कथा : शान्त शान्ता

~रीता खत्री~

शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्ता पनि छोराछोरी भएनन् । बरू उनलाई एकाएक ब्लडक्यान्सर भयो । समयले आफूमाथि जति नै ठूलो घात गरे पनि विवेककी खानी शान्ता हाँसेर जीवन बिताउँन चाहान्थिन् । व्यथाले खपिनसक्नु गरेर च्यापेपछि मात्र उनको अनुहारमा अँध्यारो छाउँथ्यो ।

“कसरी सक्छ्यौ शान्ता तिमी यतिबिध्न व्यथा खप्न ? आफू त रुघा लाग्यो भने पनि हैँ हँै हुन्छु ।”

“बिन्दु परेपछि चाल पाउँछ्यौ । अहिले निरोगी छौ अनि यस्तो कुरा गछ्र्यौ ।”

‘अँ त्यसै भएर होला तर म त त्यतिबिध्न रोगी भएर बाँच्न सक्दिन । बरू आत्महत्या गरेर मरिदिन्छु ।”

‘तिमीले भनेजस्तो सजिलो छैन आत्महत्या गर्न बिन्दु Û हेरन त्यो उर्मिलाले आत्महत्या गर्न नखोजेकी हो र ? आत्महत्या गर्न रूखको हाँगोमा झुन्डिदा हाँगै भाँच्चिएर भुइँमा झरी र मर्न सफल भइन । अहिले ढाड भाँच्चिएर घरैमा थुपि्रएकी छे । जसलाई जसरी मर्न लेखेको छ, त्यसले त्यसरी नै मर्नुपर्छ बिन्दु । आफूले चाहेको जस्तो सहज जीवन हुने हो भने यहाँ हरेक मान्छेले पीडाको आगोमा जल्नुपर्ने नै थिएन । यो संसारका सबै दुःखीयाहरूले दुःखबाट मुक्ति पाउनका लागि आत्महत्या गरे त भइहाल्थ्यो नि Û किन त्यसो गर्न सक्दैनन् त मान्छेहरू ?

म मौन रहँे उसको प्रश्नको उत्तर दिन सकिँन । त्यत्तिकैमा शान्ताका श्रीमान् एउटी दुब्ली पातली र रोगीजस्ती देखिने एउटी केटीलाई लिएर अफिसबाट घर आए । ‘शान्ता, ऊ कुसुम हो । तिमीलाई यसो बोल्ने साथी हुन्छ भनेर ल्याइदिएको भन्दै प्रभात भान्सा कोठातिर गए ।’

म जुरुक्क उठेँ र आˆनो घरतर्फ आएँ । सोचेँ “शान्ता रोगी छे घरको काम गर्न सक्दिन भनेर प्रभातले भान्सेकेटी खोजेर ल्याएछन् । कति माया गर्छ प्रभातले शान्तालाई । त्यस्ती रोगी स्वास्नीलाई पनि रातदिन स्याहारेर बसेका छन् । आˆनो त कर्मै फुटेको Û एक दिन बिरामी भएर सुतेँ भने पनि आफू चाहिँ टन्न होटेलमा धोकेर आउँछन् र मस्त अर्कोतिर मुख फर्काएर घुर्न थाल्छन् । आ, बरू त्यसै गरेको ठीक छ । घरमा ल्याएर नोकर्नी राखेका केटीसँग घरमालिक सल्किएर घर मालिक्नीको बिजोक भाका पनि त कति छन् नि । म त जेसुकै होस् घरमा ल्याएर नोकर्नी त राख्दिनँ । बरू घरको सबै काम आफैँ गर्छु ।”

शान्ता बरण्डामा बसेर घाम तातीरहेकी थिई । हिजो उसको लोग्नेले ल्याइदिएकी केटीले उसको कपाल कोरीदिइरहेकी थिई ।

के हो स्याहार गर्ने मान्छे त दरै पाइएछ नि शान्ता ? मैले उसलाई जिस्क्याएँ ।

अँ बिन्दु, अब प्रभातलाई पनि अलि बोझ कम हुने भयो । कुसुमको पनि उदार नै हुने भयो । हेर न विवाह भएको एक महिना पनि नबित्तै विचरीको लोग्नेलाई अज्ञात समूहले अपहरण गरी मारिदिएछन् । लोग्ने मरेपछि हामी नारीहरू ब्ाोक्सी हुने चलन अझै हटेको छैन । ऊ बोक्सी कहलाई छ, विस्थापित भइछ घरबाट, माइतीबाट र समाजबाट । गाँउबाट बाँच्नको निम्ति सहर पसेकी कुसुमलाई भोकले छट्पटाइरहेको अवस्थामा प्रभातले फेला पारेर घर लिएर आएछन् । साह्रै उदार छ प्रभात । दीनदुःखीको सेवामा तन, मन, वचन र कर्म दिएर लागेको छ । बिन्दु हामी सबै जना केटाकेटी हँुदा मात्र खुसीले रमाउन पाउँदारहेछौँ । उमेर ढल्कँदै गएपछि मान्छेलाई जिम्मेवारीको जाँतोले पिँध्दै जाँदोरहेछ । कुसुमको उपस्थितिमा म एकदमै खुसी छु ।

त्यो त ठीकै हो तर लोग्नेमान्छेको जात केटी देखेपछि ….Û अलि होस् गर, फेरि सौता बन्ली नि Û

एउटी न्ाारीले अर्की नारीलाई आफूजस्तै सोचेर हेरे त भइहाल्यो नि, किन सौताको रूपमा हेर्ने । फूलको एउटै बोटमा सयौँ फूलहरू फूलेका हुन्छन् तर फूलले कहिल्यै एकले अर्कालाई सौताको रूपमा हेर्दैन तर हामी नारीले सधैँ एकले अर्कीलाई सौता देख्यौँ, दुश्मनको रूपमा हेर्‍यौँ ।

बिन्दु तिमी त आफू नारी भएको आधारमा अर्की नारीको सम्मान गछ्र्यौ होला भन्ने सोचेकी थिएँ तर धारिलो छुरा प्रहार गर्दिरहिछ्यौ । लोग्नेलाई आˆनो वशमा राख्न खोज्दिरहिछ्यौ अरूको स्वतन्त्रता खोसेर अरूलाई आफूमा समर्पित गराउन खोज्दिरहिछ्यौ तर याद राख बिन्दु तिमीले लगाएको लगामले तिम्रो लोग्नेलाई एकै ठाउँमा बाँधिराख्न कदापि सक्दैन । मान्छेले जिम्मेवारी पूरा गर्दै स्वतन्त्र भएर बाँच्न पाउनुपर्छ ।

‘शान्ता जतिसुकै आदर्श फलाके पनि तिम्रो लोग्ने अहिले कुनै परस्त्रीसँग टाँसिएर बसेको तिमी हेर्न सक्छौ ?’

सक्छु बिन्दु, म अशक्त भएदेखि नै प्रभातले अर्की विवाह गरोस् भन्ने चाहनामा छु तर उसले मेरो खुसीको निम्ति आˆनो इच्छा, चाहना र आकाङ्क्षालाई मारेर बसिरहेको छ । ढिलोचाँडो म मरिहाल्छु, तिमी एक्लो जीवन कसरी बिताउँछौ भनेर बारबार अनुनय गर्दा पनि उसले मेरो कुरा सुनिरहेको छैन । स्वास्नी अगाडि मर्ने लोग्नेहरूको साह्रै बिजोक भएको देखेको छु । छोरीबुहारीहरूलाई आमाको सेवा गर्न जति सजिलो हुन्छ बुबाको सेवा गर्न गाह्रो हँुदोरहेछ । छोराहरू घरमा बस्न पाउँदैनन् ।

अँ त्यो त हो । यति भनेर म शान्ताको घरबाट बाहिरिएँ । मेरो घरको झ्यालबाट उसको भान्साकोठा स्पष्ट देखिन्थ्यो । शान्ता आˆनै कोठामा थिई । कुसुम र प्रभात दुवै भान्सामा गफ गर्दै खाना पकाउँदै थिए । मेरो कन्सिरी तातेर आयो । त्यो बिरामी शान्ता भन्न त जे पनि भन्छे नि तर सौता भनेको मुटुकै किलो हो यस्तो पाराले त भएन, गएर शान्तालाई सचेत गराउनु पर्‍यो । मैले मनमनै सोचेँ ।

…….एकदिन कुसुम र प्रभात दुवै नभएको मौका छोपेर मैले शान्तालाई सम्झाउन खोजेँ । “हेर शान्ता त्यो कुसुम आएदेखि तिमीलाई प्रभातले त्यति राम्रो हेरचाह गरेको पनि छैन । फेरि जहाँ जाँदा पनि दुई जनालाई किन लठारिएर हिँड्नुपरेको । ऊसँग सँगै बस्न पाउने अधिकार त तिम्रो हो । तिम्रो अधिकार खोस्दै छे त्यसले । स्वास्नीको आँखा छलेर केटीसँग हिँड्ने लोग्नेमान्छे त थुप्रै देखेकी थिएँ समाजमा तर तिमीले त कसरी टुलुटुलु हेर्न सकेकी Û आˆनो लोग्ने आˆनै आँखा अगाडि परस्त्रीसँग टाँसिएर बसेको । म भा त जगल्टासगल्टा छरेर कहाँ पुर्‍याएइदिन्थेँ ।”

‘हो बिन्दु, अहिले तिमीसँग शक्ति छ तिमी राम्री छ्यौ । कुनै बेला म पनि तिमीजत्तिकै राम्री र शक्तिशाली थिएँ । मलाई पूर्ण विश्वास छ त्यो क्षण मैले प्रभातलाई पूर्णरूपमा शारीरिक सन्तुष्टि दिएकी थिएँ । त्यति हुँदाहुँदै पनि प्रभातले लतालाई प्रेम गथ्र्यो । त्यो क्षण, त्यो समय मैले पनि चाहेकी भए लताको जगल्टा छर्न सक्थँे तर म सुरुदेखि नै ‘प्रेमले मान्छेको जस्तोसुकै कठोर हृदयलाई पनि पगालिदिन सक्छ तर विद्रोह र घृणाले मान्छेको मन जित्न सकिँदैन, भन्ने कुरामा विश्वास गर्थे । मैले लतालाई पे्रमले पगालेँ । मेरो व्यवहारप्रति सन्तुष्ट लता प्रभातबाट आफैँ टाढिई । के गर्ने बिन्दु अहिले भए त म लतालाई प्रभातबाट अलग्याउने थिइँन तर त्यतिबेला प्रभातका लागि म नै काफी थिएँ र लताको आवश्यकताको महसुस गरिनँ । अहिले त उसको बिहे भइसक्यो, छोराछोरी भइसके । मैले लतालाई आफूबाट अलग्याउन प्रेम गरँे तर तिमीले कमलालाई आफूबाट अलग्याउन जगल्टा छर्‍यौ आखिर के पायौ तिमीले ? आˆनै रिस र घमण्डको कारण जवानीमै पतिबाट त्यागिएर बस्नुपरेको छ । लोग्नेमान्छेलाई अर्को बिहे गर्न सजिलो हुन्छ तर हामी नारीहरू त्यो गोबर हाँै, जसलाई जूठो लोटाउनको निम्ति प्रयोग गरिन्छ र बेवारिसे जुठेनमा मिल्काइन्छ । वेश्यासँग लोग्नेमान्छेहरू केही क्षणको लागि रमाइलो गर्छन् । प्रशंसा गर्छन् तर आˆनी स्वास्नी बनाएर जीवनभर आˆनो साथ राख्न सक्दैनन् । जिन्दगी लामो छ बिन्दु । म त पुरुषहरूलाई आदर गर्छु । उनीहरू हामी नारीहरूका संरक्षक र साहारा पनि हुन् । परापूर्वकालदेखि नै हामी नारी र पुरुषहरू एकअर्काका परिपूरक हँुदै आयाँै । यी दुवैबिना संसारको सृष्टि नै सम्भव छैन । …..शान्ता बहकिरहेकी थिई । म केही नबोली जुरुक्क उठँे र घर गएँ । जताततै अँध्यारो देखँे । केशवलाई निकैबेर सम्झेँ । मेरो रुखो व्यवहारलाई मायाले पगाल्न खोजेको थियो उसले तर त्यतिबेला मेरो मन संवेदनाहीन बगर भएको थियो । म ऊ कुनै केटीसँग नबोलोस् भन्ने चाहान्थेँ । कोहीसँग बोल्यो कि शङ्का गर्थे, बाझ्थेँ, भाँडभैलो गर्थे । उसलाई घरमा बस्न अप्ठेरो बनाइदिन्थेँ । तैपनि मेरो व्यवहार चुपचाप पचाएको थियो उसले तर जुन दिन कमलालाई कुटँे र सार्वजनिक बेइज्जती गरेँ त्यही दिनदेखि उसको मन भाँचियो । ऊ कमलालाई लिएर अन्तै बस्न थाल्यो । मैले मुद्दा हालेँ । उसले कमाएको आधा तलब सधैँ मलाई पठाइदिन्छ । म उसैको कमाई खाएर निर्धक्क बसेकी छु । केशवले मलाई मायाले सुम्सुम्याउँथ्यो तर सम्पतिले त्यसो गर्दो रहनेछ । ऊ कमलालाई अगाध प्रेम गर्छ । कमलाले पनि उसलाई त्यति नै प्रेम गर्छे । शान्ता तिमीले भनेको कुरा साँच्चिकै हो रहेछ । मायाले जस्तोसुकै पत्थर हृदयलाई पनि पगाल्दोरहेछ विद्रोह र घृणाले मान्छेको मन जित्न सकिदोरहेनछ । म एकाएक शान्ताको काखमा गएर घोप्टिएँ र रुँदै पोखिएँ- शान्ता म किन तिमीजस्ती उदार हुन सकिँन । मैले सधैँ केशवको अगाडि अहम् र घमण्ड गरेँ । तिमीजस्ता थोत्रा बूढा त कति पाइन्छपाइन्छ भनेर आडम्बर फलाकेँ तर अचेल तिमीदेखिबाहेक कसैले पनि ममाथि सहानुभूति राख्दैनन् । छुच्ची र घमण्डी आइमाई भनेर परैबाट मुण्टो फर्काएर हिँड्छन् । अहम् र घमण्डले मैले केशवको मन जित्न सकिन तर कमलाले उसलाई हृदयको बगैँचामा फुलाएकी छे । एकैछिन छुट्टँिदैनन् । जब रात पर्छ सबैका घरका कोठाकोठामा झ्यालका पर्दाहरू बन्द हुन्छन् । अनि म एक्लै कोठामा असह्य वेदनामा छट्पटाउँछु । एक्लै जीवन काट्न साह्रै गाह्रो हुँदोरहेछ शान्ता । मान्छेलाई मायाका साथसाथै कुनै बेला शरीरको पनि आवश्यकता पर्दोरहेछ ।

बल्ल कुरा बुझिछ्यौ बिन्दु Û त्यही भएर त म प्रभात र कुसुमलाई बिहे गराउन खोजिरहेकी छु । म त जुन बेला पनि मर्न सक्छु, मेरो जीवनको के भर छ र । शान्ता र बिन्दुको कुरा चल्दाचल्दै प्रभात अफिसबाट आएर शान्ताको छेउमा बसे । कुसुमले चिया नास्ता ल्याइदिई । चियाको गिलास समाउँदै प्रभातले भने- “ठ्याक्कै तिम्रैजस्तै स्वभाव छ कुसुमको पनि शान्ता ।” कहिल्यै कुसुमको बारेमा केही नभन्ने प्रभातले आज कुसुमको प्रशंसा गरेको सुन्दा शान्ता एकदमै खुसी भई र भनी- “कुसुम तिमीलाई धेरैधेरै धन्यवाद, अब मेरो इच्छा पूरा हुने भयो, म ढुक्कले मर्न पाउने भएँ । मन मिलेपछि यहाँ नहुने भनेकै के छ र Û मान्छेले जित्नुपर्ने सबैभन्दा ठूलो कुरा मन हो बिन्दु । अहम्, रिस, विद्रोह र घमण्डले त मान्छेलाई पतन गराउँछ । बिन्दु अब तिमीले पनि घमण्डलाई त्यागेर आफूभित्र ममताका नदीहरू बगाउनेछ्यौ भन्ने कुरामा म विश्वस्त छु । यति भन्दै उसले कुसुमको हात समातेर प्रभातको हातमा राखिदिई ।

प्रभात एकाएक रोयो र बहकियो- ‘तिम्रोजस्तै स्वभाव भएकी कुसुमलाई पनि भगवान्ले छिट्टै आˆनो काखमा लैजान तिमीलाई जस्तै ब्लडक्यान्सर पठाइदिए भने म के गरौँ ? मलाई यही हालतमा बाँच्न देऊ शान्ता । ‘

त्यसो नभन प्रभात, जिन्दगी लामो छ । त्यो लामो यात्रा एक्लै गर्न उत्तिकै गाह्रो छ । म त एकदमै खुसी छु, भगवान्ले मलाई तिमीबाट छुटाएर लगे पनि कुसुमलाई हामीसामु ल्याइदिएकोमा । मलाई विश्वास छ अब मेरो प्रभातले मेरो अभावमा एक्लिनुपर्ने छैन । विरक्तिनुपर्ने छैन ।

एकाएक उसलाई रोगले च्याप्यो । ऊ मौन भई, बेहोस भई । कुसुम र प्रभात रुँदै उसलाई बोलिदिन आग्रह गरिरहेका थिए ।

म मन थाम्न नसकी घरमा आएर डङरङ्ग भुइँमा पछारिएँ र ईश्वरसँग प्रार्थना गरेँ- ‘हे ईश्वर मेरो उपदेशको खम्बा यति चाँडै लाशमा परिणत नहोस्, मैले भोलि पनि आज जसरी नै ऊ छेउ गएर आˆना मनका भावनाहरू प्ाोख्न पाऊँ ।

(स्रोत : मधुपर्क २०६५)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.