गजल : मेरो संवाद झूठो हो

~बिपिन शर्मा~

प्रथम तिमीसँगको मेरो संवाद झूठो हो
प्रेम छैन यसमा, मेरो यो हात झूठो हो

बादल काला-कालै मेरो आकाशमा अझै
देखेको तिमीले चाँदनी रात झूठो हो

म एक्लो-एक्लै रम्नेछु सधैं
चाहेको तिमीले मेरो साथ झूठो हो

म चोट-चोटै जन्मेको हुँ अघि नै
ठानेको तिमीले कसैको घात झूठो हो

म शब्द शब्दै चढी केवल बगेको हुँ कतै
मानेको तिमीले सृजनाको खात झुठो हो।।

Bipin Mishra
Gairi Dhara, KTM

(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.