गजल : हुन देऊ आज

~बिभोर बराल~

जति-जे हुन्छ हुन देऊ आज
अघाउँजी मलाई रुन देऊ आज

धेरै मैलो लुकेको छ यो मनमा
सफासँग त्यसलाई धुन देऊ आज

सँधै-सँधै धरतिमै लडिरहें म
उठी आकाशलाई छुन देऊ आज

साह्रै लामो लाग्दैछ औंसीको रात
सगरमा नौलो जून देऊ आज

न कालले अँगाल्यो न जिन्दगीले
विभोरलाई कसैको हुन देऊ आज

Bibhor Baral ,
Tangal, Kathmandu, Nepal

(स्रोत: तन्नेरी डट कम – Issue 6 – Jestha, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.