कविता : आमाको उपदेश

~आनन्द पौड्याल~

पैसाको निम्ति नजाउ पर मातृ नै छोडेर ।
अशक्त हुँदा को होला हेर्ने माया नै गरेर ।।
परदेश गई के नै पो होला स्वदेश गुमाई ।
फर्क हे प्यारा आमाको विन्ति बसौँला रमाई ।।

मनुष्य चोला पाएर तिमी खुशी हौ जहिले ।
यो चोला खोजी पाउने छैनौ तिमीले कहिले ।।
सन्तान खुशी राखौँला भन्ने मातृको रहर ।।
नतीजा पनि असल ल्याई बने है अमर ।

मातृको मुहार हँसिलो पार्दै तिमी नै रमाए ।
जीउन निम्ति चाहिने मात्र सम्पत्ति कमाए ।।
मातृको सेवा गरेर पनि धन र सम्पत्ति ।
धनको निम्ति कल्यिै पनि नल्याए विपत्ति ।।

वात्सल्य माया पाउँदा पनि काँ जान्छौ छोडेर ।
असल कीर्ति दिए है तिमी त्यो बाटो मोडेर ।।
अक्षम सेवा गरे है तिमी सक्षम बनेर ।
माटो मै आयौँ माटो मै जाने माटो मै मिलेर ।।

मिति २०७५ साल पुस, २७ गत,े
शुक्रबार, नवजागृति टोल, काठमाडौँ ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.