पुस्तक समीक्षा : शरणार्थी उपन्यासको बिश्लेषण / बिशेषता

~अज्ञात~

 शरणार्थी उपन्यासको परिचय :-
नेपाल निवासी नेपाली साहित्य जगतको एक उच्च कोटिको उपन्यासकार हुन् कृष्ण धाराबासी ! उनका उत्कृष्ट रचना हो शरणार्थी ! विश्वका सम्पूर्ण नेपाली जातिलाई समाबेश गरेर लेखिएको कृति हो शरणार्थी उपन्यास ! बिश्वमा आएको नेपाली जातिको संकट जुनबेला विश्वयुद्ध पछि देश -विदेशबाट नेपालीहरुलाई खेदाइने काम भएको थियो त्यस बेला लेखिएको उपन्यास हो शरणार्थी !

आज पनि विश्वभरि नेपाली जातिहरु विदेशतिर गएर बसोबासो गर्छन् उनीहरुले त्यहि ठाउँलाई आफ्नो भूमिमानी मानेर तर त्यस देशले कहिले पनि त्यसो मान्दैनन् उनीहरुलाई नै सन्देश दिनको निम्ति यो उपन्यास तयार पारिएको हो ! प्रारम्भ देखि अन्तसम्म नेपाली जातिको दुरदसा शरणार्थीको छ भन्ने कुरा कृष्ण धाराबासीको व्यक्त रहेको छ !

शरणार्थी उपन्यासको शीर्षक औचित्य :-
कृष्ण धाराबासीद्वारा रचित उपन्यास शरणार्थी एक बिचारप्रधान कृति हो ! यस उपन्यासको शीर्षक शरणार्थी राखिएको छ र यस उपन्यासको शीर्षक औचित्य पनि छ ! दोस्रो बिश्वयुद्ध पछि भारतका विभिन्न अञ्चलबाट बिशेष बर्मा, असम र भूटानबाट नेपालीहरुलाई त्यहाँको बासिन्दा हैन भनेर खेदाइयो ! नेपालीहरुले कुनै प्रतिबाद नगरी त्यहाँबाट भाग्नु परे कारण त्यस समय नेपालीहरुले आफ्नो अधिकार खोज्न सकेन कारण त्यस समय नेपालीहरुलाई विभिन्न प्रकारको नियम, दमन, अन्याय अत्यचार गरेको थियो ! प्रारम्भ देखि वर्तमान समय सम्म नेपाली जातिले शरणार्थीको जीवन भोग्नु परेको छ ! त्यसकारण नेपाली जातिले अहिले सम्म कुनै अस्तित्व राख्न सकेका छैन र फेरीपनि शरणार्थीको इतिहास दोहोरिने सम्भावना हामी देख्न पाउछौ यसर्थ यस उपन्यासको शीर्षक औचित्य छ !

शरणार्थी उपन्यासको कथानक :-
कृष्ण धाराबासीद्वारा रचित शरणार्थी उपन्यास सामाजिक यथार्थवादी उपन्यास हो ! यस उपन्यासको भूमि बर्माबाट शुरु भएर, नेपाल, भूटान र तिब्बत सम्म फैलिएको छ ! यी पाँच ठाउँका राजनैतिक समाजहरुको उल्लेख पाइन्छ ! भूटानी शरणार्थीहरुप्रति गम्भीर चिन्तन गरिएको छ ! दोस्रो बिश्वयुद्धमा जापानको वर्मामाथि आक्रमण ! यसरी आतंकित परिवेशबाट भाग्न विवश नेपालीहरुको चित्रण ! सन् 1960 पछि बर्माबाट नेपालीहरुलाई धपाइने काम ! कति नेपालीहरु नदीको बाटो भएर आए त कति नेपालीहरु जमीनको बाटो भएर आए ! यसरी विवश नेपालीहरुको कठोर र दु:खद यात्राको वर्णन पाइन्छ ! यस उपन्यासको रामप्रसाद खनाल खण्डमा 1960 पछि वर्माबाट धपाइएका कथा यस उपन्यासमा छ !

आजसम्म लेखिएका धेरैजसो कृतिहरुमा नेपालीहरु देशबाट पलायन भएका कथाहरुलाई प्रधान्ता दिएको छ ! गरीबका कारण विदेशीन वाध्य भएका नेपालीहरु दयनीय चित्रण ती उपन्यासहरुमा पाइन्छ ! ती जम्मै कृतिहरु एक मुष्ठ भेला गरेर पढ़ने हो भने नेपालीहरु आफ्नो देशमा छैनन् भन्नै लेखकको अस्तित्वबादी विचार बुझिन्छ ! यस उपन्यासमा पुस्तौ बिदेशमा बसोबासो गरेतापनि परिस्कृत भइरहनु परेको पीड़ा सहन नसकि आफ्नै देश खोज्नेहरुको एउटा मार्मिक कथा यस उपन्यासमा पाइन्छ ! नेपालीहरु बिदेशमा धेरैबेर बस्न सक्दैन भन्ने लेखकको गम्भीर चिन्तन रहेको छ !

शरणार्थी उपन्यासको ऐतिहासिकता :-
ऐतिहासिकता यस उपन्यासको एउटा बिशेषता हो ! यस उपन्यासमा प्रयुक्त पूण प्रकाशित कृतिका चरित्र र केहि घटनाहरु काल्पनिक भएता पनि दोस्रो बिश्वयुद्ध पछि वर्माबाट नेपाली खेदाएका छन् ! घटना तिब्बतलाई चीनले आक्रमाण गरेका घटना भूटानमा नाना प्रकारले नेपालीहरुलाई सताइएको र त्यहाँबाट खेदाएको घटना, भारतका उत्तर पूर्वाञ्चल क्षेत्रबाट त्यहाँका आदीलासीले सताइएको र त्यहाँबाट खेदाएको घटना ऐतिहासिक रूपले प्रमाणित छन् ! यसका अतिरिक्त उपन्यासमा प्रयोग भएका गोर्खाल्याण्डको आन्देलन, भारत नेपाल सीमाको मेचि नदीको पुलमा पुलिसद्वारा गरिएको गोली काण्ड र अत्यचार नेपालको शरणार्थी सिविरमा देखिएको विकृति बिसंगति र अभाव माहामारी आदि ऐतिहासिक रुपले सिद्ध छन् !

 शरणार्थी उपन्यासमा असमाप्त / समाप्त :-
इन्द्रबहादुर राईले आफ्नो उपन्यास ” आज रमिता छ ” मा प्रयोग गरेको असम्पत समाप्तीको विधिलाई कृष्ण धाराबासीले यस उपन्यासमा प्रयोग गरेका छन् ! आफ्नो पूर्ववती कृतिका समाप्तीमा असंतोष गरेर जसरी यस उपन्यासको रचना उपन्यासकारले गरेका छन् ! उपन्यासकारले अघिल्लो कृतिहरुलाई जसरी समाप्त हुनदिएका छैनन् त्यसरी नै यस उपन्यासलाई असमाप्त रूपमा नै छोड़िदिएका छन् ! उपन्यासका पात्रहरु र घटनाहरुलाई उपन्यासले नै टुङ्गो लगाएका छैन ! अन्तमा पात्रहरुको कुरोलाई मान्दै उपन्यासकारले कलम रोकेका कुराले पनि यो अझ स्पष्ट हुन्छ ! ” पात्र नै म सँग रिसाएर हिडिसके पछि कथाले अघि बढ़न पनि सम्भव भएन ” भन्ने भनाइले के बुझाउँछ भने कथा वास्तवमा सकिएको थिएन तर पनि यसलाई असमाप्तिमानै समाप्त गर्नु परेको छ ! यसैले असमाप्त समाप्ती यस उपन्यासमा पाइन्छ !

शरणार्थी उपन्यासमा यथार्थको अंकन :-
यथार्थको अंकन यस उपन्यासको विशेषता हो ! नेपाल र नेपालइतर नेपाली जन-जीवनको यथार्थपरक चित्रण प्रस्तुत अंकन गर्नुमा उपन्यास सफल देखिन्छ ! प्रत्येक देश र स्थानमा आफू विदेशी हुन पर्ने र दोस्रो दर्जाको नागरिक हुन पर्ने प्रत्येक स्थानमा कुल्ली, गावला र भरीया भन्दा माथिल्लो दर्जाको काम नगर्ने स्थिति, आर्थिक दुरवलता र भोकमारी जस्ता नेपालीको दिनदिनै अवस्थालाई उपन्यासले विभिन्न सन्दर्भमा अंकित गरिएको छ ! यस बाहेक मानवीय कमजोरी र दुर्बलता जस्ता पक्ष पनि उपन्यासका विभिन्न चरित्रहरुको माध्यमद्वारा राम्रो चित्रण गरिएको पाइन्छ !

 शरणार्थी उपन्यासमा विनिर्माणको प्रयोग :-
विनिर्माण शरणार्थी उपन्यासको एक बिशेषता हो ! पाश्चात्य जगतको प्रख्यात विद्वान ज्याक डेरिडाले प्रस्तुत गरेको परिमाणले विनिर्माणबादले यस उपन्यासमा मुख्य स्थान ओघटेका छन् ! पुराना कुराको मूललाई बचाएर त्यसमाथि नयाँ निर्माण गर्नु नै विनिर्माण हो भन्नै अवधारणालाई यस उपन्यासमा सफलता पूर्वक प्रयोग गरेको पाइन्छ ! उपन्यासमा अघिल्ला कृतिका मूल कथा चरित्रलाई बचा

एर त्यसैको धरातलमा यी उपन्यास संरचित गरिएको छ ! यदी पुराना कृतिलाई आधारबनाई त्यहाँबाट नौलो सृजन गरिएको छ ! यसमा इन्द्रबहादुर राईका “जयमाया आफूमात्र लिखापानी आइपुगी”,शिवकुमार राईका “डाक बंगला” ,प्रकाश कोविदको “नियोँ” आदिका चरित्र र कथानकलाई आधार बनाएर उपन्यासको महल खड़ा गरिएको छ !

 शरणार्थी उपन्यासमा लीला लेखनको प्रयोग :-
लीला लेखनको प्रयोग गर्नु यस उपन्यासको सवैभन्दा महत्त्वपूर्ण विशेषता हो ! उपन्यासकार स्वंयमले उपन्यासको सम्बन्धमा शीर्षकमा भनेका छन् – यस उपन्यासमा लीला लेखनलाई सरल ढंगमा प्रयोग गरिएको छ ! इन्द्रबहादुर राईले शुरु गरेको यस अवधारणा अनुसार संसारका सम्पूर्ण कुराहरु लीला मात्र हुन् ! जसरी एउटै कृष्णलाई सोरौसय गोपिनीहरुले एक-एकवटा कृष्णलाई आफ्नो पाएका थिए त्यो वास्तवमा सत्य नभएर त्यो एउटा लीला मात्र थियो ! यस उपन्यासमा पनि पात्रहरु घटनाहरु स्थितिहरु केवल लीला रूपमा आएका छन् ! उपन्यास कहिले इतिहास बन्छ कहिले राजनीति, कहिले पत्रकारीता त कहिले संस्मरण, कहिले समालोचना त कहिले वार्तालाप तर पनि यसलाई उपन्यास भनिएको छ ! पाठक भ्रममा पर्न सक्छ ! कहिले उपन्यासका पात्रहरु यथार्थपरक जीवन जगतका व्यक्तिहरुसित बात मार्छन् कहिले उनीहरुले लेखकलाई आदेश दिन्छन् औ लेखकसित बात माड़छन् त्यहि अन्य औपन्यासिक चरित्रहरुसँग आफ्ना जीवनका तीता मिठा कुराहरु प्रेम गर्छन् घ्रिणा गर्छन् आदि ! भ्रमपूर्ण वा लीलामय स्थितिमा उपन्यासलाई सृजना गरिएकोले उपन्यास स्वयम नै एउटा लीलाबन्न पुगेको देखिन्छ !

 शरणार्थी उपन्यासमा जातीयता र राष्ट्रप्रेमको भावना :-
जातीयता र राष्ट्रप्रेमको भावना शरणार्थी उपन्यासमा पाइने महत्त्वपूर्ण विशेषता हो ! कुनै पनि जाति अन्य देशमा जब अल्पसंख्यक बन्न पुग्छ ! तब उसमा असुरक्षाको भाव पैदा हुन जान्छ ! त्यस स्थितिमा आफूलाई सुरक्षित बनाउनका निम्ति स्वजाती वा स्वभाषीमा एकताका भावना पैदा हुदछ ! यस उपन्यासमा वर्णित नेपालीहरु नेपालइतरक विभिन्न देशमा असुरक्षित छन् त्यहाँबाट लखेटिएका छन् वा त्यहाँ शोषणको शिकार भएका छन् ! त्यसैले उनीहरुमा आफ्नु जाती प्रति पगाड़ गहीरो प्रेम र राष्ट्र प्रति स्रद्धा र भक्तिको भावना रहेको पाइन्छ ! विभिन्न देशबाट खेदि नेपालमा प्रवेश गर्न पाउँदा उनीहरु आफ्नु घरमा आशन आएको अनुभव गर्छन् ! स्रदाले त्यहाँको माटोलाई सुगन्ध र शिर लगाउन पुग्छन् ! रामप्रसातको नेपाल प्रवेश गरेको देखिएको भावनात्मक स्थितिले यहि कुरालाई जनाउँदछ !

के तपाईंलाई यस् लेखको लेखकका बारेमा थाहा छ ? कृपया kritisangraha@gmail.com मा सूचित गरिदिनुहुन बिनम्र अनुरोध छ ।
– साहित्य सङ्ग्रहालय

(स्रोत : फेसबुकबाट सभार)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.