~आनन्द पौड्याल~
म सूर्य हुँ
रवि, घाम, बेला अनि सुर्जे भन्छन् मलाई
मेरा सन्ततिले साष्टाङ्ग डण्डवत् गर्दै
नियमित परिक्रमा गरिरहन्छन् मेरो
प्रकाशद्वारा अन्धकार चिर्छु मैले
सधैँ सधैँ ताप अनि राप दिन्छु मैले
निसर्त वात्सल्य प्यार दिन्छु मैले
म बीना हावा पानी अनि प्रकाश छैन यहाँ
म बीनाको संसार अन्धकारपूर्ण हुन्छ यहाँ
म बीना संसार हिँउको डल्लो सम्झेँ मैले
म बीनाको संसार सून्य देख्छु मैले
दम्भरहित असीमित शक्ति छ म मा
म अन्तरिक्षको एक बल्दो लोक हुँ
संसारभरि निष्पक्ष न्याय दिन्छु मैले
निजी स्वार्थ भन्ने केही छैन म मा
साझा हितको निम्ति निरन्तर खट्छु म
संसारी यात्रामा बीना रोकतोक डुल्छु म
अविच्छिन्नरुपमा जहाँ कहीँ पुग्छु म
विश्वको एकमात्र अविभावक हुँ म
उदय र अस्तयको भान गराउँछु मैले
खासमा म न उदाउँछु न अस्ताउँछु
सधैँ सधैँ आकाशमा अटल रहन्छु
अन्धकार अनि प्रकाश स्वीकार्छु मैले
यी दुईको मिलन हुन सक्दैन कहिल्यै
ग्रह र उपग्रह मेरा सन्तान हुन
सन्तानको गति र क्षमता याद छ मलाई
सधैँ हरेकसँग समीप हुन चाहान्छु म
किन कि विशाल शक्तिपुञ्ज सूर्य हुँ म ।
टो.न.पा.८, नवजागृति टोल, काठमाडौँ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )