~किरण खरेल~
मानिसदेखि तर्सी तर्सी म भागिरहेछु
मलाई कोही नडाक राक्षस बनाउन
मानिसदेखि तर्सी तर्सी
यहाँ सत्य बिक्छ यहाँ माया बिक्छ
सबैभन्दा सस्तो यहाँ मानिस बिक्छ
जगत् स्वर्ग पार्छु भनी भन्ने मान्छे
बालकलाई झुक्याएर विष पिलाउँछ
कसोरी सहुँ अन्याय धोखा यस्तो
कसोरी रहुँ चुपचाप मुर्दा जस्तो
मानिसदेखि तर्सी तर्सी …….
घरघरमा दानबको पूजा गरिन्छ
मन्दिरमा भगवानको हत्या गरिन्छ
यहाँ शान्ति ल्याउन जन्मेको मान्छे
कोलाहल मचाइ बहुलाई रहन्छ
कसोरी पिउँ रगत मिसिएको पानी
कसोरी जिउँ पापलाई पुन्य ठानी
मानिसदेखि तर्सी तर्सी ………..
रचना : किरण खरेल
सङ्गीत \ स्वर : ओमकार गर्तौला