कथा : जालो

~डा गोमा देवी शर्मा~

धनमायाले बल्ल-तल्ल आफ्नो लोग्नेको तेह्र दिने क्रियाकर्म सकी । एकातिर सम्झँदा उसलाई असीम सन्तोष लाग्छ भने अर्कातिर चार-चारजना छोराछोरीको विकराल भविष्य देख्दा उसको मुटु काप्छ । पतिको परलोक सुधार्ने क्रममा उसको इहलोक स्वाहा भएको उसलाई पत्तै भएन । अदृश्य आत्मालाई काल्पनिक र्स्वर्गको आनन्द दिने क्रममा आँखाअघिका चार-चारवटा आत्माको जीवन डढेको थाहै भएन ।

मनबहादुर, धनमायाको लोग्ने, सोझो, मिहिनेत, मजदूरी गरेरै भए पनि आफ्नो परिवार पाल्दै थियो । चार छोराछोरी र घर जहान । पैसा नकमाए पनि खान लाउन कमी थिएन । परिवारको गाढी सम्यमित रुपमा चल्दैथियो तर दैबको लीला कसले बुझने ! सेना र उग्रवादीहरूको हानाहान पर्दा बीचमा परेछ बिचरो, चुराचाँदपुरको घनघोर जङ्गलमा । दुईवटा गोलीले जङ्गलमा घास काट्दै गरेको मनबहादुरलाई आफ्नो निशाना बनाएछन । अरुपनि परे दुर्घटनामा, तर त्यस विपत्तिमा कसले कसको गणना गर्ने ?

धनमायामाथि बज्रपात पर्यो । अरू घाइतेहरूकासाथ मनबहादुरलाई पनि अस्पताल पुर्यापइयो । माइतीले दिएको एक तोलाभरको माडवारी बन्दक राखेर उसले आफ्नो लोग्नेको अपरेशनका निम्ति पैसा जोड्ने अठोट गरी । ऊ एकाबिहानै आफ्नो दुखेसो महानन्द पण्डितजीकहाँ पोख्न पुगी ।

पण्डितजीले माडवारी हातमा लिएर तौलेभै गर्दै भने – “दुई पटक ढाल परेको सुन, त्यति राम्रो छैन, तर धर्म-अइनले परेका घरी गरीबको मदत गर्नु भन्छ ….. अहिले भाउ पनि त्यति छैन ….”

धनमायाले गुरुजीका वचन बीचैमा काट्दै भनी – “आठहजार छ अरे, दया गरेर मलाई त्यही हिसाब दिनुहोस् ।”

“तिम्रा कुरा त ठकिै हुन् तर, माल ‘सेकेण्ड हेण्ड’ परेको हुँदा चार हजार लैजाऊ ।” धनमायाको उत्तरको प्रतीक्षै नगरी गुरुजीले खल्तीबाट झिकेर पाँच-पाँच सयका नोट चार हजार गनी दिए ।

उसको विवाद गर्ने समय थिएन, त्यही पनि दैबले जुराएको सम्झी, रुमालमा पोको पारेर अस्पतालतिर लागी । यता पण्डितजीले आज विहान-विहानै लक्ष्मीमाता खुशी भएको कुरा आफ्नी सहधर्मिणीलाई सुनाए ।

मनबहादुरको अपरेशन भयो । छातीको गोली निकालियो । दुईवटा अपरेशन एकैचोटी हुँदा ज्यानको खतरा हुने डरले डाक्टरहरूले पेटको अपरेशन तीन दिन पछाडि गर्ने सल्लाह दिए ।

धनमाया सोझी भए पनि हिम्मतीली । उसको अर्को अपरेशनका निम्ति आफ्नो माइतीले दिएको नौगेडी बन्दक राखी पैसाको बन्दोबस्त गर्ने निर्ण्र्ाागरी । भोलिपल्ट महानन्द गुरुजीले डेढतोलाको नौगेडी पाँचहजारमा राखिदिएर ऊमाथि ठूलो उपकार गर्नुभयो ।

अपरेशन भयो, सफलताको कुरा डाक्टरहरूले जनाए । दुई दिन, तीन दिन गर्दै दस दिन बिते, मनबहादुरको होश फर्केन । सहरको बर्साई, चर्को महँगाई । औषधि, धर्मशालाको खान-पीनको प्रबन्ध, डाक्टरी आदेश – “एक्सरे करना हैँ, इ.सी.जी. करना है, सीटी स्क्यान ……” अन्य कति हो कति, मानौ प्रत्येक पल प्रत्येक बोली पैसा मै निवास गर्छ ।

दुई महिना बिते, तर मनेको होश फर्केन । हल गोरु गए, खेती गयो । धनमायाले हिम्मत हारिन । ऊ गर्दा हुनेसम्म गर्दै गई, तर डाक्टरहरू पनि बिकाउ हुँदारहेछन् । जेब भरिदिए रोगीको इलाज राम्रोसँग हुने, नत्र केही भन्नै नसकिने । त्यसैले होला डाक्टरहरू अब मनबहादुर्रतर्फ कम ध्यान दिन लागे । सोधे – “ठीक हो जाएगा, इन्तजार करो” भन्छन् । अन्त्यमा उनीहरूले भगवानको भरोसा दिलाउँदै घर लैजाने सल्लाह दिई मनबहादुर नामको रोगीबाट छुटकारा लिए ।

मृत्युको प्रतीक्षामा परेको आफ्नो लोग्नेको स्थिति देख्दा आज धनमाया पहिलो चोटी हिक्का छाडेर रोई । घरमा रोगी हेर्न आउने-जानेहरूको ताँती । “कठैबरी बिचरा”, “सोझो थियो”, “दैबको खेल”, आदि शब्दहरू सुनिन्छन् । भीडमा कसैले मृत्युञ्जय जाप गर्नुपर्छ, भन्ने जनायो । धनमायाले फर्केर हेरी, पण्डित लक्ष्मीनारायण उभिनुभएको थियो । प्रश्नवाचक दृष्टिले उसले पण्डितजी तर्फ हेरीरही ।

“मृत्युञ्जय जाप अति शक्तिशाली हुन्छ । त्यसले कालका मुखमा परेकालाई जीवन दान दिन्छ” । धनमायाले मानौ अँध्यारोमा ज्योति पाई । आँसु पुछ्दै भनी – “त्यसको विधि के हो गुरुजी ?”

“एक लाख जाप गर्नुपर्छ । एकजना पुरोहितले भ्याउँदैन । पाँचजना चाहिन्छन् । त्यसको चिन्ता तिमीले नलेऊ । परेका घरी म मद्दत गर्छु तिमीले भोलि आवश्यक सामग्रीहरू तयार पार्नु ,” भन्दै गुरुजीको प्रस्थान भयो ।

दुईदिने जाप सिद्धियो । ब्राम्हणहरू पण्डितजीलगायत उहाँको तेह्र, दश र पन्ध्र वर्षो छोरा र एघारवर्षो भतिज । क, ख, पर्ूण्ा रूपमा छुट्याउन नसक्ने, झन् संस्कृतको त के गति होला ? तर भनाई छ – ब्राम्हण वाक्य अशुद्ध हुँदैन ।
कर्म सिद्धिएपछि गुरुजीको निर्देशन अनुसार प्रत्येक ब्राम्हण देउताहरूले फल-फूल, दूध, मेवा-मिठाइको फलाहार साथै प्रतिदिनको दक्षिणा डेढ-डेढ सय रुपियाँ पाए । चाँडै रोगीको होश र्फकने आश्वासन दिँदै गुरुजी र उहाँको टोलीको प्रस्थान भयो ।

मनबहादुर तेल सिद्धिएको बत्तीसरह आजभन्दा भोलि, भोलि भन्दा पर्सी झन् क्षीण हुँदै गयो । धनमायाका मनमा निराशाको बादल अझै कालो हुँदै गयो । उसको आशामा बेमौसम तुषारो पर्योा । उसले अनेक पटकर इश्वरलाई याद गरी । गोविन्दजीको भाकल गरी, तर्रर् इश्वर पनि बहिरो भएछ क्यार …… ।

हल्चल बन्द भएपछि सबैले बैतरणी गर्नु सुझाव दिए । महानन्द गुरुजी अघि र्सर्नुभयो । उहाँ बाहेक त्यस नाउलाई किराना लगाउने को ?

“के के चाहिन्छ गुरुजी -” बलिन्द्र आँशु झार्दै धनमायले सोधी ।

“चामल, टपरी, भेटी आदि त चाहिन्छ नै, एउटा दुहुना गाई पनि चाहिन्छ ।”

“दुहुना गाई -!” धनमायाले केही विस्मत नजरले गुरुजीतर्फ हेरी ।

“नत्र कसरी मानिस वैतरणी नदी पार हुन्छ त – ती नदी अति विशाल छन् । आत्मा गौमाताको बलिष्ठ पुच्छरको सहायताले मात्रै नदी पार हुन्छ । स्वर्गलोक जान नदी तर्नुपर्छ । गाई दान नगरेसम्म आत्माले कहिल्यै पार पाउँदैन । ” गुरुजीले मानौ आफ्नै आँखाले देखेर आएको भै+m “वैतरणीको आँखोदेखी” व्याख्या गर्नुभयो ।

आफ्नु स्थिति प्रस्ट्याउँदै धनमायाले भनी – “घरमा त एउटा मात्रै दुहुना गाई छ । त्यो पनि दानमा दिए मेरा दूधमुखे बालकहरूलाई के खुवाउनु -“

स्थिति बुझेर केहीबेरसम्म सोचेपश्चात गुरुजीले समस्याको समाधान प्रस्तुत गर्दै भन्नुभयो – “त्यसको इन्तजाम म आफैँ मिलाउँला ।”

उसले ठूलो सास फेरी र गुरुजीतर्फ प्रश्नवाचक दृष्टिले हेरी रही ।

“एउटा दुहुना गाई मेरै घरमा छ । अस्ती गाहाकी आउँदा पाँच हजार दिन्छौं भन्दा दिइनँ । मनवहादुरलाई पार लगाउन दैबले त्यसैलाई जुराएको रहेछ । भैगो चारहजार दाम गरौं अरू …….

“चार हजार ……..!!!”

“तिम्रा निम्ति एकहजार कम !”

त्यस बाध्यताबाट उम्कने बाटो खोज्दै धनमायाले विन्ती चढाइ, – “बाछीले हुँदैन गुरुजी -“

गुरुजीले शान्त भावमा भन्नुभयो – “वैतरणी पार गराउन बाछीले कहाँ सक्छ र – यो लोक पनि सुध्रेन, परलोक त सुधार्नु पर्छ । हाम्रो धर्मले आत्माको मुक्तिका लागि यसै गर्नुभन्छ । धर्मबाट मुख मोड्नु हुँदैन ।”

मनबहादुरको वैतरणी कर्म भयो । चारहजार कबोलमा ल्याएको गाई कार्य सिद्धिएपश्चात् गुरुजीलाई नै सुम्पिइयो ।
वैतरणी गरेका पाँच दिनपश्चात् रोगीले यसलोकबाट छुट्कारा पायो । धनमायाको आशाको त्यान्द्रो निर्दयतापूर्वक चुँडियो । उसको मानसिक स्थिति कस्तो भयो होला भन्ने कुराको अनुमान सहजै लगाउन सकिन्छ ।

धर्मको कानून सवैले मान्नै पर्योह । तेह्रवर्षो छोराको कपाल मुडियो । जसलाई पितृश्राद्ध के हो भन्ने ज्ञानै छैन, उसले पितृलाई तर्पण दियो । समाधान रुपी भनाई छ, “उल्टो-सुल्टो जस्तो जपे पूरा हुन्छ काम ।”

दशौंको कोरो ढिकुरो फुट्यो । गुरुजीले धनमायालाई आफूसामु बोलाउँदै भन्नुभयो – “भोलि बाह्रौं हो । शास्त्रका वचनअनुसार मृत आत्माको नाउँमा नारायणबलीको कर्म हुनुपर्छ ।”

“नारायणबली …..-“

“अँ, अनि त्यसका लागि अलि सामग्रीहरू चाहिन्छ ।”

“गुरुजी, आजसम्म मैले जान्दा, हाम्रो घरपरिवारमा त कसैको पनि यो कर्म गरेको बुझिन नि” – धनमायले कातर स्वरमा भनी । अबुझहरूलाई शान्त भावमा बुझाई लोकहित गर्नुनै पुरोहित, पण्डितहरूको धर्म हो । गुरुजी धनमायालाई बुझाउँदै भन्नुहुन्छ, –

“नारायणबली सबै मृतात्माको हुनुपर्छ । उहिले नजान्दा गरेनन् होला । तर धर्मशास्त्रको वचन उल्लङ्घन गर्नु सय गाई मारेको पाप बराबर हो । शरीरमा जनै लगाईलगाई मर्नु आत्महत्या गर्नु बराबर हो । मने पनि जनैमै मरेको हुँदा उसको आत्माको मुक्तिका लागि नारायणबली गर्नु अनिवार्य छ ।”

एघार दिन, गरुड्पुराणका काल्पनिक बासले आत्तिएकी धनमायालाई आखिरकार महानन्द गुरुजीका सन्धिपत्रमा हस्ताक्षर गर्न करै लाग्यो । बाह्र हात नाघेर भित्तामा कसरी हार्ने ? तर छ-छवटा तामाका गाग्री, पाँचवटा अरु ब्राम्हृणहरू ! दानदक्षिणा, अन्य आवश्यक सामग्री ……. गुरुजीले धनमायाको मन अनुहारमा पढेपश्चात् जनाउनुभयो – “ब्राम्हण पुरोहितहरूको चिन्ता तिमीले लिनुपर्दैन । सामान भने तयार गर्नु ।”

भोलिपल्ट बिहानै गुरुजी पुरोहितहरूलाई लिई कर्मस्थलमा आउनुभयो । आफ्ना पाँच र छ वर्षो छोरा, तीनवर्षो भतिजो चार र पाँचवर्षो दुई भान्जाहरू धोती कर्ुतामा सजिएर मनबहादुरलाई वैतरणी नदी पार गराई इन्द्रासन दिलाउन खटिए ।

बालपुरोहितहरूलाई केही विस्मित नेत्रले धनमायाले हेरी रही ।

“हेर न, गुरु पुरोहितहरू सबै व्यस्त, कोही नभ्याउने । गर्ने कर्म म गरी हाल्छु । भरे दानदक्षिणा यिनीहरूलाई दिने, ” भन्दै गुरुजीले बालपुरोहिततर्फ इशारा गर्नुभयो । कार्यारम्भ भयो । पुरोहितहरू कसैलाई तिर्खा लाग्छ, कसैलाई भोक, कसैलाई पिसाब, त कसैलाई दिशा ……. । एउटा लाठेलाई दिनभरीको काम पुग्यो । साँझ एउटा-एउटा तामाका च्याट्ट परेका गाग्री लिई खल्तीभरी पैसा अनि भरपेट खाएर रमाउँदै ती फुच्चे पुरोहितहरू घर फर्किए ।

यसै गरी तेह्रौंको कार्य सिद्धियो । एउटा भएको गाई पनि महानन्द गुरुजीलाई नै भेटी चढाइयो ।
पतिशोकको घाउ अलिकति पनि नथामी महानन्द गुरुजी र गाउँका साहूहरूले आ-आफ्ना हर हिसाब धनमाया सामु राखी उसको घाउमा नून-चूक हाल्न कति पनि हिच्किचाएनन् ।

सित्तैको तमाशा हेर्न कोही पछि पर्दैन । महानन्दजीले गाउँले बुज्रुकहरूलाई पनि बोलाउनुभयो । पञ्चायतमाझ हिसाब-किताब भयो । उसको भएको जेथोदेखि बढी ऋण पुगेछ । पञ्चायतको केही प्रतिवाद नगरी उसले घर जग्गा र खेती डीक राखेको कागजमा सही छाप लगाई दिएपश्चात मुर्छा भएर लडी । भित्र स-साना बालबच्चाहरू “भोक लाग्यो, भोक लाग्या” भन्दै रोइरहेका थिए ।

Dr. Goma Devi Sharma
India

(मणिपुर विश्वविद्यालय भारतबाट स्नातक र स्नातकोत्तर तह दुबैमा स्वर्ण-पदक प्राप्त गरिसक्नु भएकी लेखिका शर्माले भारतीय नेपाली साहित्यको इतिहासमा विद्यावारिधि गर्नुभएको छ । उहाँको यो कथा सन् २००६ मा सिक्किमबाट प्रकाशित “विचार” मासिक पत्रिकामा प्रथमपटक प्रकाशित भएको थियो । कथाको विरोधमा मणिपुरको कट्टर ब्राहृमण समुदायले उहाँ विरुद्ध सामाजिक कारवाही स्वरूप उहाँका घरमा हुने कुनै पनि यज्ञ लगायत घार्मिक कार्यमा यजमानी नगर्ने र मे २००७ मा भएको उहाँको विवाहलाई बहिष्कार गर्ने उर्दी जारी गरेको थियो । तर यस उर्दीका बावजूद त्यस विवाहमा मणिपुरको कुनै पनि विवाहमा नदेखिने दुर्लभ प्रकारको जन-उपस्थिति देखिएको थियो । पुरातनवादी ब्राहृमणवादको दलदलमा किच्चिएको मणिपुरेली नेपाली समाजले अन्ततः लेखिकको क्रान्तिकारी कदमको समर्थन गरेको पाइयो । यस अर्थमा यस ऐतिहासिक कथालाई विश्वभर रहनुभएका पाठक समक्ष प्रस्तुत गर्नुपर्ने आवश्यकता हामीले महसुस गरि सो कतालाई यहाँ पुन:प्रकाशित गरेका छौँ । भारतको अनेपाली वातावरणमा लेखिएको हुनाले कथामा केही अनेपाली शब्दहरू परेका हुन सक्छन्, तिनीहरूलाई मैलिकताका लागि यथावत राखिएको छ – सम्पादक)

(स्रोत: तन्नेरी डट कम – Issue 54 – Poush, 2065)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.