~रेशम वि.सी.~
संविधानसभा तिमीलाई
साढे सातको दशा लागेछ
नेतालाई कुर्सी र भत्ता
त्यसको लागि सत्ता
कर्मचारीलाई घुस
व्यापारीलाई कालो बजारी
अपराधीलाई राज
यी सबै पूरा भएको छ
तर संविधानसभा तिमीलाई
साढे सातीको दशा लागेछ
हिजो आज हाम्रो गाउँमा
एउटी दृष्ट पसेकी छे
साह्रै छुचि छे, खाली कुरा लाउँछे
वर पर घरको झगडा पार्छे
नकचरी हो नकचरी
डलरको ध्वाँस लाउँछे
तिमीलाई सघाए झैं गर्छ
गाउँ शहर, तराई, पहाड
सबैतिर उल्के
सोझा सिधा गाउँलेलाई
जात, धर्मका कुरा गरी मक्ख पार्छे
सानो झुपडीमा कोठा बार्न लाउछे
छिमेकीलाई आटो खान लगाउँछ
संविधानसभा यसले तिमीलाई
गर्भमै मार्ने दाउमा लागेकी छे
को हो पपिन भन्छौ भने
तिमीले पनि चिन्नैपर्छ
त्यो जब
संघीयता हो संघीयता ।
–दाङ
(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक 43 – Sep. 18, 2013 – २०७० असोज २ गते, बुधबार )