~लता शर्मा~
ए आँधि वेरी तँ बैरो, अनि अन्धो रहेछस् ।।
प्रकृतिको बिनास गरी आफु बन्दो रहेछस् ।
धुलो उड्यो आकाशमा भयो कुईरी मण्डल ।
हाहाकार मच्चियो जताततै भयो खलबल ।।
कोई रुन्छन् चिच्याउँछन् कोई अचेत छन् ।
मोटर कार उडेर आकाशबाट भुइँमा खस्दछन् ।
सबै विजुलीका पोल रुख र घरहरु पनि ढले ।।
ज्यानै गुमाए निर्दोषले घरै भत्की घाइते भए ।।
आएका घरमा दिनभरको थकान मेट्न भनी ।
पाकेको गाँस साँझमा तैले नदिई खान पनि ।।
गरीबलाई दुःख दिई आफै मात्र बाँच्दो रहेछस् ।
खोजी–खोजी दुःखीलाई तैंले ताक्दो रहेछस् ।।
भुँमरी पारेर आकाशमा उडाउने तँ सुरो रहेछस् ।
गरीब दुःखीको चित्कार नसुन्ने तँ बैरो रहेछस् ।।
टाका लागेको छैन, भूकम्पले चिरापारेको मन ।
गरीब दुःखीकै उडाइस सपना तेरो आँखा छइन ।।
त्यसैले त भन्छु ए आँधिवेरी तँ अन्धो रहेछस् ।
प्रकृतिको विनास गरी आफु बन्दो रहेछस् ।।
२०७५/१२/२०
सन्दर्भ : वारा पर्सामा आएको विनासकारी आँधिवेरी
–लता शर्मा,
दाङ हलवार
हाल, नेपालगञ्ज–१२, बाँके
(लेखिका शर्मा सामाजिक कार्यकर्ता र सामाजिक अभियन्ताको रूपमा विगत २० वर्षदेखि नेपालगञ्जमा क्रियाशील हुनुहुन्छ ।)
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )