कविता : जहाज भित्रको म

~आनन्द पौड्याल~

मेरो शुभ यात्राको दिन हो यो,
कहीँबाट कहीँ हुँदै कहीँ जाँदै छु म,
अरु यात्री सहित अजङ्ख जहाजमा,
यात्राको क्षण कस्तो रमाईलो,
मज्जा मान्दै रमाउँदै उड्दै छु म यहाँ,
जहाजमा वसी अन्तरिक्षमा उड्दा उड्दै,
झल्यास्स केही सोच्न पुग्छ मेरो मन,
केही कुरा सोच्दै कल्पना गर्छु मैले,
कसरी दिमागमा आयो यो जहाज ?
के कसरी बन्यो यो जहाज ?
कवीको मनमा कविता फुरे जस्तै,
राइटको मनमा जहाज फुरे होला ?
र पो पाएँ मैले यात्रा गर्न यहाँ आज,
राईट दाजुभाइ दुवै तिमीलाई,
लाखौँ वधाई र करोडौँ धन्यवाद छ मेरो,
तिमीद्वारा म सहितको यात्रा हुँदैछ आज,
कल्पनामा चुर्लुम्म डुवेर सोच्दा सोच्दै,
जहाजी तौल अनुमान गर्दैछु म,
स्वयं जहाजको तौल नै वढी हुँदा पनि,
पाइलटले कसरी उडाउँछ यो जहाज ?
सन्तुलन कायम भई कसरी उड्छ यो ?
अहिले आफ्नो सिटमा वसेको छु म,
यहीँ वसी वसी धेरै मनन् गर्छु मैले,
हजारौँ माइल टाढाको यात्रा पनि,
कति छिटै पार गर्छ यो जहाज,
संसार नजिक पार्यो यसले,
भगवान कै अर्काे रुप हो यो,
काइनेटिक शक्तिद्वारा उड्छ यो,
अरु पन्छ्याई खाली ठाउँ उडछ यो,
कसैको स्पर्स मन पार्दैन यसले,
अन्तरिक्षको माथि माथि उड्दैछ यो,
अवरोध नभएसम्म निरन्तर उड्दैछ यो,
मौसममा खरावी आउँदा पनि,
एक्कासी झसँङ्ग गर्दै उड्छ यो,
बादलभित्र छिर्नुपर्दा खुशी हुँदैन यो,
पेटी कस्नुस भनी पाइलट संकेत गर्छ,
अनि एक्कासी यात्रीको मुड परिवर्तन हुन्छ,
हतारैमा संकेत स्वीकार्छन् यात्री सवै,
पानी बादल वस्तु रुचाउँदैन यसले,
स्पर्स हुँदा घट घट गर्छ यो,
घरि माथि र घरि तल झर्छ यो,
आवाज दिई घच्याक्क तल झर्न पुग्छ यो,
अनि टक्क अडिन्छ घच्याक घुच्चुक गर्दै,
एक्कासी पखेटा हल्लाउन पुग्छ जहाज,
यहीँ हंशले ठाउँ छोड्यो सवै यात्रीको,
मुटु ढुक ढुक गराउँदै चिच्याउँछन् हरेक यात्री,
सून्यता भई स्तब्द फैलिन्छ जहाज भित्र,
सवै सिटमा सुनसानसँग वस्छन्,
मैले मुहार मलिनो देखेँ सवै यात्रीको,
तर, स्वयं जहाज समालिँदै समालिँदै,
यस क्षणको परिदृष्य बेग्लै पाएँ यहाँ,
अनि सरर माथि माथि उडिरहन्छ यो,
अवरोध नहुँदासम्म लम्पसार परेर,
आकाशमा सरर उडेको छ यो,
आफ्नो गन्तव्यतर्फ गईरहन्छ यो,
अनि तोकिएको एयरपोर्टमा ओर्लिन्छ यो,
सवै यात्रीले खुशीको सास फेर्छन,
अनि आ–आफ्नो गन्तव्यतिर लाग्छन,
म पनि मेरो गन्तव्यतर्फ लाग्छु।

मिति २०७६ साल जेठ १ गते, बुधवार ।
टो.न.पा.८, नवजागृति टोल, काठमाडौँ ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.