~अज्ञात~
मेरा अघिका कल्पना कल्पिकल्पी बिलाए
देखेका ती सपना तिमीसँगै हराए
परपरका तारा गनिगनी रात बिताए
वरवरका सारा गनिगनी हो गुमाए
मेरा अघिका कल्पना
बिर्सी सकेको गीत सम्झिसम्झि एक्लै म गाउँछु
छुटिसकेको प्रीत पाएदेखि तिमीमा पाउँछु
मेरा अघिका कल्पना
देऊ मलाई सहारा आऊ आऊ नगिकै आऊ
मैले चिनेका बुझेका मिठा कुरा ती सुनाऊ
मेरा अघिका कल्पना …………
मेरा अघिका कल्पना
शब्द :
सङ्गीत तथा स्वर : शिवशङ्कर