कविता : म

~सौगात भुर्तेल~

म भ्रमको खेती गर्दिन सत्यतामा जिउने प्रण गर्छु
ती फिक्का सपनामा आफ्नै सोचले बुट्टा भर्छु ।
मेरो चट्टानमा पनि फुल फुलाउने ईछ्या छ
किताबमा विश्वास छैन मलाइ किनकि आफै भित्र शिक्षा छ ।।

अनियन्त्रित बनाई नरोक मेरो लक्ष्यलाई
यमराजले लग्या छैन मेरो सैतान पक्षलाई ।
नयाँ छ मेरो जोस नयाँ नै छ जाँगर
तिमीले मलाई रित्याउलाऊ तर रितिदैन मेरो सोचको सागर ।।

म एउटा चट्टान हुँ पहाडको अड्डान हुँ
त्यसैले फुटाउन नखोज मलाई म कति बलवान् छु ।
म तराईको जमिन हुँ हो अन्न फलाउँछु
म आफ्नो बिद्धवान हुँ तर अरूको लागि मूर्ख कहलाउँछु ।।

म बर्खाको असिना हुँ गड्याङ गुडुङ गर्दै बर्सन्छु
म वसन्त ऋतुको फुल हुँ बास्ना छर्दै फक्रन्छु ।
म प्रकृति हुँ आफ्नै तालमा चलिदिन्छु
अौँला नउठाउ मेरो सिद्धान्तमा म छिन् मै नयाँ आयाम बनिदिन्छु ।।

सौगात भुर्तेल
धरान बिजयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाइएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.