~राकेश कार्की~
सूर्य तिम्रो रुप प्रचण्ड
नबिराए पनि के को दण्ड
उफ् भतभत पोल्ने गर्मी
ग्रीष्म ऋतु रहेछ अधर्मी
तालु ताती ओठ सुक्छन्
योद्धाहरु मुर्छा पर्छन्
मीठो जीवन सल्की दन्दन्
घोर्ले वैंश हुर्हुरी बल्छन्
हिँडु आत्था पैताला पोल्ने
उष्ण ज्वाला लु चल्ने
स्वतन्त्रता मनैमा डढ्छन्
प्यास लागि इच्छा मर्छन्
ऐया भन्छन् रगत तातो
कुवामा हेर्छन् बारुद तातो
नचिनिने शरीर डढी कालो
जीउँदै झोसन्छन् पालै पालो
पेटमा आगो बलिरहेछ
हातमा राँको जलिरहेछ
आशा विश्वास होम्मिरहेछन्
हरेक प्राणी तड्पिरहेछन्
गर्मी तिमी न्यानो होऊ
घमण्ड छोडी प्यारो होऊ
भेदभाव ईर्ष्या रीस जलाऊ
हेपाहा प्रवृति खाक बनाऊ
बाधा अड्चन केतु र राहु
समाजका शत्रु झोस्न जाऊ
हरेश आँटलाई उर्जा देऊ
पौरख हातमा पसिना बगाऊ
विन्डसर विश्वविद्यालय, क्यानाडा
Tanneri Issue 11 – Kartik, 2062
(स्रोत: तन्नेरी डट कम)