~इश्वर देवकोटा~
तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि,
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
चेतना को दियो सल्काउदै तिमि धर्तीमा ओर्लिदा
आशु नि हासो बन्दथ्यो हाम्रो तिमीले बोल्दिदा
अनन्त सम्म हिजोको नाता नभुल्नु हे हरि !
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
कतिन्जेल लुक्छस लुटेर खुशी अनायश जहिले नि
नियति तेरो षडयन्त्र कस्तो बुझिन्न कहिल्यै नि
शिशा झैँ फुट्छ सपना सबको बुझ्नु नि हे हरि !
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
थाहा नै छैन यात्रा को टुंगो हाम्रो यो जीवनको
सहाश नै तिम्रो बन्ने छ साथी आखिरी सम्म को
सुम्पेर गइन मीराले सबथोक सम्हाल्नु हे हरि !
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
तारा भै चम्कि रहलिन मीरा सम्झेर हे हरि,
उर्लियो आज आशुको नदि सहन्छौ कसरि !!
-2011-05-10
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)