~इश्वर देवकोटा~
बाबु छिरी, आप्पा र
पासांग ल्हामु आङरिता…
पेम्बा पनि पुगेथे
हिउले नाम लेखेथे
देशको झन्डा साथमा
पसिना धारा माटामा
के खान्थे तिनले था छैन
पुगेंन भन्न आछैनन्
पुष्कर पनि गाकै हो
सगरमाथा शिरमा
देसले सुन्यो सुनेन
ति यात्रीको पिरमा
कस्तो आको जमाना
चुप लाग्छु नभन
बोल्नु पर्छ अबत
थाहा पाउछन तब त
हाम्रो पसिना हाम्रै हक
सर्बहारा नेता नि
किन भए यस्ता ठग
लागेकै होइन यिनको भर
हाम्लाई बोल्न के को डर
लाखौं पेट भोका छन
करोड आत्मा रोका छन
मेरो देश के भाको …?
धर्ति पुत्र नाम खोज्छ
प्रचण्ड पुत्र दाम खोज्छ
-2012-03-17
– इश्वर देवकोटा ,
पङ्द्रुङ्-०१, गोर्खा जराङ
(स्रोत : रचनाकारको ब्लगबाट सभार)