~शेखर बिकल्प~
एकदिन पक्कै बोलाउनेछन् ईश्वर आएर !
यस्तै सोँच्छु हरेक बिहान जल चढाएर !
साथी – सुख, दु:ख दुबैलाई मान्न खोजेँ
तर खुशी तर्कि हिँड्छ आँखा जुधाएर !
सिरानीलाई उल्टो पारी हेर्दा यस्तो लाग्छ,
सबै रुन्छन् प्रियसीको तस्विर उठाएर !
कैलेकाँही खबर पनि पठाऊँ कि हुन्छ,
आकाशमा उडिरा’को चरी बोलाएर !
विकल्पलाई कति सताउँछस् ए जिन्दगी,
वियोगान्त गजलकारको नाम भिराएर !
– शेखर बिकल्प