~राजन कोइराला~
मरेपछि विलीन हुने जिन्दगी त्येही माटो रैछ
आफैलाई भुल्ने एउटा पिरतीको बाटो रैछ !
जति चोट पाएपनि उसकै याद प्यारो लाग्ने
कलेजिमा त्यै चोटको नमेटिने टाटो रैछ!
तड्पीतड्पी रात कटे उसको अत्तोपत्तो छैन
थाहा पायें बल्ल आज, सम्बन्धमा फाटो रैछ !
ओठबीच तृणा च्यापी अंगालोमा कस्थे सधैं
माया गर्न जानिन कि, कस्तो त्यहा राँटो रैछ !
राजन कोइराला
टेक्सास, अमेरिका
(स्रोत : रचनाकारको ब्लगबाट सभार)