~रन्जन पौडेल~
आकाशको जुनमा तिमीलाई देखेपछि
धरतिको धुनमा तिम्रो स्वर सुनेपछि ।।
सभ्यताको संसारमा डुल्ने मन थियो
संसारको हाल बुझे तिमीलाई देखेपछि ।।
गजलहरू लेख्नलाई सिक्ने मन थियो
पिडाहरू पोख्नथाले तिमीलाई भेटेपछि ।।
प्रेममा पनि भ्रम हुन्छ भन्ने थाहा पाउँदा
तिम्रो आनि बानि बुझे तिमीलाई देखेपछि ।।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )