~ठाकुर मान लामा~
हिजोको त्यों गाउँले हर्के
अब त्यों हर्के रहेन
हरिष भनी चिनाउछ आफुलाई
खुट्टा त्यसको भुइमै छैन
छाप्रोको त्यों बास
गाउमै छोड़ने भएछ
नफर्किने बिचार गर्यो
सहरमै महल ठड्याएछ
ऋण जति कति हो कति
बा आमालाई थोपरेर
एक पैसा पठाउदैन
उल्टै माग्छ पठाईदेऊ भनेर
गुन्द्रुक ढिडोमा रमाउने
भन्छ अहिले पच्दै पचेन
आधुनिक खाना थालभरि
कहिल्यै पुग्यो चाही भन्दैन
मोजमस्तिमा रम्दै हिड्ने
गाउँको त्यों पाखा भीर बिर्सिसकेछ
स्वच्छ हावा शुद्ध पानीको सट्टा
कालो धुवा अनि ठर्रा पिउन सिकेछ
गाउँले ती साथीसंगीलाई
आज पाखेको रुपमा चिन्दैछ
कानमा मुन्द्रा, कालो चस्मा लाउने
पराई भए पनि आफ़न्त ठान्दैछ
वाह हर्के
समयले तिमीलाई यस्तो बनायो
वा
तिमीले समयलाई यस्तो बनायौ
त्यों भने बुझ्न बाकी नै छ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)