गजल : संसारमा कुनै कदर हुँदैन

~मैथिल सुमन~

स्वभिमानीको यो संसारमा कुनै कदर हुँदैन
मित्र! भ्रष्टाचारीहरूका नि:स्वार्थी नजर हुँदैन

तपाईंले गरेका मिहिनेत र समयको लगानीको
अरुले उचित मुल्याङ्कन गर्ने कुनै पहर हुँदैन

तपाईंका योग्दान र बलिदान ओझेलमा पर्छन,मित्र!
किनकि,यहाँ खूबीको चर्चा गर्ने कसैको रहर हुँदैन

ढाकछोप गरी विभिन्न लाञ्छना लगाइन्छ तपाईँलाई,
तर साक्षी बिना तपाईंका न्यायोचित कुरा सदर हुँदैन

स्वार्थी र भ्रष्टाचारीको अखाडामा नपरु भन्छ ‘हृदय’
तर, मित्र! स्वार्थी र भ्रष्टाचारी मुक्त कुनै शहर हुँदैन

-हृदय नारायण यादव(मैथिल सुमन)
धनगढीमाई-१०,श्यामपुर(सिरहा)
अध्यक्ष
मिथिला स्टूडेण्ट यूनियन नेपाल
लहान-७,सिरहा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.