कविता : विरामी देश अनि विष

~राहुल पुन~

विरामी देश
उपचारको बहानामा
विदेशीको चाहनामा
परिवर्तनको तीब्र आशामाथि
संविधानको उच्च लालसामाथि
चलखेलका अनेकौं भेषमा
भ्रम र डलरको आवेशमा
चोरढोकाबाट फुत्त छिराइयो
अमृत नामको विष भिराइयो
पटकौंका असफल उपचारहरू
औषधि नै नचिन्ने डाक्टरहरू
कसरी प्रयोग गर्ने ?
ल्याइरहेछन् प्रयोगका खाकाहरू
मिलाइरहेछन् उल्टा भाकाहरू
चलाइरहेछन् खोक्रा बहसहरू
सल्कायइरहेछन् चर्का कर्कशहरू
एकलरूपमा ट्याब्लेट नै खुवाउने कि ?
बहुलरूपमा पानीमा घुलाएर पिलाउने कि ?
माथि तल मिलाएर इन्जेक्सन दिने कि ?
तेस्रो रूपमा अप्रेसन नै गर्ने कि ?
अझै खोज्दैछन् मौलिक डिजाइनहरू
रोज्दैछन् आउट डेटेड भिजाइनहरू
आखिर होइन विषय हो
देश नै सिध्याउने चीज हो
संविधानसभा मारेको बीज हो
अस्थिरतामा रोमलेको विश्व हो
अनेक संकटमा धकेलेको लिक हो
त्यसैले त,
ए घ् लुला राजनीतिका लोभीहरू
ठूला विचारका रोगीहरू
बौद्धिक अपांगका ढोगीहरू
दरिद्री चिन्तनका भोगीहरू
चाहे जसरी प्रयोग गर
जे सुकै लेऊ
विष होइन अमृत लेऊ
देश टुक्रा पार्ने चीज नलिऊ

–गुल्मी

(स्रोत : हाँक विक्ली – वर्ष ३०, अंक ४० – Aug. 28, 2013 – २०७० भाद्र १२ गते, बुधबार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.