~‘अभिलाषी’ शारदा राई~
बिरामी भई अस्पतालकाे शैयामा छु अामा
काेही छैन अासपास मेरा अाफन्त
अनि काेही छैन मेराे सामु कस्ताे छ भन्ने
छु त एक्लै म याे शहरकाे भिँड भित्र
चिनेकाे छैन कसैलाई मैले यहाँ
छु म नितान्न एक्लाे यिनै भिँड भित्र
शहरी रणसंग्राम भित्र
अग्निकाे ज्वारभाटा झैँ रन्केकाे छ शरिर
भित्र भित्रै गल्दै छ मेरा शरिरका मांसपेशीहरु
सिथिल बन्दैछ शरिरकाे प्रत्यक अङ्गहरु
तर पनि जिउन बाध्य छु अामा
संघर्ष जिवनकाे पाटाे सम्झिएर
कैयाैँ व्यबधानहरु सहेरै बाँचेकाे छु
छैन मेरा साथी सङ्गिहरु
छु त म याे शहरकाे भिडमा
हाे नितान्त एक्लाे छु
झरना झैँ चन्चल बनेर कुना कन्दरा
त्याे भिर पाखा चाहार्न चाहाने मेराे मन
अाज काँडेतार भित्रकाे बन्देज परे झैँ
अस्पतालकाे सैयामा छट्पटीमा
मेराे प्रत्यक दिन बिताउँदैछु अामा
भन्न मन छ तिमीलाई अामा
म तिम्रै काखमा सुत्छु नि अामा
अामा मलाई ताताे झाेलिलाे कुरा खान मन छ
हाे अामा म एक छिन सुत्छु है
अामा मलाई बाहिरकाे चउरमा बस्न मन छ
अामा मलाई यस्ताे चिज खान मन छ
तर यहाँ कसलाई भनुँ अामा
छु त म याे शहरकाे भिँडमा
नितान्त एक्लाे छु
अनि तिमी कहाँ छाै मलाई थाहा छैन
अामा तिमी कुन संसारमा छाै
जिवनकाे प्रत्यक क्षण अाफु दविएर
मलाई हर बार खुसी दिन्थ्याै
म बिरामी पर्दा मलाई भन्दा पीडा त
सँच्चै तिमीलाई धेरै हुन्थ्याे अामा
तर तिमी जस्तै मलाई बुझ्ने
अनि मेराे मन बुझ्ने काेही भै दिएन अामा
हाे काेही भै दिएन कहिँ पनि
छु त म याे शहरकाे भिँडमा
नितान्त एक्लाे छु
हाे नितान्त एक्लाे छु
शारदा राई “अभिलाषी”
बिराटचोक मोरङ