट अर्को रूख, अर्को रूखबाट अर्को रूख हुँदै रमाउँछन् । म एक्लै टोलाउँछु- किन मान्छेको भाग्य यी चराको जस्तो स्वतन्त्र छैन । खुल्ला आकाशमा रमाउन पाउने, स्वतन्त्रसँग हिँड्न पाउने । सम्झन्छु मन दुख्छ, पोल्छ तैपनि सम्हाल्छु आफूलाई र हर्ेर्छर्ुुँधोतिर अरूणनदी बगिरहेको हुन्छ । सम्झन्छु- किन मान्छेको जिन्दगी नदीझैं स्वतन्त्र बग्न सक्दैन । चराहरूको स्वतन्त्रता र नदीको पानीझैं निश्छल कहाँ हुँदोरहेछ र मान्छेको भाग्य । आफूमाथि आइपर्ने, घामपानी, बादल वषर्ा, आँधीबेहेरी सबैसबै सहनुपर्दोरहेछ मान्छेले । सहन पनि किन नपरोस् त सृष्टिका सुन्दर फूलहरू टपक्क टिपेर भगवान्लाई चढाउने बहानामा सधैँ-सधैँ फूलको मृत्यु निम्त्याउने मान्छे-कुनै अपराधीभन्दा कम कहाँ छ र ! यसरी नै कोरिन्छन् मेरो हृदयको क्यानभासमा मान्छेप्रतिका दृष्टिकोणहरू । किन मान्छे कहिले कसैको शत्रु बन्छ, कहिले मित्र । मित्र बनेको बखत सही मान्छेले निरन्तर हँसाउछ भने शत्रु बनेको बखत निरन्तर रुवाउँछ, दुखाउँछ ।
मान्छेको जिन्दगी कहिले दुबोझैं मौलाउँदो रहेछ, कहिले दुबो सुकेझैं खङ्रङ्ग सुक्दोरहेछ । जीवनमा कहिले आकस्मिक लाभ हुँदोरहेछ त कहिले आकस्मिक दर्ुघटना पनि । साँच्चै मान्छेका जिन्दगीका दर्ुघटनाहरू कति नमीठा हगि । म जन्मेको आज ठ्याक्कै पच्चिस वर्षभएछ । ती विगत पच्चीस वर्षा मेरो जीवनमा थुप्रै आरोह-अवरोहहरू आए र गए, उतारचढावहरू आए गए । विकट पहाडीभूमि मेरो जन्मभूमि भएका कारण मैले गर्नुपर्ने सङ्र्घष्ा लामो थियो । फेरि एउटी गाउँले छोरी म । परिवार र समाजसँग लडेर आफ्नो कला पोख्नुपर्ने बाध्यता थियो मसँग । जीवनमा कवि हुने रहर, पत्रपत्रिकामा लेखरचना छपाउने रहर, उच्चशिक्षा हासिल गर्ने रहरले गाँजेको थियो मलाई । त्यही हुनाले त म समय मिलाएर निरन्तर सङ्र्घष्ा गथर्ंर्ेेढाइमा र त जिन्दगी जितेर हाल सहरमा छु । सधैँसधैँ घरपारिबाट देखिने मकालु हिमाल मसँग छैन अहिले । खोला-नाला, भिरपाखा बाल्लसखाहरू केही छैनन् । म एक्लै-एक्लै छु । रित्तोरित्तो छु । म जीवनका सबै आनन्दहरू गाउँमै छोडेर सहर पसेकी छु । नढाँटी भन्छु मेरो उच्चशिक्षा हासिल गर्ने चाहना, लेखन क्षेत्रलाई अगाडि बढाउने तीव्र अभिलाषा गाउँ बसेर पूरा हुने थियो भने म यो रित्तोरित्तो सहरमा किन आउँथे । यो आडम्बरले भरिएको वातावरणमा भिज्न परिस्थितिसँग सम्झौता गर्नुपर्दोरहेछ मान्छेले । गरेँ सम्झौता र बसेँ अडानका साथ । अनि लिएँ एउटा साहित्यिक कार्यक्रममा भाग र पोखेँ आफ्ना भावना । मेरो मनमा वर्षौंदेखि गुम्सिएका भावना पोखिएको पहिलो कार्यक्रममा मेरो एकजना सालिन, शिष्ट र सौम्य व्यक्तिसँग परिचय भयो र त्यो दिन मेरो निम्ति अविस्मरणीय र फलदायी पनि रहृयो विवेक । त्यसपछि तिमीले मलाई अरूअरू कार्यक्रममा पनि आऊ है बैनी भनेर बोलायो । म पनि तिमीले गरेको आग्रहलाई मान्दै गएँ र विभिन्न कार्यक्रममा आफ्नो सहभागिता बढाउँदै गएँ । पुरस्कारहरू पनि जित्दै गएँ । म कविता लेख्थेँ र तिमीलाई देखाउँथे, तिमी हेथ्र्यौं र सच्याउँथ्यार्ंर्ैैतिमीसँग सधैँ बस्ने तिम्रो एउटा साथी प्रारूप जो मलाई औधि माया गथ्र्यो र लेख्न सिकाउँथ्यो । कति माया गर्थे दुवैले मलाई ।
उनीहरूकै मायामा फुलेकी, फलेकी र रमेकी थिएँ म । तर खै कुन्नि कसको नजर लाग्यो म माथि, ऊ माथि, हाम्रो नाता र सम्बन्धलाई एउटा गुरु र चेलाको रूपमा हेरेन यो समाजले । एउटा दाजु र बैनीको सम्बन्धको रूपमा हेरेन यो समाजले । आफन्तले, परायले कसैले पनि । दुनियाँ हल्ला मच्चाउन व्यस्त रहे, आफ्नो सुरमा, आफ्नै धुनमा । मलाई थाहा छ विवेक तिम्रो स्वभाव । तिमी खुल्ला कागज हौ, खुल्ला । सगरमाथा पनि । तिम्रो छातीमा आफन्तले टेके पनि सैहृय छ, परायाले टेके पनि सैहृय छ । त्यही भएर त तिमीलाई सबैले मनपराउँछन्, माया गर्दछन् । तिम्रो छाहारीमा बसेर फुल्न खोज्छन्, फल्न खोज्छन् । तर विवेक समय सधैँ आफ्नो पक्षमा नबग्दोरहेछ । कहिलेकाहीँ घरभित्रै विषालु र्सपहरू बस्तारहेछन् र डस्तारहेछन् । तिमीलाई पनि डसे तिमीले नै पालेका र्सपहरूले र फैल्याए तिमी र म बीचका प्रेम सम्बन्धका अनावश्यक हल्लाहरू । मलाई थाहा छ विवेक तिमी एउटा विवाहिता पुरुष हौ र उमेरमा मेरो बाबासमान । अब तिमी नै भन विवेक ! म आफ्नो जीवन कसरी तिमीलाई आहुति दिउँ र मारुँ मेरा इच्छा, चाहना र आकाङ्क्षाहरूलाई । हो विवेक म तिमीलाई माया गर्छर्ुुर एउटा चेलाले गुरुलाई गर्ने माया तर मेरो मायालाई अन्यथा लिनेहरूले आफ्नो चरित्रलाई फेरि एकपटक उदाङ्गो पारेका छन् । भनिन्छ मान्छेले आफूजस्तो छ, अरूलाई पनि त्यस्तै सोध्छ रे । सधैँसधैँ नारी अस्मितालाई यौनसँग गाँस्ने चरुवाहरू पेट फाल्न गई सीता भनेर हल्ला मच्याउँछन् रे । शान्तिका लागि बाबा-आमाको काखमा जान्छु । तिमीले डेरा खोजेर राखेका छौ रे मलाई र छोरा पनि जन्मिसकेको छ भनेर कुरा काट्छन् रे त्रि्रा आफन्तहरू ! साहानुभूतिको नाउँमा मेरो मोबाइलमा जासुसी फोनहरू आउँछन्, कहिले उपहार दिने र कहिले भेट्ने म भने तिमीलाई नै हलुका होस् भनी वनवास पसेँ तर समस्या झन् चर्किएछ । यो के भयो विवेक – चलचित्रका दृश्यमा एउटी हिरोइनले भोगेका काल्पनिक दृश्य भोग्दैछु म यथार्थमा । घातहरू एकपछि अर्को, अर्कोपछि अर्को गर्दै म माथि नै खनिन्छन् । तब त म चुपचाप सहन नसक्ने गरी घाइते बन्छु र पोखिन्छु तिमीसँग । यो के हुँदैछ विवेक – किन नगरेको दोष लाग्दैछ – यति हुँदाहुँदै पनि किन तिमी प्रतिकारमा उत्रदैनौ – अति सहेँ अब त म प्रतिकारमा उत्रिन्छु, कि कुहिन्छु, कि कुट्छु, चाहे जोसुकै हुन् मैले आदर गर्नुपर्ने, मैले माया गर्नुपर्ने । तर तिमीले मेरो उर्लंदो आँधीलाई रोक्यौ विवेक र प्रतिष्ठा जोगाइदिन आग्रह गर्यो । मैले पनि तिमीले मेरो लेखनक्षेत्रमा लगाएको गुन बिर्सन सकिनँ र चुपचाप सहेँ ममाथि लागेका सम्पर्ूण्ा आरोपहरू । नारी अस्मितालाई यौनसँग गाँस्ने चरुवाहरूको नजरमा- म पाँच पाण्डवकी द्रौपदी बनिन कि, अविवाहिता स्वास्नी बनिनकि, अविवाहिता आमा बनिन कि के के बनेँ के के ! यो देशका भोका गिद्धहरू जो दिउँसै कसैको अस्मितामाथि खेलबाड गर्न पनि पछि पर्दैनन् । आखिर तिनीहरू नै चोखा छन् । प्रतिष्ठित र इज्जतदार छन् यो समाजमा तर हामीजस्ता निर्धा, निमुखा र सोझाहरूको कहाँ इज्जत हुन्छ र यो समाजमा विवेक । फेरि आफन्तहरू नै दुश्मन भएपछि कसको के लाग्दोरहेछ र । तिमीलाई थाहा छ विवेक तिम्रो र मेरो चरित्रको पछाडि त्रि्रा आफन्तहरू नै लागेका छन् । किन विवेक – तिमी त्रि्रा आफन्तहरूको मुख थुन्न सक्दैनौं – मलाई माफ गर विवेक । सहनुको सीमा तोडियो मबाट अब । सक्छौ भने हाल सिन्दूर र बनाउ स्वास्नी । होइन भने म तिम्रो हुतिहारापनको सिकार भएर त्रि्रा र मेरा आफन्तहरूमाझ म त्रि्री अविवाहिता स्वास्नी हुन सक्दिन । थुकेका नानाथरी कुरा गुथेका र आँखा पल्टाएका दृश्यहरू एकतमासले हर्ेन सक्दिन । प्रतिकारमा उत्रिन्छु अब ।
तिमी रिसाए रिसाउ कुनै गुनासो छैन । सयौं रात र दिनहरू एउटै ओछ्यानमा काटेकी त्रि्री अर्धाङ्गनिी त तिम्रो विरोधमा छ भने म को हुँ र तिम्रो इज्जत जोगाईदिउँ ! तिमी आफैँ भन विवेक मैले दर्ुइ हात जोडेर मेरो इज्जत फिर्ता माग्दा अब तिमी मेरो इज्जत फिर्ता दिन सक्छौ – विवेक त्रि्रै प्रतिष्ठामा आँच नआवोस् भनेर म सीता बनेर वनवास पसेँ र बिताएँ कैयौँ कष्टप्रद दिन र रातहरू । कैयौँ र्सार्वजनिक कार्यक्रममा मन भएर पनि उपस्थिति जनाइँन, अरूले किन नआएकी भनेर सोध्थे, म व्यस्तताको कारणले आइँन भनेर सहज उत्तरदिन्थेँ । मैले पटक-पटक भनेकी थिएँ विवेक तिमीलाई- जुन बेला पनि ममाथि आक्रमण हुनसक्छ त्यो बेला म पनि चुपचाप सहन सक्दिन, प्रतिकारमा उत्रिन्छु । अनि मैले जोगाउँदै आएको तिम्रो इज्जत सबै माटोमा मिल्छ भनेकी थिएँ । तैपनि किन बोलायौ तिमीले मलाई तिम्रो कार्यक्रममा – सम्भवतः सोच्यौ होला तिमीले त्रि्रा आफन्तहरूको मन फराकिलो छ भनेर, होइन । तिम्रो त्यही कमजोरीको फाइदा उठाए सबैले र हाँसिरहे त्रि्रा आफ्नाहरू, परायहरू सबैसबै । प्रतिकारमा त उत्रिएँ विवेक तर मन विक्षिप्त भएको छ यो बेला । बिरामी छु । मनको रोग कसैले देख्दा रहेनछन् । मानसिक पीडाको औषधि नमेटिँदोरहेछ । गहभरि आँसुको सागर छ । मन लाखौँ टुक्रामा विभाजित छ । खपी नसक्नु गरेर दुखेको छ जिन्दगी । म के गरुँ विवेक, चरित्र नै जिन्दगीको महìवपर्ूण्ा कुरा रहेछ । त्यसैको हत्यामा म टुहुरी बनेकी छु । यो बेला न टेक्ने आधार छ मसँग, न समाउने हाँगो छ । छ त केवल आँसुले भरिएका आँखा छन् र विक्षिप्त मन । सजाय पाउनलाई कुनै ठूलो अपराध गर्नुपर्दोरहेनछ विवेक । मात्र माया गरिदिए पुग्नेरहेछ । नखाएको विष पनि लाग्दोरहेछ । नगरेको दोष पनि लाग्दोरहेछ । लागोस् केही छैन तर मेरो चरित्रको पर्दाफास गर्ने निहुँमा आफ्नै चरित्रलाई उदाङ्गो पार्दैछन् । तिमीहरूले बनाएका कुराको कुलोले मेरो विश्वासलाई भत्काउँदैन । अब मेरो आँटलाई गलाउँदैन । हिम्मतका साथ भन्छु- मेरो लेखनलाई पहिलोचोटि माया गरेर सुम्सुम्याउने मेरो गुरु नै हौ विवेक तिमी । त्यही भएर पनि म तिमीलाई माया गर्छर्ुु किनकि माया गर्न पाउने अधिकार यो संसारका सबै प्राणीलाई छ । हर्ेर्ने दृष्टिकोणमा गिद्धेनजर लागेपछि म के गरुँ त विवेक । आखिर तिम्रो-मेरो सम्बन्ध त आकाश र धर्तीको झैँ चोखो थियो, गङ्गाको पानीझैँ पवित्र थियो र मन र मुटुको झैँ प्रगाढ थियो । तैपनि मेरै कारणले तिम्रो प्रतिष्ठामा आँच आएको सम्भिmयौ विवेक तिमीले पनि । सुन्छु अचेल विक्षिप्त छौ रे तिमी । म पनि वनवासमा छु अचेल । मसँग पीडा, दुःख र सास्तीहरू साक्षी छन् । विवेक मेरो जीवन त पीडाको दहमा डुबिसक्यो चर्ुर्लुम्म तर तिमी मबाट मुक्त भएर एउटा स्वतन्त्र पंक्षी भएर बाँच्न सक । एउटा खोला भएर अनन्त-अनन्न तसम्म बग्न सक । म कोसौँ टाढा रहेर पनि सधैँ तिमी हाँसेको खबर सुन्न चाहन्छु ।
-भोजपुर
(स्रोत : मधुपर्क, चैत्र २०६३)