कविता : हराएको जहाज

~डा. सबिता सुबेदी~

आमा उ आयो ,हेर त दाइ आयो,साच्चै आयो |
अनवरत आशाहरु कसिलो पोल्टोमा कसेर,
आँखाहरु रसाउँदै, भारी मन लिएर
निन्याउरो अनुहार, मायाको खाँचो दर्शाउदै
तिम्रो काख खोज्दै आयो |

उमेर ढल्किएका,बन्द ,धमिला आँखा पुछ्दै हेर
गुमाइएका पाखुराहरु सटको बाहुलाले ढाकी,
हतारिएर, पलायन हुदाँको पिडा सुनाउन,
तिम्रै हातको स्नेहले भरिएको, दुधमाम सम्झिदै
एक गास टिप्न आयो |

ल्यायो तिमीलाई मन पर्ने बुट्टे चोली ल्यायो,
ठुस्सिएकी ठानेर, तिम्रा सदाका लागि
चिम्लिएका आँखाहरु उघार्न , मायालु शब्दमा
छोरो पुन्टे सम्बोधन सुन्न , भोकाउँदै
बिरक्तिदै लाचार बनेर आयो |

– डा. सबिता सुबेदी
चितवन
August 16, 2018

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.