~पुष्पलता आचार्य~
संयोगवश बरण्डाको झ्यालमा हावाले फर्फराइरहेको सेतो पर्दा उघारेर बाहिर सडकतिर हेर्न पुगेछु । मेरा आँखा आफ्नै कम्पाउण्डको गेटमा पुगेर अडिन्छन् । एक तमासको दृश्य र दृष्टिमा केन्दित हुन पुग्छु । बिर्सिसकेको एउटा अनुहार धेरै लामो अन्तरालपछि मेरो अगाडि प्रस्तुत हुन्छ । लाग्छ कहीँ सपना त हैन ?
बिहानको करिब १० बजिरहेको छ । उनी गेटबाटभित्र छिरु कि नछिरु ? को दोसाँधमा उभिरहेकी देखिन्छिन् । मैले उनलाई देख्नासाथ दिल खोलेर मुस्कुराईदिन्छु र बोलाउँछुख-भित्रै आउन । उनी संकोच मानेझैं गरी विस्तारै पाइला गेटभित्र छिराउँछिन् र गेट बन्द गरी सरासर आउन थाल्छिन् । म हत्तपत्त कमिजको टाँक लगाउँदै तल चेनगेट खोल्न ओर्लिन्छु । उनी लजाउँदै आउँछिन् । म चेनगेटको चाबी खोलेर उनीतिर लक्ष्यित हुन्छु । उनलाई भित्र बोलाएर चेनगेट बन्द गर्छु । उनी मलाई हेरेर आँखा रसिला बनाउँछिन् र आफ्नो शिर निहुरयाएर मेरो गोडातिर लक्षित हुन्छिन् । म उनलाई गम्लंग अंगालो मार्न पुग्छु । उनी मेरो छातीमा टाँसिन्छिन् केहीबेर । म उनको केश मुसारेर आफ्नो छातीभित्रको धड्कनलाई केही कम पार्ने प्रयत्न गर्छु । हाम्रो यो क्रिया तल भरयाड०कै खुट्किलामा चलिरहेको हुन्छ । म झल्यास्स हुन्छु र उनलाई डोरयाएर माथिसम्म ल्याउँछु । पहिला सोध्छु,-खाना खायौं ? उनले लजाउँदै विस्तारै भनिन्ख-खाएँ । म उनलाई अंगालो मार्दै बेडरुमतर्फ लैजान्छु । उनी संकोच मान्दै मसँगै कोठाभित्र पस्छिन् ।
त्यसबेला घरमा म एक्लै थिएँ । भाइ स्कूल गएको थियो । बहिनी पनि कामले बाहिर गएकी थिइन् । आमा गाउँबाट फर्कनु भएको थिएन । धेरै समयपछिको भेट ं निकै हर्षोल्लासपूर्ण वातावरणमा परिणत हुन्छ । म उनलाई भेटेकोमा निकै प्रफुल्ल हुन्छु भने उनी त झन् हर्षले गद्गद हुन्छिन् । धेरै खुशी भएर होला अथवा धेरै समयसम्म नभेटेर आत्तिएकोले होला उनी यस मिलनमा गहका आँसु तपतप गालामा खसाल्छिन् । म उनका आँसु हेर्न सक्तिनँ, सम्झाउन थाल्छु । उनको अनुहारख-पहेलो देख्दा मन कटक्क कुडिएर आउँछ अनि सोध्न थाल्छु-तिमी विरामी परयौ कि क्या हो ? किन यसरी दुब्लाएको ?
उनी भन्छिन्, -म अभागीको के कुरा गर्नु ? अस्ती भर्खर पनि त अस्पताल बसेर आएकी हुँ । पहिला पनि बिरामी नै थिएँ । अस्ती भर्खर त म बेहोस् भएछु र सिनामंगल नर्सिड० होममा पुरयाए छन् । एकरात बसेर घरमा आएँ । अहिलेसम्म जिउ गलेको गल्यै छ ।
उनको त्यो दुब्लो पातलो शरीर, पँहेलो रगत बिनाको अनुहार देख्दा मेरो मन नपग्लिने त कुरै भएन । उनको त्यो टीठलाग्दो अनुहार देख्दा म टोल्हाउन पुग्छु । उनको र मेरो पहिलाको हिमचिम र भेटघाटका रमणीय क्षणहरु आज सम्झना मात्र बनेर रहेका छन् ….।
यही बेडरुमबाट हामो भेट सुरु भएको थियो । अकस्मात् उनी मेरो सम्पर्कमा आएकी थिइन् । पहिलो भेटमै हाम्रो वार्तालाप यही बेडरुमबाटै सुरु भएको थियो । त्यसपछि उनी मेरो घरमा अर्थात् मेरो यस बेडमा हप्तामा धेरैजसो दुई पटक र कम्तिमा एक पटक त जसरी भएपनि उपस्थित हुुन्थिन् । त्यस्तो भेटको समय हाम्रो कम्तिमा एक डेढ घण्टाको हुने गथ्र्यो । उनी मेरो गेटबाट भित्रिनासाथ म रोमान्चित हुँदै क्रमशः कपडाहरु कुनै फुकाल्न थाल्थे त कुनै खुकुला पार्न थाल्थे । पहिला भन्थँे, -तिमीलाई भोक लागेको छ होला, खाजा छ खाउ । उनी-लागेको छैन, भर्खरै मात्रै खाएर आएकी, पछि खाउँला नि भन्थिन् । म पनि सोच्थेँ-जानेबेलासम्म भोकाउलिन्, ख्वाएर पठाउनु पर्ला ।आखिर एक डेढ घण्टा त मेरो बेडरुममा यिनलाई बस्नैपर्छ । भैहाल्यो भन्ठान्थेँ र सानी बहिनीलाई कोही आयो भने -छैन भनिदे अथवा एक डेढ घण्टापछि मात्र आउनु अहिले व्यस्त होइबक्सन्छ, भेट्न मिल्दैन भनिदे भन्थेँ र हामी दुईजना कोठाभित्र छिरेर ढोकाको छिस्किनी लगाउँथ्यौं । मेरो पली्ग अति नै लच्केर कराउने हुँदा पली्ग मूनि एउटा सानो डस्ना ओछ्याएर सानो तकिया पनि उनैले राख्ने गर्थिन् । सानो र पातलो डस्ना चिटिक्कको फुच्चे तकियामा नै हामी एक डेढ घण्टाको रमाइलो वातावरणमा आफ्नो जीवनको सौभाग्य ठान्दथ्यौं ।
उनलाई मेरो पुष्ट शरीर, मेरो लामो बढेको कपाल अति मन पर्छ भन्थिन् । कोठाभित्र छिरेपछि कहिले काहीँ क्यासेटमा बजेका गीतका धुनहरुमा टोल्हाउन पुग्थिन् भने कहिले खितिती गरेर हाँस्थिन् । मेरो शरीर मुसार्ने क्रममा कैयन पटक कानमा कपालमा तेलले माजी दिन्थिन् । मलाई -हजुर नदुब्लाउनु ल ? यस्तै शरीर राम्रो लाग्छ, भन्थिन् । उनको स्वर पनि मिठो र सुरिलो थियो । यस्तै क्रममा कहिले काहीँ गीत पनि सुनाउँथिन् । हप्तामा प्रायः दुई पटक हाम्रो भेट हुन्थ्यो । उनी आउन एक दुई दिन ढिलो हुँदा मलाई एक किसिमको छटपटी नै हुन्थ्यो । सोच्थेँख-किन आएनन् ? विरामी पो परिन् कि ? या कतै कसैकोमा…? अहँ यो हुन सक्दैन उनी कहीँ कसैकोमा जान सक्तिनन् । मैले पनि धेरै माया र सुविधा दिदा दिदै उनी अरुसँग कसरी जान सक्छिन् ? नभन्दै भोलिपल्ट उनी टुप्लुक्क म कहाँ आइपुग्थिन् । मैलेख-हिजो किन नआएकी ? भनेर कहिले थर्काउँथे त कहिले घुक्र्याउँथे । उनी मैले हकारेको सहन सक्तिनन् र गहभरि आँसु पारेर पिलपिल गर्दै भन्न थाल्थिन्ख-हिजो गाउँबाट पाहुना आइदिएर हिड्ने बेलामा बोर गरी दिए आउनै सकिनँ । कहिले हिजो रिगटा लागेर भाउन्न होलाझै भयो । उठ्नै सकिनँ, त्यसैले… ।
मलाई उनको जवाफ सुनेर साह्रै माया लागेर आउँथ्यो र सम्झन्थेँ-हुन पनि हो, किन रिंगटा नलागोस् बिचरा । हप्ताको दुई दिन त उनको शरीर यही दलिएर थिलथिलो भैसकेको हुन्छ । मलाई पनि आदत लागिसक्यो -भैगो नि त नआऊ भन्न पनि सक्तिनँ । बरु दिनदिनै आइदिए पनि हुन्थ्योझै लाग्छ । यो शरीरलाई जसो गरे पनि सन्तुष्टि मिल्न सक्दैन । जति सुविधा पायो, त्यति बढी खोज्छ । -आँखा लोभी मन पापी, बुझ्दैन मेरो मन भनेजस्तो । लोभै मात्र लाग्ने । हप्तामा एकदिन मात्र बोलाए पनि त हुन्थ्यो मैले । किन त्यसो भन्न सक्तिनँ ? अझ मनमनै सोच्न थाल्छु-भोलीदेखि दिनदिनै आउ भनौ कि । अझ भनेर हुने भए त घरमै राख्न पाए हुने, जतिखेर……ं
कहिलेकाहीँ बेडरुममा निस्केर खाजा खाइवरी उनलाई अगाडि सिटमा राखेर आफैले डीइभ गरेको सेतो कार टाढाटाढा लगेर घुम्न निस्कन्छु । उनी मेरो कारमा मसँग साथमा बसी मीठामीठा गफ गर्दै टाढाटाढा घुम्न अति रहर गर्थिन् । कहिलेकाहीँ लाग्छ, -आफ्नो मात्र रहर पुरयाएर कहाँ हुन्छ र ? उनको रहरलाई पनि मैले बुझिदिनुपर्छ । त्यसैले उनलाई लिएर घुम्न जाने गर्छु । कहिले नयाँ सडकतिर घुमाएर रेष्टुरेण्टमा रसवरी र लालमन टन्न अघाउने गरी ख्वाइदिन्छु । उनी शाकाहारी थिइन् र सोच्न थाल्छु, -कमसेकम मेरो सेवाले थाकेर हर्हराएको आँत आज यस रसवरी र लालमनको डल्लाको रसले रसायो होला । उनको आत्माले पनि मलाई आशीर्वाद नै दियो होला । फर्कने बेलामा हातभरि राता चुरा र कपालमा बाँध्ने रंगीचंगी किलिपखकाटाहरु किनेर उनको हातमा राखि दिंदा उनी खुशीले त्यो झुसिलोखफुस्रो अनुहार पनि उज्यालो पारेर मुस्कराउँछिन्, लजाउँछिन् र मस्किन्छिन् । उनका हातका ती राता चुराहरु कति पटक त मेरा ओछ्यानभरि छरिएका हुन्छन् । कहिलेकाहीँ बाटोमा यसै भेट्दा -ल आऊ भनि पसलमा बोलाएर लगि -ल रोज एउटा ब्लाउज भनि किनेर छोडिदिन्थेँ । सिलाएर लगाएर आउ, मलाई देखाउनु ल ? भन्थेँ । उनी खुशी हुन्थिन् । कहिले चप्पल, कहिले ओढ्ने सल किनि दिन्थेँ । स्टील दराज पनि किनेकी थिइन् क्यारे । -कानमा झुम्का बनाउन दिएकी थिएँ, लिनलाई पैसा पुगेको छैन भन्थिन् । मैले थपि दिन्थेँ र लगाएर आउथिन् । राम्रो लाग्थ्यो । उनको अनुहार त्यस झुम्काले झन् धपक्क बलेझै लाग्दथ्यो । हरेक पटक कोठामा निस्कने बेलामा मेरा गोडा छुने गर्थिन् ।
एक पटकको तीजमा एकजोर लुगा सहित एउटा रातो पत्थर जडेको सानो हावादारी औठी पनि हालिदिएको थिएँ । अप्रत्यासित रुपमा लुगासहित त्यो औंठी पाउँदा उनी खुशीले खुट्टा उचालेकी थिइन् । मलाई पनि उनको त्यो खुशीले मनमा सन्तुष्टि मिलेको थियो । त्यस वर्षको तीज उनले राम्ररी हाँसेर मनाइन् । टोलका दिदी बहिनीहरुलाई कपडा र औठी देखाएर शिर ठाडो पारेर हिडेकी थिइन् । बेडमा मेरो क्रियाको समय उनले हत्तपत्त औंठी खोलेर सिरानीमा घुसार्थिन् । किनकी त्यस औठीको बुट्टाले मेरो शरीरमा चिर्थोला भन्ने उनको अर्कै पीर हुन्थ्यो । म पनि त्यसबेला उनले त्यो औठी फुकालेर सिरानीमूनि राखेकै राम्रो लाग्थ्यो । उनको हातमा टम्म परेका राता चुराहरु कहिलेकाहीँ झरम्म फुट्दा मलाई पनि त्यति राम्रो लाग्दैनथ्यो । भोलिपल्टै गएर राम्रा चुरा ल्याइदिने गर्दथेँ । उनी पनि नयाँ चुराको प्राप्तिमा पुराना फुटेका चुरा भुल्ने गर्दथिन् । उनका सौभाग्यका समानहरु सबै मैले नै पुरयाइदिने गर्थेँ सधै । कहिले मधिशेले डुलाउँदै ल्याएको ओढ्ने सल घरको आँगनमै किनेर ओढाइदिन्थे र आफूले किनिदिएका सौग्दर्य सामानले सजिएर उनी जब मेरो कोठामा पस्थिन् अनि मेरो मन त्यसै फुरुी्ग हुने गर्दथ्यो । कहिले म उनका हातका ती टम्म चुराहरु खेलाउँथे त कहिले उनको निधारमा बाँगिएको टीकालाई सोझ्याएर मिलाइदिन्थेँ । मेरो यस प्रक्रियामा उनी मख्ख पर्नु त स्वाभाविकै थियो ।
कहिलेकाहीँ उनी घरमा जानुपर्ने हुन्थ्यो । उनी जाँदा उनको हातमा २-४ सय रुपियाँ हालिदिएर भन्थेँ, -तुरुन्त फर्क है, धेरै नबस्नु ल, मलाई गाह्रो पर्छ । उनी हाँस्दै भन्थिन्,ख-पर्सी त आइहाल्छु नि, मलाई पनि त कहाँ गाउँमा बस्न मन लाग्छ र, कहिले आउँ र हजुरलाई भेटौं झै हुन्छ । उनको कुराले म विश्वस्त हुन्थेँ कि उनी छिट्टै नै फर्कन्छिन् भनी । नभन्दै उनी २-३ दिनमै गाउँमा पाइने मीठा मीठा कोसेली लिएर आइपुग्थिन् र आफ्नै हातले खुवाइदिन्थिन् । म उनले माया गरेर ल्याएको त्यो गाउँले कोशेली पकापक खाइदिन्थेँ । उनी मैले त्यसरी खाएको हेरेर सन्तुष्ट हुन्थिन् । कति पटक त उनले मलाई आफ्नो डेरामा बोलाउँथिन् तर म भने उनको डेरामा जान त्यति मन गर्दिन थिएँ । अति नै कर गरेपछि कहिलेकाहीँ यसो पसेर उनको इच्छा पूरा गरिदिन्थेँ । तर ५-७ मिनेटभन्दा कहिल्यै बस्दिन थिएँ । उनलाई म डेरामा उनको डेरामा जाँदा इज्जत बढ्ने ठूलो विश्वास हुन्थ्यो । उनको डेरामा जाँदा बाहिर सडकमा किनारा लगाएर राखेको मेरो गाडी अथवा मोटरसाइकल देखेर उनका छिमेकीले अन्दाज लगाउँथे कि आज यिनको मान्छे यहाँ आए छन् भनेर । आँखा तानी तानी डेराको ढोकाबाट हेर्दथे मलाई । उनीहरु पानी भर्न निहुँ गरेर हुन्छ कि बाथरुम जाने निहँु गरेर हुन्छ कोरिडोरमा ओहोरदोहोर गरिरहन्थे मलाई राम्ररी नहेरुन्जेल । हुन पनि तिनका आपसका डेरावाल छिमेकीहरु मलाई अति नै आँखा लगाउने, मन पराएर लोभिएरै हेर्ने गर्दथे । एक बचन बोल्न पाए अथवा मुसुक्क हाँस्न मात्र पाए पनि गति परिन्थ्यो झै गर्दथे । हुन त मेरा चाल ढाल र रवाफ देखेर पनि होला । मेरो हृष्टपुष्ट शरीर, सेतो विदेशी टीसर्टमा कालो टाइटफिटिी जिन्स पेन्ट, सेता स्पोर्ट जुत्ता र शिरमा आकर्षक क्याप र कालो गगल्समा जो कोही महिला पनि भुतुक्क हुने गर्दथे । कतिपय मेरा फ्यानहरु मलाई भेट्दा मैले गम्लंग अँगालो मारोस् भन्ने चहान्थे । तर कुनै पनि हित्तचित्त नमिलेकी महिला जतिसुकै राम्री भए तापनि मेरो मनले हत्तपत्त खान्थेन । जो कोही आइमाइको संगत पनि मैले त्यति गरिनँ । मलाई रिझाउन खोज्ने आइमाइको कमी पनि थिएन । एकैछिन बसेर निस्कँदा, मैले गाडी स्टार्ट गरेर हिंड्दा त्यहाँ कोठाभित्र छट्पटिएर बसेका महिलाहरुसबै बाहिर निस्की आँखा तानीतानी हेर्दथे । मलाई छोड्न गाडीसम्म आएकी उनी सबैको सामु छाती फुलाएर फर्कन्थिन् । सबैजना उनको भाग्य देखेर लोभिन्थे । हरेक चाडपर्वमा म गाडीमा उनको डेराको बाटो हुँदै हिड्दा खाने सामग्रीहरु किनेर पोकाका पोका लगी छोडिदिन्थे । उनलाई नभेट्दा छिमेकीको हातमा -दिनु है भनेर छोडिदिंदा उनीहरु मनभित्र इष्र्या गर्दैछन् भने आभाष पनि मलाई कहिलेकाहीँ हुने गर्दथ्यो । कहिलेकाहीँ मलाई उनको डेरामा खानाखान ज्यादै रहर गरी बोलाउने हिम्मत गर्दथिन् । तर यस कुरामा म मन्जुर हुन सक्तिनथेँ । उनले ज्यादै कर गर्दा पनि म मन्जुर नभएको पीडामा गहभरि आँसु जमाउँदै भन्थिन्ख-किन आइबक्सन्थ्यो हजुर म जस्ती गरीब कहाँ । म उनलाई सुम्सुम्याउँदै फकाउन थाल्दथे- त्यसो हैन लाटी, आउला नि पछि, अहिले फुर्सद नभएरै हो क्या । म कति व्यस्त छु तिमीलाई थाहा छदै छ हेर, तिमीसँंग एक घण्टा बस्न पनि मलाई समयको कमीले गर्दा धौखधौ नै पर्छ । कामको व्यस्तता, व्यवहारको टेन्सनले ज्यादै थकान महशुस हुन्छ । जब तिमीलाई हप्तामा दुई दिन भेटेर एक डेढ घण्टा जति बस्ने गर्छु तब तिम्रा ती नरम सुकोमल हातहरु ले मेरो शरीर सुमसुम्याई माया गछ्र्यौं, तिम्रो सेवा सुसारले मेरो सम्पूर्ण थकान मेटिएझै लाग्छ । ओइलाएको फुलले पानी पाएझै लाग्छ । तिमीसँगको एक डेढ घण्टा लामो बसाइपछि म कोठाबाट हलुका शरीर लिएर काममा निस्कने गर्छु र केही दिनसम्म स्फुर्ती मन लिएर आफ्नो काममा लाग्छु । जब तिमी समयमा आउँदिनौ अनि मेरो दिमाग भारी हुन थाल्छ ।
मेरो कुरा सुनेर उनी ज्यादै खुशी हुन्थिन् । म अझै थप्न थाल्छु,-म तिमीलाई वास्तवमा धेरै-धेरै माया गर्छु । सायद मैले जति माया तिमीलाई कसैले गर्दैन होला । उनी भन्छिन् ख-मलाई थाहा छ हजुरले भन्नै पर्दैन । म सबै कुरा बुझ्छु । मेरो त भगवान् भने पनि हजुर नै एउटा हो । हजुरलाई भगवान्ले जुराई दिएको हो । मेरो भाग्यले मलाई हजुर जस्तो मान्छेको सम्पर्कमा ल्याइपुरयायो । नत्र भने मैले यतिबेला कसका जुठा भाँडा माझेर बस्नु पर्दथ्यो होला । आज हजुरको सहयोग र यो मीठो मायाले त मेरो जीवन खुशीले दंग छ । कसैको अगाडि झुकेर हिड्नु परेको छैन मलाई । राम्रै लगाएकी छु । मीठो खाएकी छु । नत्रभने यो दुष्ट संसारमा मलाई कस्ले माया गरेर राख्थ्यो र ? फेरि भन्छु,-तिमीले पनि त मलाई कम माया दिएकी छैनौं नि, मेरा सम्पूर्ण लुगा धोइदिने, मेरो शरीरमा तेल लगाइदिने, मलाई हरबखत मुसारीरहने तिमी नै त हौं । तिम्रो स्याहार-सुसारले हेर त म कति खुशी छु, चंगा छु । आज तिमी नभइदिएकी भए म कामले थाकेर गलित शरीर लिइ कति दिन ओछ्यानमै आराम गरी सुत्नुपथ्र्यो होला, बाहिर कतै जानु पथ्र्याै होला । तर आज तिमी भएर मेरो त्यो अल्छिपना र भारीपना कहाँ भाग्यो थाहा छैन । बरु स्वस्थ्य र स्फर्त मन लिएर दोडधुप गर्न सक्षम भएकी छु । त्यसैले मलाई पनि तिम्रो खाँचो छ ।
उनी आँखाभरि आँशु पारेर भन्थिन् -धरोधर्म म त हजुरको अनुहार हेरेर, हजुरको सेवा गरेर बस्न पाए मलाई पुग्छ । कहिल्यै मलाई नछोड्नू ल । म हप्तैपिच्छे आउछु, बरु भनिबक्सिन्छ भने दिनै पनि आउछु । तर, मेरो घरमा नआइज चाहीँ नभनिबक्सेला नत्र म रोइदिन्छु ।
उनका यी अवरुद्ध गलाबाट निस्केका वाणीहरुलाई कदर गर्दै म सम्झाउँथँे, -पीर नगर । म त्यसो भन्दिनँ, सधै आइरहनू । मलाई पनि तिम्रो खाँचो छ ।
उनी कमजोर होलिन्, सन्चो नभएर ढल्लिन् भन्ने पीरले म कहिलेकाहीँ पोष्टिक खानेकुरा उनको हातमा राखिदिन्थेँ र कहिलेकाहीँ २-४ पैसो यसो फलफुल किनेर खानू । शरीरको ख्याल गर्नुपर्छ । जीवनको महत्व ठूलो छ । जीवनभन्दा ठूलो पैसा हैन । त्यसैले लोभ नगर । रुचेको खाउ, बरु नपुगे मसँग आएर भन । मसँग लाज मान्नु पर्दैन । यहाँ नभनेर कहाँ गइ भन्छ्यौं ? भन्ने गर्थेँ । मैले दिएको मायामा उनी आभारी थिइन् र सन्तुष्ट पनि । म पनि उनको सेवाबाट सन्तुष्ट थिएँ ।
समयको बहावसँंगै म बगे । काम विशेषले गर्दा म विदेश जानुपर्ने भयो । म विदेश जाने कुरा सुनेर उनी निकै रोएकी थिइन् । म त चहान्थेँ उनलाई थाहै नदिई निस्कूँ । किनकि उनलाई सम्झाउने साहस ममा थिएन । तर कहाँबाट कु्रा फुस्कियो उनले चाल पाइन् । ज्यादै रोएकी थिइन् । म छिट्टै फर्कन्छु भनेर गएकी थिएँ । आज ठयाक्कै दुई वर्षपछि उनको र मेरो भेट भयो । बीचमा एकपटक आएर फर्किन्छन् । मैले दिएको सुनको औठी धारामा छोडेर हरायो भनेर रुदै हिड्थिन् रे टोलमा । रित्तो औला देखेर झलक्क त्यो कुरा सम्झे मैले । मलाई भेटेर मेरो गोडा छोइन् । धन्य छन् उनी अझै मलाई भुल्न सकेकी रहिनछन् । अब फेरि हप्ताको दुई दिन जसरी पनि आउँछु भनेर गएकी छिन् ।
काठमाडौं, नेपाल ।
-2008-06-21
(स्रोत : Freenepal)