~कृष्ण राजभण्डारी ~
तिम्रो लागि सजाको छु
छाती भित्र कोमल दिल,
बस्न सक्छौ चाहे जति,
लिनुपर्दैन कुनै पिर ।
म बाचेंको तिम्रै आसले,
दुखपर्दा साथ देऊ ?
जे जे परे म सहुला
केवल तिम्ले माया देऊ ?
मनै न हो,
हासिं वोल्दा आश लाग्छ ।
थाहा छैन किन हो ?
भरोषा छ तिमी प्रति
शरण मागे तिमी सामु
गर्न सक्छौ जाने जति ।