~विशाल सर्घाईँ~
इच्छा त थियो अनेकौँ
सम्झेर बिर्सिदिँदै छु अचेल
खुट्टाले कुल्चेको माटो हेर्दै
भरे – भोलिको भूकम्पले
तहस नहस पार्ने हो कि ?
बर्खा यामको पैह्रोले थिचिदिने पो हो कि?
बस्, यस्तै यस्तै विचारहरू
आउँछन् अचेल इच्छाहरूको सट्टा।
चाह थियो घरदेखि दूर बसेकाहरूलाई
घरको भान्साभित्रै छिर्याउने
भारमा राखिएको उत्तिस र सकुवा देख्छु
अनि चर्किएको चुम्का काला काला
मन फुटेर आउँछ
खोक्रिएको खहरे खोला झैँ।
सपना नि घुसाएकै थिए जीवन सूचीभित्र
पुरानो सङ्ग्रहालयको झ्यालनेर काँच फुटे झैँ
टुक्रा टुक्रा भई हत्केलामा ठेस लागेर
अर्थविहिन बनेको सूचीसँगै
सपनालाई नि तर्पण चढ़ाएं।
सर्घाईँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )