~सुनिता ताम्राकार~
धुन बिर्सेर पनि फेरि किन गाएको हो
आफै भत्किएर फेरि कसलाई थाम्एको हो
आँशु पिएरै आफनो प्यास मेटिसक्यौ
तिर्खाउन हो कि ? अर्कै कुवा धाएको हो
हैन भने आफनो घर जानी जानी भत्काई
असिन पसिन हुँदै फेरि किन छाएको हो
कर्मठ ती पाखुरामा गर्ब लाग्थ्यो मलाई
तर फेरि किन निराशामा मुख बाएको हो ।
–सुनिता ताम्राकार, धनकुटा