~सिर्जना सिंखडा~
बामे सर्दै थिएँ बिस्तारमा
अनि कोही आएर तल झारी दिए
माथि जाने कयौ कोशिस गरेँ
सकिन कसै गरेनि सकिन
के म गलत थिएँ र ?
हिम्मत हारिन प्रयास गरिरहेँ
चोट लाग्यो रगत बग्यो
रोए आँशुले झनै च¥यायो
डाँको छोडेर रोएँ
के म गलत थिएँ र ?
म रुँदा पनि डिस्टर्व भयो रे
चोटको दुखाइमा पो रोएकि थिएँ
फेरि घाउमा नुन छरेर गए
सहन कठिन भयो बेहोसी बनेँ
के म गलत थिएँ र?
-धावा-२ गोरखा
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )