कविता : ताप्लेजुङ डाँडैमा

~लता शर्मा~

भुरुरु उडेर गयौं सातैजना, ताप्लेजुङ डाँडाँमा ।
धुरुरु रुवाउँदै फर्कियांै पोको परेर झोलामा ।

दुई हजार पचहत्तर साल, फागुनको पन्दै्रमा ।
बुधवारको दिन थियोे, मौसम पनि डम्ममा ।

चुहान डाँडाँ एयरपोर्टको निरीक्षण गर्न भनी ।
पर्यटन संस्कृति मन्त्री रविन्द्र अधिकारी अनि ।

निजी सचिव युवराज दाहाल प्रधानमन्त्रीका ।
वीरेन्द्र श्रेष्ठ नागरिक उड्डयन प्राधिकरणका ।

इन्जीनियर ध्रु्रवराज पनि साथै जाँदा भए ।
आङछिरिङ शेर्पा पर्यटनका, व्यवसायी थिए ।

ताप्लेजुङ चुहान डाँडाँ एयरपोर्टको निरीक्षण गरी ।
पाथिभरा माताको दर्शन गर्न उडान भरे फेरी ।

अंगरक्षक अर्जुन पनि साथैमा गएका थिए ।
पाथिभरा नजाऊँ भनी विन्ति गरेका हुन् रे ।

पाइलट प्रभाकर थिए, ताप्लेजुङ उडान भरने ।
मौसम पनि डम्म छ, भनेका उडान नगरने ।

हिमपातले झुक्यायो कठै, तिम्रो छैन दोष ।
दिन्छौं श्रद्धाञ्जलि सबैमा स्वर्गै होस् बास ।

पर्यटन संस्कृति मन्त्री रविन्द्र, डाँडाँमा अस्तायौं ।
नेपालको मुहार फेर्ने तिम्ले आस मात्र देखायौं ।

उडि हिंड्नेको हुँदैन भर, आकाशमा गयो सास ।
घरमा फर्किने बेला कठै झोलामा आयो लास ।

२०७५/११/२२
सन्दर्भ : ताप्लेजुङ हेलिकेप्टर दुर्घटना-

–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके

(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.