गीति कविता : आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले

~लता शर्मा~

आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००
आमाको काखमा बस्दा स्वर्ग सरी दिन थियो ।।
आमाको सम्झना आउँदा आँसु झरी रह्यो ।
आमाको साथ पाउँदा म संसारकै सुखी थिएँ ।।
आमाको काख नपाउँदा अहिले टुहुरो भएँ ।
०००
आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००
आमा मेरो दुःखको भारी बिसाउने छहारी थियौ ।।
आमा दुखेको मनको मेरो तिमी मल्हम थियौ ।
आमा आफु भोकै भएर पनि भोक लुकाउँदथ्यौ ।।
आमा भोको छ नानी भन्दै मलाई खुवाउँदथ्यौ ।
०००
आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००
आमा कहाँ पाउनु अब तिम्रो कोमल काख ।।
आमा अनुभूति गरुँ अब कहाँ अनुपम स्वर्ग ।
आमा मलाई कस्ले दिन्छ अब माया र ममता ।।
आमा नभए दुखेको घाउको मलहम छैन अबता ।
०००
आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००
आमा भोकै हुँदा अहिले म आँसु पिएर अघाउँछु ।।
आमा मन दुख्दा अहिले आँसुकै मलहम लगाउँछु ।
आमा धरती माता आमा कर्म दाता थियौ तिमी ।।
आमा संसार कै महान जन्म दाता हौ तिमी ।
०००
आमा सन्देश पठाउँछु चिठ्ठी लेखेर आँसुले ।
आमा पुर्याउँछ तिम्रो सामु मनको हुलाकीले ।
०००

२०७६ वैशाख १९ गते
सन्दर्भ : आमाको मुख हेर्ने औंसी

–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.