~दीपक कुमार ज्ञवाली~
अहिले तिमीले बिर्र्सीयौ विगतका तिम्रा ति कृयाकलापहरु । वास्तवमा अहिलेको तिम्रो जीवन यही समाज ले दिएको वरदान त हो । के तिमीले दृढतापूर्वक होईन भन्न सक्छौ । अझै पनि मैले भन्छु समाजलाई कलुषीत हैन सौहाद्रपूर्ण बनाऊ । खण्डीत हैन अखण्डीत बनाऊ ।
बिचारलाई मन्थन गर, खुब मन्थन गर अनि नौनी निकाल, निस्केको नौनीलाई आगोमा खार, खाटी ध्यू बनाऊ अनि त्यो खाटी ध्यू तिमीले एक्लै नखाऊ देश र समाजमा रहेका नागरिकलाई बाँड, अनि हेर त कति मिठो मानेर तिमीले दिएको ध्यू खानेछन् । अनि भन्नेछन् ऐसलु टिप्दा ऐसलुको रुखमा भएका तिखा काडा ले घोचेर जतिसुकै घाउ गराएको भएतापनि पाकेको पहेंलो पुष्ट रसदार ऐसलु खाँदा स्वर्गीय आनन्दको अनुभूति भयो भनेर ।
किनकी समाज तिम्रो मन र बिचार जस्तो खण्डित छैन । असहिष्णु छैन, अविवेकि छैन, र समाज ले मातृभूमि को महत्व पनि बिर्सेको छैन । त्यसैले त यस समाजमा समय समयमा खण्डित मनशायका आवाजहरु मुखरीत भैरहँदा समाजको मानसिकता एकल र खण्डित बन्न सकेको छैन । समाजको यहि पबित्र भावना ले त हामी ले हाम्रो मातृभूमि भन्ने सौभाग्य पाएका छौं । समाज ले समाजलाई नै हेर्ने गरेको छ । समाज ले दायाँ हेर्छ बाँयाँ हेर्छ अगाडी हेर्छ पछाडी हेर्छ अनि कल्पना गर्छ सबै आ आफु जस्तो सबैको ब्यबहार उस्तै उद्येश्य पनि उस्तै उस्तै ।
समाजले जहिले पनि भन्ने गरेको छ अहिंसा परमो धर्म । अर्काे तर्फ महामानव गौतम बुद्धको शिक्षा मध्ये अहिंसा पनि एक हो । त्यसैले समाजले बारम्वार भन्ने गरेको छ यसरी मिलेर बसेको समाजमा विषबृक्ष नरोपं । तेरो र मेरो भनेर विभेद नगर समभाव राख समाजका मानवमा । अझ भन्नु पर्दा मानवीयता देखाऊ ।
मानवीयताको ब्यबहार डोका को डोका खन्याऊ समाजमा , यस्तो मानवीयता को ब्यबहार डोका को डोका खन्यायता पनि तिमीसंग मानवीयता रित्तिने छैन । तिमीमा मानवता अर्थात मानवीयता को हुटहुटी झन् जागेर आउनेछ । अझ राँगे डोका को डोका मानवीयता खन्याउने अभिलाषा तिब्ररुपमा जागृत हुनेछ ।
तिमी आफ्नो अन्तरआत्मालाई हेर ,न त तिमीमा अध्यात्मवाद नै शेष रह्यो न त तिमीसंग भौतिकवाद नै रमाऊन सक्यो । यस्तो अवस्थामा तिमी बाटो बिराएको बटुवा जस्तै भएका छौ । गन्तब्यहीन बटुवा । हिजो संगसंगै हिडेका साथीहरुले तिमीलाई छोडे अर्थात समाजमा छलाङ लगाउने बहानामा तिमीले साथीहलाई छोड्यौ । हुन त यि तिम्रा नीजि बिषय हुन सक्लान् । तर कसैको नीजीबिचार ले समाजलाई कति प्रभाव पार्दाे रहेछ सकारात्मक अथवा नकारात्मक ।समाजको मानसिकतालाई कति खण्डित गराउने प्रयत्न गर्दाेरहेछ । तिमी ले समय समयमा ब्यक्त गर्ने बिचार र अपनाएका कार्यशैलीबाट समाजले के पायो । तिम्रो योगदान कस्तो रह्यो र समाजको दृष्टिकोण कस्तो रहेकोछ । मानिसले मानिसलाई शत्रु देख्ने शुत्राधार अरु कोही नभएर यहि समाजमा रहेका तिमी हामी जस्ता मानव त हौं ।
बिभेद र असमान शब्द शत्रुजन्य शब्द हुन् । शत्रुजन्य शब्दलाई अंगीकार गरेर तिमी हामीले हाम्रो समाजलाई कस्तो बनाउँला कहाँ पुर्याउँला मक्कीएको मानवतारुपि विज अंकुराउला ? देश, देशमा रहेको समाज , समाजभित्र रहेका मानिसलाई राम्रो गर्यौ कि नराम्रो ।
लगाईरहेको कपडा पुरानो भयो भनेर फाल्ने अनि नयाँ कपडा किनेर लगाउन नसकेपछि मानिसको अवस्था कस्तो होला ? लाज नछोपिएको शरिर देश र देशमा बस्ने मानिसको परिचय बन्न सम्भव छ ?
तसर्थ मानवीयतामा ह्रास आउन नदेउ । किनकि विज्ञानले आविष्कार र उत्पादन गरेका साधन श्रोत समाज ले उपयोग गर्दै अध्यात्मलाई सर्वाेपरि ठान्दै आएको छ ।अध्यात्म आ आफ्ना जाति सम्प्रदाय ले अपनाउने आस्था र बिश्वास ।
सिर्जनाको कल्पना गरौं या सिर्जना गरौं वा नगरौं तर देश र समाजलाई बिद्वंश त के त्यसको कल्पना पनि नगरौं । अध्यात्मले विज्ञानलाई निस्तेज गर्न सक्दैन बहिष्कार गर्न सक्दैन । अध्यात्म र विज्ञानको फ्युजन आजको अबश्यकता हो । अखण्डित र खण्डित शब्द सकारात्मक र नकारात्मक भावसग कुनै न कुनै रुपमा जोडीएको जस्तो लाग्छ । सकारात्मक भाव सापेक्ष र नकारात्मकभाव नीरपेक्ष भएकोमा कोही अनबिज्ञ छैनौं । तसर्थ देश र समाज सकारात्मक र नकारात्मक खण्डित र अखण्डित भावबाट ग्रसित छ । यस भावको प्रयोग देश र समाजमा बस्ने मानिसहरुले गर्दै आएकाछन् । खण्डित र नकारात्मक भावलाई अखण्डित र सकारात्मक भावले जीत्दै आएको छ । यही भएर देश भन्ने नामको अस्तित्व जोगीदै आएकोछ । कसैे ले यसलाई बर्ग संघर्ष भन्न रुचाउलान् तर मेरो दृष्टिकोणमा यो नितान्त सामाजिक द्वन्द हो । जहाँ समाजलाई समभावले हेरीन्छ । त्यसैले त सकारात्मक र अखण्डित भावना भएका मानिसले खण्डित र नकारात्मक भावना भएका मानिसलाई सकारात्मकरुपमा यस देश र समाजमा जोड्ने प्रयत्न गर्नु पर्छ र गरीरहेकाछन् । उनिहरु पनि यही समाजको हिस्सा, यहि देशका नागरिक भएकाले एकिकृत गरौं । सकारात्मक कार्य र सन्देश नै देश र समाजमा मुखरित हुने हो । यस्तै सत्कर्र्मबाट सकारात्मक सोंचको प्रवाह हुने हो । बिग्रेका र भत्केका मनलाई संयोजनकारी भूमिकाबाट सकारात्मक सोंचतर्फ जागृत गराउनु हो । ठुला ठुला अस्त्र शस्त्र कोे प्रयोगले मानिसको ज्यान लिन सकीएला तर मानव सभ्यतालाई हतियारले पराजीत गरेको इतिहास सायद बिरलै होला ।
नकारात्मक कार्यशैली र बिचारले समाजलाई रुपान्तरण गर्न सक्दैन । तसर्थ हठवादीता र आत्मरतीमा रमाऊनेहरुको अस्तित्व नै लोप हुदैन भन्न सकिदैन । अध्यात्म होऊ भन्न्ो अधिकार छैन, यसो भन्नु विधिसम्मत र सान्दर्भिक पनि हुदैन तर विज्ञान र अध्यात्मलाई तिरष्कार नगर । अध्यात्म र विज्ञानको फ्युजनत्राट असल समाज र देशको निर्माण गर्ने कार्यमा लाग । नकारात्मक सोचलाई परास्त गर्दा समाजमा सकारात्मक सोंच गुञ्जायमान गराउनेतर्फ सकारात्मक होऊ ।
किनकि तिमी एक्लै ले चाहेर पनि यो देश र समाजमा बिद्यमान सँस्कार सँस्कृति र परंपरा एवम् बदलीदैन । र समाजमा रहेका नकारात्मकता बदल्ने सामथ्र्य पनि तिमीमा छैन ।
हतियार ले देश र समाजलाई बदल्नेभए संसारका मानिसहरुको सुबिचार सद्भाव भाईचारा बन्धुत्व र मानवीय संवेदनालाई चटक्कै छोडेर हतियारको पछि लाग्ने थिए । हतियारले पुर्णरुपमा ति मानवीय सुबिचार मानवीय आस्थालाई परास्त गरिसकेको हुन्थ्यो ।
सुबिचार समस्या समाधानको साधन बन्न सक्छ । असहिष्णुता उद्दण्डता अविवेक समाज रुपान्तरणका साधन बन्न सक्दैनन् । सुबिचार र मानवीय भावनालाई निस्तेज गर्न खोज्दा स्वयम् देश समाज जनता निस्तेज अर्थात प्रभावहीन भएर बस्न परेको उदाहरण पनि नभएका होईनन् ।
एउटै बंश पाण्डव र कौरवको कुलमा लडाई हुँदा कुलको घात र बंश बिनाश भएको इतिहास मानव सामु छर्ल¨ छ ।देशलाई घाउलाग्दा समाजलाई दुख्छ ।त्यसको पिडा त्यहि समाजमा बस्ने मानिसहरुलाई हुन्छ ।तसर्थ घृणा त्याग ,वैमनुष्यता त्याग,ईष्र्या र द्वेश त्याग,द्वन्द त्याग्नु नै मातृभूमिप्रतिको सच्चा भक्ति समर्पणभाव र भ्रातृत्व र मातृत्वप्रतिको सम्मान ठहरीने छ । मातृभूमिमा बसेर मातृभूमिलाई प्रहार गर्नु राष्ट्रवाद मान्न सकिदैन । मातृभूमि हामीसबैको आश्रयस्थल हुन् । मातृभूमिलाई पिडाबोध हु“दा मातृभूमिमा बस्ने सबै मानवजातिलाई पिडाबोध हुन्छ । मातृभूमिलाई सम्मान नगर्ने नियत भएकाहरुबाट मातृभूमीलाई जोगाई राख्नु छ ।
एउटै आमाको काखमा बस्नेहरुका बिचमा किन शत्रुता, किन बैमनुष्यता, । जो मरे पनि आफ्नै दाजुभाई मर्ने हो । मरेको लास यही मातृभूमिको काखमा ढल्ने हो ।शरिरबाट बगेको रगत ले मातृभूमिको छाति भिज्ने हो ।
मानवीयता अंगाल्दा समाजमा बिद्यमान बिसंगति र बिकृति समाज मै बसेर समाजसंग मिलेर अन्त गर्न सकिन्छ ।
तसर्थ आ–आफ्नो कर्मको सिहावलोकन गरौ.।समाजको हितमा लाग्न स्व–प्रेरित गरौंं । प्रत्येक ब्यक्तिमा मातृभूमिको मातृत्व जागरण भएमा समाजमा रहेका कलुषीत बिकारको अन्त्ये गरी एउटा सभ्य सुन्दर देश र समाज निर्माण गर्न असंभब छैन ।यस्तै सु–कर्मले समाजलाई परिवर्तनको संघारमा लैजाने छ र हामी सबै सुकीर्तिको संघारमा उभिएका हुने छौ । तसर्थ समाधान दंभ होईन ,घृणा होईन ,हतियार र युद्ध होईन विभेद होईन ,समाधान शासक र शासीत हुनु पनि होईन समाधान सेना र प्रहरी पनि होईन ।समाधान नेता र कार्यकर्ता पनि होईन ।
अब सच्चा मनले कसम खाने बेला आएको छ मातृभूमी समक्ष । आलोचित पात्र भैरहनुभन्दा मातृभूमि समक्ष कसम खाएर आफ्नै समाजमा आउँदा जुन समाज तिम्रो पनि हो आत्माले शान्तिको महसुस गर्ने छ । सन्तानको पिडाबाट मातृभूमि मुक्त हनेछीन् । समाजले साधुवाद भन्ने छ । साधुवाद भन्ने यही समाजका मानिसहरु त हुन् आ आफ्नो पिडालाई छातिमा दवाएर ।
दीपक कुमार ज्ञवाली
बुटवल ६ आदर्शनगर रुपन्देही
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )