~चूडामणि रेग्मी~
प्रदेश नं १ इलामका एकु प्रदेश नं १कै धरानमा घर र प्रदेश नम्वर १ कै चैनपुरमा ४ वर्ष जति भो जागिरे वसेका। झर्रा मान्छे ! नाना रूपका देखेका मेरा टोड्का !उनको हिंडाइ वोलाइ व्यवहार देखेर उदेक मान्छन्।
उनको वस्ने क्वाटर देखेर भने म रुन मात्रै सकिन। ‘हातका मैला सुनका थैला!’रहे छ धन ! सोख ! उनलाई म राम कृष्ण शर्माले ‘कवि ‘ निवन्धमा भने जस्तोसोचे जस्तो भाषामा भन्छु -एकु झर्रो ! कलाप्रेमी !जन कवि जस्तो ! घुमन्ता!ठुलो भएर होइन सामान्य नेपाली भएर हिंड्न जान्ने मन पनि पराउने यस्तो हुन !हो एक र एउटी जोईका साथ जागिर खाएर उभ्रेको समय नेपाली भाषा साहित्य कला फोटो नेपाली धर्ती को उपासनामा समय दिने ,सुदूर चैनपुरको एक कविको यौटा सँगालो भित्र केही मात्र झर्रो हेर्छु।
पुस्तककको नाउँ नौमतीको नौलो सरगम ‘(२०७२ फागुन। ) . गजल सङ्ग्रह।
सङ्ग्रह भित्र नै सङ्ग्रह वारे वोल्ने केही –
१ हेम भण्डारी–लयात्मक लहरमा एकुको नौमती। १३ पातामा ।(ललितपुर )
२ विवश वलिभद्र कोइराला साधारण परिवेशका असाधारण सिर्जना
३। पाताको। (इलाम )
३ सुमि ओस्ती – सौताको कलमवाट।
((चैनपुर ) २ पात़े
४ लेखक्यौली ?एउटा यात्राको निम्तोपत्र २ पाते।
गाताको पछिल्लो पातामा चिनारी छोटो। झर्रो भन्न हुने लेखकको फोटो – चित्र जस्तो।
अरु तिन मन्तव्य-
१ प्रा डा टङ्क न्यौपाने ३ हारे।
२ प्राज्ञ राम धामी नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठान। २ पाते।
३ प्राज्ञ उपेन्द्र पागल मधेसा सुनसरी। ५ हारे।
अरु मन्तव्यको सङ्ख्या र विचार भन्नु भन्दा पहिले पुस्तककको नाउँ
‘नौमतीको नौलो सरगम ‘अनुसार पुस्तकको संरचना हेर्दा सरगमका ७ सुर हुने हुनाले कविले सात सुर सा रे ग म प ध नि एउटा एउटा गजलको क्रमश शीर्षक दिंदै नौमतीका ९ वाजा झैं निम्नानुसारका शीृर्षकमा ७ -७ का दरले ९ भागमा ६३ गजल घन्काएका छन् – झर्रो शैलीले झर्रा विचार पोखेर ।यसो गर्दा झापामा पहिलो झर्रो शैली पसाउने तारा नाथ शर्माले ‘नछुट्टिने दुई मीत ‘शीर्षकमा लेखेको कुरा सम्झाउँछन् एकु। त्यो कुरा हो -विचार र शैली नछुट्टिने दुई मित हुन्। झर्रो शैलीमा झर्रा विचार खोज्दै यो सरगम पढ्ने हो।
नौमती वाजाले सात राग अलापेको जस्तो वनाएका र ती राग हाम्रा माथि उल्लेख भअेका वाजाले पक्रने नपक्राने त ठुलै खोजीको विषय हुन्छ।
भित्र
१ नरसिङ्गा भित्र ३ जनाको मन्तव्य ३
क प्रा डा भीम प्रसाद खतिवडा ,धरान /४ पाते कविता ढङ्गको
ख कवि ज्योति जङ्गल ,विराटनगर। ४ हारे
ग सङ्गीतकार मणिकमल क्षेत्री ,दार्जिलिङ
२ ट्याम्को भित्र३ जनाको मन्तव्य ३
क सागर मणि सुवेदी मणि (धरान )कवितामा ४ हारे
ख फाल्गुणी घिमिरे (इलाम )५ हारे
ग जी बी गजल (इटहरी )२ हारे
३ नगरा/दमाहा भित्र
३ जनाको मन्तव्य ३
क रमेश घिमिरे (धरान )६ हारे
ख मुकुन्द प्रयास (धनकुटा )२ हारे
ग मिश्र वैजयन्ती (उर्लावारी )४ हारे
४ सनही भित्र २ जनाको मन्तव्य २
क हरि नारायण वाँस्कोटा (धरान )५ हारे
ख पुष्प अधिकारी (विराटनगर ) ४ हारे
५ ढोलक भित्र २ जनाको मन्तव्य २
क अभागी थेगुवा (झापा )४ हारे
ख मीना राज वसन्त (भारत पुर् ,चितवन )७ हारे
६ झ्याली।झ्याम्टा भित्र –
३ जनाको मन्तव्य ३
क पन्च विस्मृत ३ हारे
ख तारा बहादुर बुढाथोकी (खाँदवारी )३ हारे
ग सुरज राना -५ हारे
७ करनाल भित्र
२ जनाको मन्तव्य २
राजु दुलाल (इलाम )३+२ =५ हारे
८ तुरही भित्र
२ जनाको मन्तव्य २
क मिलन विछोड (इटहरी )३ हारे
ख तारा पराजुली डाँगी हाट (मोरङ )६ हारे
९ ढिपुली (?) भित्र
२ जनाको मन्तव्य २
क टीका आत्रेय (इटहरी )४ हारे
ख जयराम सुनामी (वाना )७ हारे
यसरी प्रत्येक सात गजल पछि मन्तव्य छ। मन्तव्य सङ्ख्या जम्मा २२ देखिन्छ।
गजल झर्रो शैली र विचारमा रचिएको यो गजल सङ्ग्रह कति गजल र कति मुक्क्तकहो -त्यसको छानविन अर्कै पक्ष हो। यो सँगालो झर्रोलाई ,झर्रो विचारलाई विशेष ढङ्गले प्रयोग गरेको प्रयोगशील कविताको नौलो पुस्तक हो। मैले यो पुस्तक पढ्दा गोपाल प्रसाद रिमाल र भूपीको नौलो अनुहार पाएँ। सायद, नेपाली गजलले पनि अर्को ज्ञानुवाकर र वूँद राना पायो। सरलता लालित्य र सुविचारका धनी थिए आदिकवि भानुभक्त। गजलले त्यस्तै शैलीको नौलो प्रतिभाको रूप पो पाएको हो कि ?ओल्टाई पल्टाई अध्ययन हुनु आवश्यक छ।
सरलतामा गहनता सफल कविको लच्छिन हुन्छ -त्यो छ यो सँगालोका छोटा न अलि ठुला गजलमा ।
म झर्रैको खोजीमा पसेको हुँ। धुतुरु झर्रो भनेको थिएँ -यस्तो रहे छ पढ्दा त – धुतुरु धुतुरु धुतुरु धु !
केही उद्धरण
१ ‘एउटा वाटो गाउँ सम्म ‘खने पछि ___’नौमतीको नौलो सरगम ‘त्यही गाउँ सम्म गजलमय यात्रा गर्ने अभिलाषाले। (लेखक्यौलीको गद्य )
२ चौतारीहरुमा विसाउँदै वस्दै नौमतीको नौलो सरगम वजाउँदै गाउँ नै जानु पर्छ। (अैजन )
३ हिमाल छेल्न घर वन्छ पर्दा काठमाडौंमा (पातो २८)
४ कृष्ण जस्तै खेल्न पाउँछौ गोपिनीको रूप सँग ((पातो २९)
५ हिउँदमा ढोड ताप्दा मरे हाम्रा वावु
भाइ पाउँदा आमा मरिन् झरें रे साल !((पातो ३४ )
६ साम्पिचाको जाँड मिठो हाम्रो पहाडमा
मार्सी धानको माद मिठो हाम्रो पहाडमा ((पातो४३ )
७ सरगम वजयो कान थुन्छन्
मत्थुको हल्लालाई राग भन्छन् !((पातो ४६ )
८ काफल कटुस सँगै टिपी खान्थ्यौं वालखैमा
हात समाई हाट भर्न जान्थ्यौं बालाखैमा ((पातो ५२ )
९ सात वर्षमै बेहुली हुने आमालाई सलाम !
बालाखैमा अन्भाउने मामा लाई सलाम !((पातो ६१ )
१० अन्तिम नि
कोही वोक्छन् नामको लोभ वोकी
लेख्छन् कोही दामको लोभ वोकी
छेक्ने लाग्यो सूर्यको रोसनी त्यो
लेखूँ साथी !घाकको लोभ वोकी
जप्छन् कोही विष्णु राजीवलाई
तिनले लेख्छन् लोभ वोकी
साना नानी वाध्यताले लुटिन्छन्!
वोक्छन् भारी मामको लोभ वोकी
घेरावारा गर्नु पर्ने छ देश
हामी लेखौं कामको लोभ वोकी
टुङ्ग्याउनीमा
जता पढे पनि तल माथि एकु एक छन् -उनी मुक्तकलाई गजलमा ढाल्छन्।
विचारलाई शैलीमा कस्छन् ,शैलीलाई विचारमा वाँध्छन्,लेख्छन् मुक्तक कि गजल ? सजिलो कि गहिरो ?सानो मान्छे वोल्छन् कि ठुलो मान्छे ? जम्मै पाठकमा सुम्पन्छन्। जय सङ्खुवा सभाको चैनपुरको ! झर्रो भूमिको! यति खेर त्यही झर्रो भूमिले झर्रोको सपुत जति समय सम्म होस् -पाएको छ।
लेखनाथ चोक भनपा १०
झापा
२०७५ असोज १२ र १३ गते
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )