गजल : दिलले कहाँ हुन्छ यहाँ ?

~हीरारत्न श्रीशा~

मानिस ठूलो जातले हुन्छ दिलले कहाँ हुन्छ यहाँ ?
रेटी रेटी निस्किएको मिठो कहाँ धुन छ यहाँ ?

एक वर्गलाई दबाइरहे उच्च ठान्दो रैछ मान्छे
घमन्डले नै शिखर छुन्छ, विचारले कहाँ छुन्छ यहाँ ?

छोइछिटो गर्नेहरु क्रान्ति गर्ने कुरा गर्छन्
पिल्सीपिल्सी बसेपछि आवाज कहाँ सुन्छ यहाँ ?

उसकै कला पसिनाले यो समाजलाई रंग्याउँछ
जसले समाज सजाउँछ उसको कहाँ गुन छ यहाँ ?

मलाई जस्तै तिमीलाई व्यवहार गरेपछि थाहा हुन्थ्यो
मानव धर्म नबुझ्नेको मन कहाँ रुन्छ यहाँ ?

मानव सबै समान छन् तर उनको नजरमा
गैरदलित र दलितको समान कहाँ खुन छ यहाँ ?

– अर्घाखाँची (हाल कुवेत)

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ३५ – July 17, 2013 – २०७० श्रावण २ गते, बुधबार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.