~श्रीराम श्रेष्ठ~
विश्वेश्वरप्रसाद कोइराला – (वि.स. १९७१ – २०१९ ) नेपाली साहित्यमा मनोविज्ञानलाई र्सवप्रथम प्रवेश गराउने अगुवा प्रयोक्ता हुन् । बि.स. १९७१ भाद्र २४ गते तदनुसार सन् १९४१ सेप्टेम्बर ८ का दिन भारतको बनारसमा बुबा कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट जन्मेका हुन् – विश्वेश्वरप्रसाद कोइराला । कृष्णप्रसाद कोइरालाकी प्रथम पत्नीको मृत्यु प्रसवकालमा भएको थियो । त्यही घटना विश्वेश्वरको आमा दिव्या कोइरालामा पनि घट्न पुग्दा शल्य चिकित्सा गर्नु परेको थियो ।
शल्यक्रिया पद्धतिद्वारा विश्वेश्वर जन्मेका थिए । यसबारे विश्वेश्वरले ‘आफ्नो कथा’ मा यसरी लेखेका छन्- ”आमाको प्रसव अत्यन्त जटिल हुन गयो र प्राण रक्षाको लागि जनकप्रसाद दाइको ढिपीले बडा आमाले तुरून्त डाक्टरी सेवा प्राप्त गर्ने अनुमति दिनुभयो । तत्काल एउटी सिपालु डाक्टरनी नआइपुगेर शल्य चिकित्साको मद्दतले त्यमाँ उद्दार कार्य नगरेको भए मैले त प्रकाश नै देख्न पाउने थिइँन, आमा पनि जीवित रहनु हुने नै थिएन् । मैले संसारमा प्रवेश गर्दा परिवारको एउटा परम्परालाई तोडें, प्रसव कोष्ठमा आधुनिक चिकित्सा विज्ञानको प्रकरणलाई पुर्याएँ” शल्यक्रियाबाट जन्मेको हुनाले व्रि्रोही स्वभाव उहाँका देखा परेको हो कि भन्ने हल्ला राजनैतिक वृत्तमा चलिरहने कुरा हो । काशीका आदिदेव महादेवको प्रसाद हो भनेर विश्वेश्वरका ठूलो बाबुले यिनको नाम विश्वेश्वरप्रसाद कोइराला राखिदिए । यही नामबाट परचित भएको व्यक्ति संसार भरी नै प्रख्यात हुन पुग्येँ । हुन त उनको न्वारनको नाम चूडामणी थियो । विश्वेश्वरलाई कसैले सानुबाबु र कसैले सानुदाजु भनेर पनि बोलाउथेँ ।
तत्कालीन राणा शासकहरूद्वारा आफ्ना पिताको र्सवस्वहरणसहित देश निकाला गरिएपछि पुख्र्यौली जन्मथलो मोरङ, अर्थात् नेपाल छाडी विश्वेश्वरका परिवार बनारस भारत बसाइँ सरेका हुन् । विश्वेश्वरले बनारसबाट नै औपचारिक शिक्षाको थालनी गरेका हुन भने हरिश्चन्द्र हाइस्कूबाट एस.एल.सी., बनारस हिन्दु विश्वविद्यालयबाट बि.सं.१९९१ मा वि.ए. उत्तीर्ण, कलकत्ता विश्वविद्यालयबाट वि.सं. १९९४ मा वि.एल. उत्तर्ीण्ा गरेका थिए । त्यस्तै, उनले अर्थशास्त्रमा एम.ए.सम्मको अपूर्ण अध्यय गरेका थिए । उनी वि.स.१९९४ तिर सुशीला दाहालसँग वैवाहिक सम्बन्धमा बाँधिएका थिए भने जसबाट तीन छोरा र एक छोरीको जन्म भएको थियो ।
साहित्यिक तथा राजनैतिक व्यक्तित्व भएका महामानव विश्वेश्वरप्रसाद कोइरालाका बारेमा सामान्य चर्चा गर्न त्यत्तिकै मात्रामा अध्ययन गर्नुपर्ने हुन्छ । उनलाई साहित्य र राजनीति दुबै पक्षमध्ये एक पक्षीय रूपमा मात्र अलग्याउन खोजिएमा बुझनलाई झन् गाह्रो पर्छ । त्यसैले विश्वेश्वरप्रसाद कोइराला भन्छन्-”वास्तवमा म आफूलाई साहित्यिक सम्झन्नँ । मेरो क्षेत्र त राजनीति हो, राजनीतिमा म यौटा अन्तप्रेरणाले उकासिएको छु भने साहित्यमा ठीक विपरित । म राजनीतिमा समाजवादी हुँ भने साहित्यमा अराजकतावादी । कला सुरक्षा चाहँदैन, स्वतन्त्रता चाहन्छ । ”विश्वेश्वरप्रसाद कोइरालाले साहित्य र राजनीतिक दुबै तिरबाट मानबीय मूल्य तथा मान्यताप्रतिको आस्थालाई विश्वास गर्दै वकालत गरिरहने व्यक्तिको रूपमा विश्व मै परिचित भइसकेका छन् । अराजकवादी साहित्यकार र प्रजातन्त्रवादी राजनीतिज्ञ भएर उठेको व्यक्तित्वको जति चर्चा गरे पनि, जति अध्ययन गरे पनि कहिले पनि टुङ्गो नलाग्ने भईसकेको छ । खोतल्नेले खोतलिरहेका छन्, दुवै पक्षको आ-आफ्नो वजन घट्नुको सट्टा बढ्दै गएको देखिन्छ । राजनीतिमा बन्दुक समात्न समेत पछि नपर्ने व्यक्तिले साहित्यमा कलम समाएर आफूलाई सजिलैसँग प्रस्तुत गरे । राजनीतिमा विश्वेश्वर काँडा हुन् भने साहित्यमा गुलाफको फूल हुन् । विशेष रूपले भन्ने हो भने मार्क्सको भौतिकवादी दर्शन र प|mायडको मनोवैज्ञानिक चिन्तनको आधारमा केन्द्रित रहेर विश्वेश्वरले कथा उपन्यास लेखे । आफ्नो व्यक्तिगत जीवनलाई विश्वेश्वरले दुइ पाटाबाट अध्ययन गर्दथे । पहिलो पाटो-शरीरभित्र सुषुप्त बीजको रूपमा रहेको आत्मा र मन । दोस्रो पाटो हो – स्थूल रूपमा इन्द्रियले देख्न सकिने मन र आत्माको खोल रूपी शरीर ।
विश्वेश्वर सानै उमेरदेखि अध्ययनशील व्यक्ति थिए, सानै उमेरदेखि भारतीय लेखकहरूका कथा र उपन्यासहरू खोजी खोजी अध्ययन गर्दथे । उनका बुवाले नेपाली भाषामा प्रकाशित साहित्यिक पत्रपत्रिकाहरू चन्द्रशमशेरमार्फ आफ्नो घरमा ल्याउँथे । त्यही पत्रपत्रिकाहरू खुब उत्सुकतापूर्वक अध्ययन गर्दथे । बाल्यकाल भारतमा बिताएका हुँदा उनको लेखनको थालनी भारतयि प्रवासबाट भएको देखिन्छ । र्सवप्रथम उनको लेखन हिन्दीभाषाबाट नै भएको हो ।
उनको ‘वमाँ’ शीर्षकमा हिन्दी भाषामा १९७८ मा ‘हंस’ पत्रिकामा कथा प्रकाशित भएको थियो । यो नै विश्वेश्वरको पहिलो रचना हो । त्यसपछि वि.सं.१९९२ मा शारदा पत्रिकामा ‘चन्द्रवदन’ कथा प्रकाशन भएपछि नेपाली भाषामा कथा लेखन प्रारम्भ भएको देखिन्छ । त्यस्तै वि.सं.१९९५ मा सूर्यविक्रम ज्ञवालीद्वारा सम्पादित कथाकुसुम नामक सङ्ग्रहमा विश्वेश्वरका तीनवटा कथाहरू समावेश छन् । भारत बसाइको क्रममा भारतीय साहित्यकारहरू शान्तिप्रिया द्विवेदी, प्रेमचन्द, मैथिलीशरण, रामकृष्ण दास, जयशङ्कर आदिको सङ्गतले नै यिनी साहित्य क्षेत्रमा होमिएका हुन् । त्यस्तै, रसियन साहित्यकारहरू टल्सटाय, एन्टन, चेखव, मेक्सिम गोर्की तथा पाश्चात्य साहित्यकारहरू सिग्मण्ड फ्रायड, अर्ल्बर्टकामूजस्ताका साहित्य लेखनको प्रभावबाट विश्वेश्वर प्रभावित थिए । उनी साहित्यमा लाग्नुको मुख्य कारण आफ्नो विचारलाई अन्ततोगत्वा टिकाई राख्नु हो भने राजनीतिमा लाग्नुको कारण राजनैतिक उतारचढावका कारण विचार टिकाउनु हो ।
विश्वेश्वरले भाषा र साहित्यका क्षेत्रमा चारवटा विधामा सशक्त रूपमा कलम चलाएका थिए । ती हुन् – कथा, कविता, उपन्यास र निबन्ध । उनका हालसम्मका कृतिहरू क्रमागत रूपमा यसरी हर्ेन सकिन्छ ः
१, दोषी चश्मा -कथासङ्ग्ह-२००६)
२, नरेन्द्र दाई -उपन्यास-२०२५)
३, तीन घुम्ती -उपन्यास-२०२६)
४, सुम्निमा -उपन्यास-२०२७)
५, मोदि आइन -उपन्यास-२०३७)
६, श्वेतभैरवी – कथासङ्ग्ह-२०३९)
७, आफ्नो कथा -आत्मकथा-२०४०)
८, हिटलर र यहुदी -उपन्यास-२०४२)
९, बुवा, आमा र छोरा -उपन्यास-२०४५)
१०, विश्वेश्वरका कविता -२०४९)
११, जेलजर्नल -२०५४)
१२, आत्मावृत्तान्त -२०५५)
विश्वेश्वर बिशेषत कथाकार नै हुन् । वि.सं. १९९२ मा शारदा पत्रिकामा चन्द्रवदन शीर्षकको कथा छपाएर आधुनिक कथाको मनोवैज्ञानिक धाराका पहिलो कथाकार बन्न सफल भए । प्रकाशित भएका कथासङ्ग्रहतर्फदोषी चश्मामा १६ वटा र श्वेत भैरवीमा ४ वटा कथाहरू समाबेश छन् । उनले आफ्नो कथामा कथाको बारेमा “जीवनका घटनाको अटूट प्रवाहबाट अजुँलीमा झिकेको जस्तो सानो प्रसङ्गयूक्त घटनाको वर्णनो – कथा, सानो अर्थ दिइएको । कथाको ओर र छोर हुँदैन, किन भने त्यो त एउटा जीवनको बृहत अनन्तव|mमबाट टिपेको सानो टुव|mा हो ।” भनी भनेका छन् ।
विश्वेश्वरले निबन्ध विधामा पनि कलम चलाएका थिए । उनले प्रेमको व्यवहार शीर्षकमा निबन्ध लेखेका थिए भने कवितातर्फबारीको कुरो, बस्टापुष्प, छोरी र छाया, एउटा सन्धी एक सम्झौता, नखिचिएको तस्वीर सुन्दर, पोखरा , बादलः गोल गोल, कोमल कोमल , वषर्ाले पोतेको दृश्य, कोशी कौशिकी, बगरको घोँचो र टाढाको कल्पना शीर्षकमा जम्मा १३ वटा गद्य कविता लेखेका छन् । उक्त कविताहरू सङ्कलन गरी हर्रि्रसाद शर्माको सम्पादनमा प्रकाशित छन् । सन् १९६४ मा रचित ‘टाढाको कल्पना’ शीर्षक कविताको अंश :
धरतीलाई बन्ध्याकरण गरेर
उसको उर्बरताको कैद गरेर
सिमेन्ट र बालुवाले रोकेको छ
यही धरतीको स्निग्धतालाई
बन्द गरेको छ
यो चार दिवारमा
धरती पनि टाढाको कल्पना
केही वर्षपहिलेको सम्झना’
उनले १५-२० वटा नेपाली अङ्गे्रजी र हिन्दी भाषमा कविता लेखे । विश्वेश्वरको रूचीको बिषय कविता नभए तापनि कवितालाई मन पराउथे । कविताको बारेमा उहाँ यसो भन्नु हुन्थ्यो “जीवनको अनन्त ज्वालाबाट टिपेको, शब्दमा बाँधिन सकेको भावको नाजुक फिलिङ्गो कविता, जसले कुनै निहित अर्थको सङ्केत हाम्रो अन्तरचेतनामा झल्काउँछ । ”
त्यसैगरी, वीपीको कृतित्व, व्यक्तित्वको बारेमा अन्य विभिन्न विद्वानहरूले हजारौंको सङ्ख्यामा लेख/रचना प्रकाशित गरेका छन् ।
वि.सं.२०३८ मा नेपाली साहित्यिक क्षेत्रमा उनले पुर्याएको योगदानको कदर गर्दै साहित्यिक पत्रकारसंघले सम्मान स्वरूप अभिन्नदन गरेको थियो ।
हेर्दा साधारण रूपमा विश्वेश्वरप्रसाद कोइराला समाजमा देखा परे । दिगो रूपमा आफूलाई उभ्याउन त्यति सजिलो छैन । नझुक्ने स्वभावका थिए विश्वेश्वर । झुकेको भए अरू नेताजस्तै फालिन्थे कि । एउटा सिङ्गो युगको प्रतिनिधित्व जसले पायो उसले गर्न सक्तैन । वी.पी. कोइरालाको नाम सुन्ने बितिक्कै शीर झुकाउनुपर्ने हुन्छ । बौद्धिक रूपमा विश्वेश्वरले देखाएको अडानको आफ्नै भूमिका छ । ठूलो हुन खोजेनन्, झुकेर वीरत्वको पर््रदर्शन गर्न चाहेनन् बन्दुक उठाए विश्वेश्वरले । जति दुःख सहनु परे पनि कम्मर कसे विश्वेश्वरले । असल मानिस बन्ने विश्वेश्वरको धोको थियो । साधारण खालका चरित्रका मानिस नभएको कारणले नै होला साधारण खाले राजनीति कहिले पनि खेलेनन् । त्यस्तै साहित्यमा पनि उनले साधारण खालका चरित्रलाई महत्व नदिएर विशेष खालको चरित्रलाई समाजको अगाडि उभ्याइदिए । राजनीतिमा जति चर्चित छन्, उत्तिनै साहित्यमा पनि चर्चित हुनु कम कुरा होइन । नेपाली पृष्ठभूमिका आफ्नै खाले दर्शनिकको रूपमा पनि हेर्नेले हेर्ने नै छन्-विश्वेश्वरप्रसाद कोइरालालाई ।
विश्वेश्वरको साहित्यिक व्यक्तित्वलाई लिएर कतिले विद्यावारिधि उपाधि प्राप्त गरिसकेका छन् । विश्वविद्यालयका स्नातक र स्नातकत्तोर तहमा समेत उनको आख्यानकारिताको गहन पठनपाठन हुँदै आएको छ । तर्सथ, उहाँले साहित्य फाटँमा छाडेका रचना/कृति कालजयी छन् भावी पुस्ताका लागि प्रेरणाको स्रोत बनेका छन् भने उनले राजनीतिक क्षेत्रमा प्रतिपादन गरेका समाजवादी दर्शनको बाटोमा सम्पूर्ण नेपाल र नेपालीहरू उन्मुख हुनुपर्ने टड्कारो आवश्यकता देखिएको छ ।
अन्ततः वि.सं. २०३९ साउन ६ गते साँझ क्यान्सर रोगबाट पीडित विश्वेश्वरप्रसाद कोइरालाको मृत्यु भयो । उहाँको शवयात्रामा बिशाल मान्छेहरूको उपस्थिति थियो । नेपाली जनताहरूका आँखाबाट आँसुका थोपा बरबरी झरेका थिए । यो नै विश्वेश्वरप्रसाद कोइरालाप्रति ठूलो सम्मान थियो ।
बट्टार, नुवाकोट ।
nlf_nepal@yahoo.com