~चेतन कार्की~
बुझ्नै सकिनौ तिमीले आँखाको भाका मेरो
हजार अर्थ अरूले लाएर के गरु
बुझ्नै सकिनौ तिमीले
मुटु मुटुमा गीत बनी भरिन सक्छु म
अधर अधरमा प्रीत बनी छरिन सक्छु म
दोहोर्याइनौ तिमीले मेरो गीत भने सारा
संसारले मिलेर गाएर के गरौँ
बुझ्नै सकिनौ तिमीले
सेतो कागज जस्तो निरस यो जिन्दगीलाई
लाचार कामनाले विवश जिन्दगीलाई
मुस्कानका इसारा तिमीले दिन सकेनौ भने
संसारको सहारा पाएर के गरु
बुझ्नै सकिनौ तिमीले ….. ….
शब्द : चेतन कार्की
स्वर : नारायण गोपाल
सङ्गीत : भि. बलसारा