नेपाली लोककथा : धानको बाला

~अज्ञात~

धेरै वर्ष पहिले खेतमा धान फल्दा, धान फल्दैनथ्यो, चामल नै फल्थ्यो।

एक दिन एक जना बाहुन खेत हुँदै फर्किएका थिए। कतै श्राद्ध गराएर खाना खाएर फर्किएका उनी आली-आली हिंड्दै थिए। आलीमा हिंड्दै गर्दा उनले झुलिरहेको धान (चामल) हातमा सरर लिएर खाए। त्यसपछि धान(चामल) ले रिसाएर भन्यो, ” पण्डित बनेर अतिथी जसरि खाना खाएर अघाएर आएको मान्छेले यसरि बोट नै निमोठेर खाइस्। अब देखि चामल तिमीहरुले यत्तिकै खान पाउनेछैनौ ।”

त्यसपछि चामल बोक्रा सहित धान बनेर फल्न थाल्यो र श्राद्ध गरेर एक पटक खाना खाइसकेपछि दोस्रो पटकमा खान नहुने नियम बसालियो।

शिक्षा : मानिसमा चाहना र आकांक्षा हुन्छन्। तर चाहनाको नाममा लोभ कहिल्यै हुनु हुँदैन। आफूसंग हुँदा हुँदै पनि त्यसमा सन्तुष्ट नहुने व्यक्तिले सुख पाउन सक्दैन। उसको त्यो लोभले उसलाई मात्र होइन, ऊ वरिपरिको व्यक्तिलाई पनि हानी गर्छ।

This entry was posted in लोककथा / दन्त्यकथा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.