~दीपक दाहाल~
“तिमिलाई थाहा छ ,झरि परेको दिन मेरा लागि लक्षिण हो “
“कसरि ? “
“जुन दिन मेरो मेट्रिक को रिजल्ट आएको थियो त्यस दिन झरि परेको थियो ,अनि म फर्स्ट डिविजन पास भाकी थिए l” मैले निधार खुम्च्याएर ,ओठ बंग्याएर आरती पटी हेरे, “ए होर्” को भावमा l
“त्यति मात्रेई होइन ,मैले ग्रेजुएश्न लिएको दिन् र यस् कम्पनी मा जइन गरेको दिन पनि झरी परेको थियो l”
मेरो लथा-लिङ्ग परेको डेरा को तारमा झुण्डी रहेको गामछा ले आफ्नो अनुहार पुछतै उनले भनिन l
“अनि झरी परो भनेनै तिम्रो लागि शुभ लक्षण भनि ठान्न थालेउ होकी?” भिजेको सर्ट सिक्वुआ मा झुण्डाउदेइ मैले भने l
“अँ ,झरी पर्नु र मेरो केहि राम्रो हुनुमा कुनेइ अन्ध विश्वास छेन ,झरी परेको दिन् मेरो केहि न केहि राम्रो हुन्छ नेइ l ” आरती आफ्नो “गुच्चि”को पर्स बाट “क्लासिक अल्ट्रा माइल्ड” चुरट निकालेर सल्काउन थालिन lमईले उनका सामु गएर उनको निधार मा मोई खादै उनको ओठ बाट चुरट खोसें l उनले अलिक झरकिदेइ मलाई सोधिन “किन खोसेउ?”
“नारी ले चुरट पिएको मलाई मन पर्देन l” आरती को अनुहार आफ्ना हत्केला मा लिएर मैले भने l उ एकछिन मेरा आखाँ मा हेरी रहिन,त्यहि मौकामा म उनो ओठ चुम्न चाहान्थ्यें तर मलाई ओछ्यान तिर घचेड्देइ भनिन,”चुरट पिउनु के पुरुष को मत्रेइ जन्मसिद्ध अधिकार हो?तिम्रा मुखमा यस्ता शब्द आनन्द ?’
उनको हात समातेर आफ्नो छेउमा बसाउदेइ मैले भने,’होइन,मेरो भनाइ गलत भो ,प्रक्रित मा चुरट पिएको मलाई मन पर्देइन त्यो चाहे नारी हौस या पुरुष l अरे यो धुवाँखाँदा के पाइन्छ ,इ होठ चुरट पिएर ड्डाउन बनिएका होइनन प्रिये, इ माया पाउन बनिएका ‘l मैले आफ्नो नाक उनको छोटो तिखो नाकमा जोड़दै भने l ‘कत्ति छिट्टो कुरा घुमौना जानेका तिम्ले’भन्देइ उ मिस्सिक्क हाँसिन अनि हाम्रो चुम्बन को सिलसिला प्रारम्भ भो l
आरती सित मेरो भेट भाको आज झन्डै छ महिना भन्दा बडी भयो l हामी एउटै कम्पनीमा जागिर खानछों l उ टेक्निकल टिम सम्हालछिनl म मेनपावर सम्भालछुl हामी एक-अर्कालाई राम्रो संगले जान्दछुम;नग्न छुम एक अर्का का सामु तर कहिलै एक अर्का लाई ‘म तिमीलाई मनपराउन्छु’भनि भन्ने मौका नै पायेनौl
मलाई थाहा छ आज भन्दा तीनमहिना जति अघि को कुरा ,त्यसदिन निरोधार पानी परिरहेको थियो l म आफ्नो ढोका भित्र अलमल्ल परि पानी रोकिने इन्तजार मा थिएँ l मेरो अफ़िस जान अबेर हुन लागेको थियो l आरती मेरो घरको छेउ को बाटो अफ़िस ओहोर-दोहोर गर्ने हुनाले त्यसदिन मलाई कल गरेर सोधेकी थिन म कहाँ छु भनि l मैले पानी पर्नाले अफ़िस जान नसकेको कुरा भन्दा उ आयेथिन मलाई लिन l तर त्यसदिन दुबेइको अफ़िस जुवाई भएन l मैले केहि भन्ने अघिनै -केहि गर्ने अघिनै आरती आएर मेरो छातीभित्र पसिन अनि हामी मात्तिएका थिउ l बेलुका पानी रोकिएको थ्यो , तर हामी दुबेइ भिजेर निथ्रुक्क भएका थिउ पसिनाले l
“तिमी सधें यस्तेइ रहनु हे !’आफ्नो छोटो स्कार्ट को हुक लगाई सकेपछि मेरो निधारमा मोई खान्दें उनले भनेकी थिन l
“कस्तो ?यस्तेइ?नाङ्गो ?मैले एउटा पनि धागो नबेरेको आफ्नो नाङ्गो शरीर देखाउदै भने थें l केहि नभनि मुस्सुक्क हास्देइ उ निस्के कि थिन lत्यहि थियो प्रारम्भ l त्यहाँ पछि मैले केहि भन्नेइ पर्देंन थ्यो l जब पनि हामी मिलन चाहनथ्ययूं उ आफै मेरो केबिनमा आऊद्थिन हाई-हेलो भन्ने न्युले,अनि भन्दथिन,”आनन्द ,आज तिम्रो डेरा मा कफि पिउछु, कार पार्किंग मा कुर्नु है मलाई l म बुझी हाल्द्थे l समय भन्दा अघिनै म पार्किंग मा उनको अल्टो एल-एक्ष-आई का सामु पुग्दथे l
तर एउटा अचम्म को बानी थ्यो आरती को l हाम्रो मिलन पछि मेरो नाङ्गो छाती विच आफ्ना आँसु झारदथिन उl मैले दुई -एक पल्ट त्यसको कारण नसोधेको होइन ,तर कहिलेइ सोझो जवाब दिनन उनले l आज पनि आरती को त्यो व्यवहार को केहि परिवर्तन भयको देखिन l मेरो नाङ्गो छातीमा ताता-ताता उनका आँसु का थोप्ला खसे l
“के भो आरती ?तिमीले इ आँसु का राज मलाई कहिलेइ भन्न चाहेनोउ,किन?”मैले व्यग्र भएर उनको अनुहार आफ्ना अनुहार माथि ओड़ाउदै सोधें l उ कही भन्न चाहदैथिन तर त्यतिकेइमा उनको मोबाइल को वाईब्रेशन सुनियो l उनले हतार-हतार आफ्नो पर्श खोलेर मोबाइल निकालेर हेरिन,२५ वटा मिस-कल l “हावी”को नाम मा l म छक्क परे l आरती को लोग्ने पनि छ??इनको बिहे पनि भाको छ??उन्ले मलाई कहिलेइ आफ्नो पति को बारेमा केहि भनेकी थिनन,न उनले सिन्दूर पोते लगाएको देखेको थिएँ l
“के भो आरती ?ओछ्यान बाट उठ्न लागेकी आरतीको हात समात्तेइ मैले सोधें l ” यस्मा तिमी ले जान्नु पर्ने केहि छैन ,” भन्देइ उ बरेण्डा पटी लागिन l बिहान भैसकेको थ्यो झिस-मिसे lम अलिक खिस्सियें l मलाई रिस उठेको थियो l “यस्मा मैले जान्नु पर्ने केहि छैन ! साच्चैं ?? प्रत्यक पल्ट मिलन पछि तिमी आफ्ना आँसु ले मेरो छाती भिजाऊ छोउ ,अनि अहिले भन्चेउ यस्मा मैले जान्नु पर्ने केहि छैन !!”
अलिक झर्किदेइ च्यादर ले आफै लाई छोपतै भंने l उनले केहि जवाब दिनन l बरेण्डा कों ढोका उघार्दै बिहान को न्युज पेपर लिएर फर्किन l आफ्नो नाङ्गो शरीर पेपर ले चोप्तै पाकघर तिर लम्किन l “मैले तिम्रो नाङ्गो शरीर देखि सकेको छु ,पेपर ले छोप्नु पर्देन l मेरो सवाल को जवाब देउ l तिम्रो लोग्ने पनि छ ?तिमी विवाहित होउ ?मलाई किन नभनेंकी ?”
“मैले भनेनी , तिमीले यस्मा जान्नु पर्ने केहि छैन lतिमि पुरुष हरु साला सब एक होउ ,के गर्थेउ तिमि ले जानेर हँ?”
“तिमि रात भरि घरमा छैनौ, तिम्रो लोग्ने ले थाहा पायो भने ?”मैले अलिक नम्र स्वर मा भने l
“थाहा पाए के लछार पाटो लाऊछ l उ पनि त कयौं रात विजनेस भनि गायब रहन्छ के म सोधछु कहा थिस ?को संग थिस ?भनेर l”
ओम्लेट तावा बाट आफ्नो प्लेट मा सार्दै उनले भनिन l येति बेर सम्म मा उनले ओम्लेट तैयार पारी सकेकी थिन l म चुप लागेर हाम्रा लागि काफी बनाउन थालें l नारी लाई बुझ्न कति गारो l कठैबरी आरती को लोग्ने l उसले कहिलेइ थाहा पाउला उसकी स्वास्नी को चर्तिकला l मन-मनै इनेइ कुरा हरु सोच्देइ दुबेई का लागि कफी लिएर म पाकघर देखिन बाहिर निस्कें l आरती आफ्नो ‘पेन्टी र स्कर्ट’ लगाई सकेर आफ्नो ‘ब्रा’ को हुक् लगाउने प्रयास गरि रहेकी थिन l मलाई माया लाग्यो l
“खोइ देउ म बाँधी दिन्छु l’
“केहि बत्तमिज़ी नगरी कन बाँधी दिन्छौ भने मात्तेइ l’’ मलाई हाँस उठो l जो संग सारा रात एउटै बिस्तर मा नाङ्गेइ कट्यो अब उनको ब्रा को हुक् लाउदा कस्तो बत्तामिज़ी देखाउनु होला ?इ नारी लाई बुझ्न साँच्चै नै गारो छ l तर साच्चैं नै मलाई अलिक समय लाग्यो ,आरती को ब्रा को हुक् लगाउन l
“तिमि पुरुष केवल नारी को शरीर बाट लुगा फुकाल्न सिपालु छौ ,एउटा ब्रा बाँध्न एत्रो समय लाग्छ ?साडी लगाई दिन भन्नु हो भने त उमेर नै ढल्ने रहेछ “l आरती झर्किन l मैले केहि भनिनl साँच्चै नै नारी को ब्रा को हुक् बाँध्नु र उन्ही हरु को शरीर बाट जिन्स पेन्ट फुकाल्नु कुनेइ बच्चा को खेल होइन रछ l दुबेइ ले चुप लागेर ओम्लेट काफी खाइम l केवल बेला बेला आरती को अनुहार मा कोर्से कोर्से नजर ले हेरे l कति सोम्य अनुहार आरती को l के इनको लोग्ने ले कहिलै थाहा पाउला ,गए रात इ काहाँ थिन ?के कहिलै मैले थाहा पाउँने छु मेरो छाती मा आँसु झार्ने आरती को मन का ब्यथा ?
मलाई बिदाई चुम्बन पनि नदिकन उ हतार हतार आफ्ना सामान समेट तै भुत-भुताउन थालिन ,”साल्ला ,अब घर गएर सफाई दिनु पर्ने l नारी नभै पुरुष को केहिपनि चल्देन फेरी नारी माथि नै आफ्नो अधिकार खटाउने l नपुंसक साल्ला l
उ मेरा डेरा बाट निस्किएर तल आफ्नो गाडी को ढोका खोल्न पुगिन l मईले पछाडी बाट कराएँ ,”आरती ,अहिले पनि त झरी परि रहेको छ l झरी परेको दिन तिम्रा लागि शुभ हो भन्थेउ l “
उनले सुनिन तर फर्किएर हेरिनन l म दुबेइ हात बाँधी दैलामा अडेसा लागेर जान लागेको आरती को गाडी तिरह हेरि रहे l इनले घर गएर के भन्छिन होला ?रात भरि कहाँ थिए भन्छिन होला ? झरी को प्रकोप झन् धेर हुन थालो ……
– दीपक दाहाल,तेजपुर ,असम ,भारत
(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )