कविता : सूर्य विनाकी शशि

~किरण सिटौला~

मृत्यु पछिको स्वर्ग कस्ले देखेको छ र यहाँ ?
जिउँदै भगवान कस्ले पाएको छ र यहाँ ?
मैले पाप गरेहोला
मृत्यु पछिको सजाय भोग्ने साक्षी को छ र यहाँ ?

म कसरी विश्वास गरुँ ?
यमराजको त्यो लेखा जोखाको किताबमा
जस्ले हाम्रो पुनः मीलनको ठेक्का लिएको छ र यहाँ ?
म कसरी आलिँगन बनुँ ?
पथ्थरमा पुजिएका मेरा आराध्यमा
जस्ले न्यायको वरदान दिन्छ र यहाँ ?

म लाचार बन्न पुग्छु
म भक्कानिएर रुन्छु चिच्याउँछु
सायद मेरा चित्कारले संसार गुञ्जयमान बन्दैछ यहाँ ।
म यही जुनिमा आवरण गर्न चाहन्थे तिमीलाई
सायद त्यो गन्तव्य झन टाढा बन्दैछ यहा ।

यात्रा छोटो या लामो म हिंड्न छोड्दिन यहाँ
प्रेम सही या गलत म जल्ल छोड्दिन यहाँ ।
म केवल देख्दैछु संगमको सुनौलो धरातल
म केवल देख्दैछु मिलन सिन्धुमा रहेको पल ।

यदी पानी उभो बहन सम्भव भए
यदी जल विनाको जीवन बाँचिदनिे भए
यदी तेल विनाको बाती झलझलि बलिदिने भए
फेरी पाउला है तिमीलाई
यदी सिला विनाकी बिन्दु बाचिदिने भए ।
यदी सूर्य विनाकी शशि उदाउने भए ।

किरण सिटौला (प्रेम उपन्यास : बिन्दु) वाट

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.