गजल : एउटा प्रहार गर

~बिपिन शर्मा~

अचुक एउटा प्रहार गर
धारिलो अझै तरवार गर

म भाग्न सक्छु उम्केर
मजबुत तिम्रो छेकबार गर

म पस्न सक्छु दिलमा
बन्द त्यसको द्वार गर

म टेक्न सक्छु आँगनमा
निषेधित मलाई आधार गर

म भर्न सक्छु सिउँदोमा
पराधिन तिम्रो निधार गर

म बाँच्न सक्छु यस्तैमा
चिता अव यो संसार गर ।।

Bipin Mishra
Gairi Dhara, KTM

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.